Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

एसइई नतिजा : २० विषयमा आएन ए प्लस ग्रेड

\"\"काठमाडौं, ४ असार । ०७३ को एसइईमा २० विषयमा कुनै पनि परीक्षार्थीले पनि ए प्लस ग्रेड ल्याउन सकेनन् । ५३ विषयमा सञ्चालित परीक्षामा १९ ऐच्छिक र एक अनिवार्य विषयमा कसैले पनि ए प्लस ल्याएनन् । अाजको नयाँ पत्रिकामा खबर छ– ९० र त्यसभन्दा माथिको प्राप्तांकलाई ए प्लस ग्रेड निर्धारण गरिएको छ । जसको ग्रेड प्वाइन्ट ४.० निर्धारण गरिएको छ । नौवटा ग्रेडमध्ये शून्यदेखि २० सम्मको प्राप्तांकलाई ई ग्रेड निर्धारण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार संंस्कृततर्फको अनिवार्य विषय फलित ज्योतिषमा कसैको पनि ए प्लस ग्रेड आएको छैन । ए+ नआएका विषय इलेक्टिभ इंग्लिस, फलित ज्योतिष, तिम्बेतन, मैथिली, नेवारी, संस्कृत (ऐच्छिक), सामवेद, इतिहास, साहित्य, न्याय, भोट ल्यांग्वेज, वेद, आयुर्वेदमा कसैको पनि ए प्लस ग्रेड आएको छैन । त्यसैगरी, बुद्धिस्ट एजुकेसन, होम साइन्स, इन्ड्रस्ट्रियल एजुकेसन, फुड साइन्स, निडल वर्क, पत्रकारिता र तर्क संगत विषयमा पनि कुनै विद्यार्थीको ए प्लस ग्रेड आएको छैन । यस कारण कमजोर भयो नतिजा शिक्षाविद् प्रा.डा. मनप्रसाद वाग्लेले विद्यालयलाई नपढाए पनि पास हुन्छन् भन्ने मनोविज्ञान रहेकाले नतिजा कमजोर भएको बताए । उनले अर्को प्रमुख कारणमा विद्यार्थीको निरन्तर मूल्यांकन नहुनु बताए । यस्तै, अवस्था रहे ठूलो दुर्घटना निम्त्याउने उनको भनाइ छ । ई ग्रेड सबैभन्दा धेरै गणितमा, त्यसपछि अंग्रेजी र विज्ञानमा यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी एक लाख ५० हजार नौ सय विद्यार्थीले अनिवार्य गणितमा सबैभन्दा कमजोर ग्रेड ‘ई’ ल्याएका छन् । पाठ्यक्रम विकास केन्द्रले शून्यदेखि २० नम्बर ल्याउनेलाई ई ग्रेडमा राखेको छ । गणितमा डी ग्रेड ल्याउनेको संख्या ५६ हजार ११० छ । सबैभन्दा बढी २८ हजार १३ विद्यार्थीले ए प्लस पनि गणितमै ल्याएका छन् । विज्ञानमा एक लाख १० हजार ७११ जनाको ई ग्रेड छ भने ८४ हजार ८० जनाको डी ग्रेड छ । अंग्रेजीमा पनि डी र ई ग्रेड ल्याउनेको संख्या धेरै छ । अंग्रेजीमा ७१ हजार ३९२ ले ई र ७७ हजार ६३७ ले डी ग्रेड ल्याएका छन् । गत चैतमा भएको साधारण धारका नियमिततर्फ एसइईमा चार लाख ६२ हजार १३६ विद्यार्थी सहभागी थिए । सो परीक्षामा ३.६५ देखि ४ सम्म १२ हजार २८४, जिपिए ३.२५ देखि ३.६० सम्म ४२ हजार ४२७, २.८५ देखि ३.०२ सम्म ५० हजार ६४६, जिपिए २.४५ देखि २.८० सम्म ल्याउने ६१ हजार ९५५ विद्यार्थी छन् । जिपिए २.५ देखि २.४० सम्म ल्याउने ९१ हजार ३१४, १.६५ देखि २.०० सम्म १ लाख ८ हजार ४६४, जिपिए १.२५ देखि १.६० सम्म ल्याउने ६४ हजार ५७७, ०.८५ देखि १.२० सम्म ११ हजार २८५, जिपिए ०.०० देखि ०.८० सम्म ल्याउने विद्यार्थी १५ छन् । ऐच्छिक गणितमा साढे २६ हजार ए+ एसइईका ऐच्छिक विषयमध्ये सबैभन्दा बढी ए प्लस गणित विषयमा आएको छ । गणितमा २६ हजार ६ सय १२ विद्यार्थीको ए प्लस ग्रेड आएको छ । सो विषयमा ए ग्रेड ल्याउने १९ हजार सात सय ७६ विद्यार्थी छन् । गणितमा सबैभन्दा तल्लो ग्रेड ‘ई’ ल्याउने विद्यार्थी संख्या ११ हजार तीन सय ८९ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE