भाउनका गीतमा जनता हुन्थे । जनयुद्ध हुन्थ्यो । लड्दै गरेका छापामार हुन्थे । मोर्चा हुन्थे । घाइते हुन्थे । खुसी हुन्थ्यो, मोर्चा जितेको । जो आप्mनै जीवनका रंगहरुसँग थिएनन्–तर अरुलाई रंग दिन्थे । अरुलाई ताल दिन्थे । सुर दिन्थे । जनता जगाउँथे । जनता नचाउँथे । हजारौँ युवा उनले जगाएपछि लड्न हिँड्थे मैदानमा । [caption id=\"attachment_13724\" align=\"alignleft\" width=\"200\"]इ, तपाईंले मलाई यहाँ भेट्नु त भयो तर, यो भेटलाई सम्भव तुल्याई दिने मान्छे मोडेल हस्पिटलका डा. सरोज धिताल हुन् । ‘मलाई अर्को जीवन दिने मान्छे, अर्थात डा. सरोज धिताल ।’
खोज्दछन यी मेरा आँखाहरु ती साथीहरुलाई जसको रगतले रंगीयो यो धर्ती ति महान यात्रुहरुलाईवि.सं. २०५५ सालमा प्रहरीद्वारा चलाइएको ‘किलो सेराटु अप्रेसन’ का विरुद्ध लेखिएको यो गीत त्यसैको एउटा उदाहरण हो । यस गीतको पृष्ठभूमी सम्झँदै माइलाले भने– ‘हरेक दिन जसो लगातार हाम्रा साथीहरु मारिएको, पक्राउ परेको र बेपत्ता पारिएको समाचार हामी समक्ष आई पुग्ने गरेका थिए । म घाइते भएर एउटा कुनामा थन्किन बाध्य थिए । देश र जनताका लागि केही गरौँ भन्दा पनि सक्षम थिइनँ, अनि पिडाले भित्रैदेखि निमोठिएर गीत लेखेँ ।’ उनले यो गीतका शब्दहरु संयोजन गर्दै गर्दा धेरै पटक आँसुका थोपा बगाएको सुनाए । गीत लेख्दा लेख्दै आफु कयौं पटक रोए र गित सुनाएर धेरैलाई रुवाए माइलाले । गीतमा तत्कालीन जनयुद्धमा सहभागीहरुले झेलेका पिडाका कहाली लाग्दा दैनन्दिनी घटनाहरुलाई समेटिएको माइला बताउँछन् । माइलाको वाक कला पनि अत्यन्त सराहनीय छ । श्रृंखलावद्ध रुपमा उनले बोल्दै जाँदा भावुक नहुने र जिउमा काँडा नउम्रिने कमैलाई हुन्छ होला । खुसीराम पाख्रीनले लेखेको त्यस्तै मध्येको एउटा गीत हो–
टुट फुट खण्डीत कुरा नगर आत्मसमर्पणको कुरा नगर एकढिक्का एकताको कुरा गर विरताका कुरा गरअन्तरसंघर्षका कारण तत्कालीन माओवादी पार्टी विभाजनको उत्कर्षमा पुग्दै गर्दा ताका चुनवाङमा गाइएको यो गीतलाई पाख्रीनसहित माइलाले पनि कैयौं पटक गाए । त्यसैले त वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेलले माइला लामा निजी सुखदुःखको माया जालबाट उम्किएर देश, जनता र सर्वहाराको मुक्तीका लागि एउटा कठिन यात्रामा निस्किएको मान्छे भएको बताए । पोखरेलले भने– ‘आफ्नो घर परिवार सबै त्यागेर वर्ग युद्धमा होमिँदै हिमाल, पहाड, तराई, प्रवास उनको यात्राको अंगालोमा सबै भुगोल अटायो । उनी जहाँ जहाँ पुगे संगीत बनेर पुगे र त्यहाँबाट हिँड्दा एक टुक्रा क्रान्ति छोडेर हिँडे । उनको लडाई आगोको लडाई थियो । उनी जनताको युद्धमा होमीएका थिए । त्यसको परिणाम उनले आफ्नो आँखाको ज्योति गुमाए । कानको सुन्ने क्षमता गुमाए । र गुमाए हातका औंलाहरु । कल्पना गर्नुस् गीतार, हार्मोनियममा हिँड्ने तिनका औंलाहरु चल्न छाडेपछि कसरी संगीतको श्रृजना गर्दा हुन् । यी सबैको जोड हो माइला लामा ।’ त्यही माइला जो कुनै समय राजधानीका साँघुरा गल्लीहरुमा नेत्रविक्रम चन्दको नेतृत्वमा विद्यार्थीहरुमा अधिकारप्रतिको चेतना र क्रान्तिप्रतिको सपना जगाउँथ्यो उही माइला झण्डै ३० वर्ष पछि आज पनि आफ्नो उही पुरानो लिडरको नेतृत्वमा जनतामा अधिकारप्रतिको चेतना र क्रान्ति प्रतिको सपना जगाउँदै हिँडेको छ । फरक मात्र कुनै समय काठमाडौंको विद्यार्थी अध्यक्ष रहेका चन्द पार्टी अध्यक्ष हुँदै विप्लव बने भने उनी विद्यार्थीको जिल्ला सदस्य हुँदै पार्टीको केन्द्रीय सदस्य बने । जनता विद्यार्थीबाट प्रौढ जनता बने । माइला पनि ठिटौले विद्यार्थी नेताबाट इमान्दार राजनीतिक सांस्कृतिक अभियन्ता बने । तर, आजसम्म पनि उनमा उही उर्जा, उही जोस जिवित छ । बालाजुको बैठकमा माओवादीबाट एमाओवादीमा फेरिएको पार्टीले क्रान्ति नगर्ने हो कि भन्ने चिन्तामा विप्लबले पार्टीको क्रान्तिकारिता जोगाउन क्रान्तिमा होमिने एक सय जना युवा चाहिन्छ भन्दा उनले बीचमै उठेर भनेका थिए– ‘एक सय जना चाहिँदैन कमरेड ९९ जना खोज्नुहोस । राष्ट्रका लागि मेरो लहु बग्न तयार छ ।’ धाराप्रवाह रुपमा हाम्रा विभिन्न बाङ्गा टिङ्गा प्रश्नहरुको सालिनतापूर्वक जवाफ दिइरहे माइलाले । तर त्यस बेलासम्म हामीमा आफ्नो प्रभाव छोडी सकेका रहेछन् उनले । हामी छुट्टिनु भन्दा अघि माइलाले अन्तिममा भने– भाइ, तपाईंले मलाई यहाँ भेट्नु त भयो तर, यो भेटलाई सम्भव तुल्याई दिने मान्छे मोडेल हस्पिटलका डा. सरोज धिताल हुन् । ‘मलाई अर्को जीवन दिने मान्छे, अर्थात डा. सरोज धिताल ।’
प्रतिकृया लेख्नुहोस्: