Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

सहकर्मी हिमाल आरोही टासी लाक्पा शेर्पा भन्छन्ः सञ्जय भाइको अन्तिम इच्छा पूरा गर्न सकेनौँ

\"\"काठमाडौं, ६ असार । लामो संगतपछि सञ्जय भाइले मलाई एक दिन आफ्नो योजना सुनायो– विश्वका सातै महादेशका सर्वोच्च शिखर चढ्ने । नेपाल, युरोप र अन्टार्टिकाका हिमाल त ऊ पहिल्यै चढिसकेको थियो । उसले मलाई भन्यो, ‘दाइ अब उत्तर अमेरिकाको डेनाली पिक पनि चढ्नुपर्छ ।’ यसअघिका सबैजसो आरोहणमा सञ्जयले मलाई अभिभावक नै मानेको थियो । म पनि हिमाल आरोही भएकाले सधैँ मसँग सल्लाह–सुझाब लिन्थ्यो । उसको सरलता र उत्सुकताले जो पनि सहयोगी बन्थ्यो, म पनि त्यसरी नै ऊसँग जोडिएको हुँ । आजको नयाँ पत्रिकामा खबर छ– सातै महादेशका उच्च शिखर चढ्ने योजनाअन्तर्गत यो सिजनमा उसले अमेरिकी शिखर डेनाली चढ्ने योजना बनायो । अमेरिका र नेपालको सम्बन्ध गाँसिएको ७० वर्ष पुगेको अवसरमा सञ्जयले सो सपना पनि पूरा गर्ने अठोट लियो । तर, अमेरिका ऊ एक्लै जान चाहेन । सफलतामा साथ दिनुपर्छ भन्दै उसले कर नै गरेर मलाई पनि अमेरिका जान बाध्य बनायो । अमेरिकामै रहेका मेरो मित्र टासी शेर्पालाई पनि हामीले अभियानमा सहभागी बनायौँ । २ जुन (१९ जेठ) मा हामी काठमाडौंबाट साउथ कोरिया उड्यौँ, ३ जुनमा युएस पुग्यौँ । ७ जुनमा टल्किट्नाबाट आरोहणका लागि डेनाली आधार शिविर पुग्यौँ । १४ जुनमा क्याम्प ५ सम्म पुग्यौँ । १५ जुनको बिहान ९ः४५ मा समिटका लागि अघि बढ्यौँ । डेनाली हिमाल उत्तर अमेरिकाको सर्वोच्च शिखर हो । विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्न सजिलो होला, तर अमेरिकाको डेनाली चढ्न गाह्रो छ । अझ त्यो दिन त्यहाँ हावा धेरै चलेको थियो । तापक्रम माइनस ४०–५० डिग्री थियो । उकालो लाग्दै गर्दा सञ्जयको स्वास्थ्य बिग्रिसकेको थियो, ऊ धेरै कमजोर भइसकेको थियो । हामीले बीचबाटै फर्कौँ पनि भनेका थियौँ । तर, उसले मानेन । डेनालीको शिखर २० हजार एक सय ५६ फिटको उचाइमा छ । तर, ऊ १७ हजार दुई सय फिटसम्म मात्र पुग्न सक्यो । नसक्ने पक्का भएपछि उसले आफूले बोकेको ब्यानर हामीलाई दियो, फोटो खिचेर ल्याउनुहोला दाइ भनेर अनुरोध गर्यो । उसको अनुरोध स्विकार्दै हामी डेनालीको चुचुरोमा पुग्यौँ र ब्यानर फहरायौँ जसमा लेखिएको थियो– सेभेन समिट, एभरेष्ट टु डेनाली २०१७ । हिमाल चढ्नभन्दा तल झर्न गाह्रो हुन्छ । हामी फर्कँदा साझको ७ः१५ भएको थियो । फर्कँदा सञ्जयले निकै गाह्रो भयो, के गर्ने दाइ भन्यो । हामीले तिमीलाई जसरी पनि बचाउँछौँ भनेर भरोसा दियौँ । मैले उसलाई मेरो ज्याकेट खोलेर लगाइदिएँ । हामी रातभर तलतिर ओर्लिरह्यौँ । तर, सञ्जयको हालत झन्पछि झन् बिग्रँदै थियो । बिहान ८ः३० देखि ऊ हिँड्नै नसक्ने भयो । रेस्क्युका लागि मेरो साथी टासी रेन्जर टिम लिन जानुभयो । टिम आयो । त्यसवेलासम्म ऊ सकी–नसकी बोलिरहेको थियो । तर, कहिले राइट, कहिले रङ कुरा गरिरहेको थियो । उता मेरो हालत पनि खराब भइसकेको थियो । ३० मिनेटसम्म रेस्क्यु टोली नआएको भए म पनि बाँच्ने थिइनँ होला । मेरो साथी टासीको खुट्टामा पनि क्लोज बाइट भएको थियो । तर, त्यति प्रतिकूल अवस्थामा पनि हामीले सञ्जयलाई माइनस ४० डिग्रीबाट पनि बचाएर ल्याएका थियौँ । तर, क्याम्प ५ मा आउँदासम्म हामीसँग उसको शरीर मात्र थियो, प्राण उडिसकेको थियो । रेन्जर टोली उसको शव लिएर क्याम्प ५ मा आयो । त्यही टोलीको सहयोगले मात्र हामी पनि त्यहाँसम्म आउन सक्यौँ । उनीहरूले सञ्जय भाइलाई पनि बचाउन निकै प्रयास गरे । हेलिकोप्टर पनि मगाए, तर बचाउन सकेनन् । अहिले हामी टल्किट्ना भन्ने सानो–सानो गाउँमा छौँ । यो बेस क्याम्पबाट फस्र्ट एयरपोर्ट भएको स्थान हो । यहाँबाट साउथ कोरिया हुँदै काठमाडौं जान सकिन्छ । सञ्जय भाइको शव पनि यही गाउँमा छ । तर, हामीले हेर्न पाएका छैनौँ । सायद उनीहरूले नेपाली अधिकारीलाई जिम्मा लगाउने तयारी गरिरहेका होलान् । अन्तिम अवस्थामा उसले घर–परिवारलाई निकै याद गरिरहेको थियो । मलाई मेरी श्रीमतीसम्म पुर्याइदेऊ दाइ भनिरहेको थियो । तर, दुर्भाग्य ! उसको अन्तिम इच्छा पूरा गर्न हामी असफल भयौँ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending