Khabar Dabali १ फाल्गुन २०८२ शुक्रबार | 13th February, 2026 Fri
Investment bank

नेपालमा आएर फ्रेन्च प्रहरीको अनुसन्धान

\"\"काठमाडौं, ३ असार । पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो । अाजको नयाँ पत्रिकामा खबर छ– फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपबारे अनुसन्धान गर्न फ्रान्सेली प्रहरीको टोली नेपाल आएको हो । करिब एक साता लामो अनुसन्धानपछि टोली गत साता स्वदेश फर्किएको छ । कुख्यात फ्रेन्च बालयौन दुराचारी फिलिप पटक–पटक नेपाल आएको खुलेपछि यहाँ उनको गतिविधि अध्ययन गर्न फ्रेन्च प्रहरी नेपाल आएको हो । अनुसन्धानका क्रममा उनले १४ जना बालकमाथि यौन दुव्र्यवहार गरेको खुलेको छ । सिआइबीसँग मिलेर अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग मिलेर उनीहरूले अनुसन्धान गरेका हुन् । उनीहरूलाई साथी नामक संस्थाले अनुसन्धानमा सघाएको थियो । अनुसन्धानको क्रममा फिलिपबाट पीडित १४ जना बालकको पहिचान भएको छ । उनीहरूमध्ये अधिकांश सडकबालक छन् । सबै बालकमाथि भएका यौन दुव्र्यवहारका विवरण उनीहरूले लिएर गएका छन् । मुद्दालाई बलियो बनाउन उनीहरू नेपाल नै आएर अनुसन्धान गरेका हुन् । पारस्परिक कानुनी सहायता सम्झौताअनुसार आफूहरूले फिलिपबारे फ्रेन्च प्रहरीलाई सूचना दिएको सिआइबीका एसएसपी शेरबहादुर बस्नेतले बताए । फ्रेन्च प्रहरीले पठाएको कानुनी सहायतासम्बन्धी सम्झौतामा कानुन मन्त्रालयले स्वीकृत गरेपछि उनीहरूलाई नेपालमा आएर अनुसन्धान गर्न अनुमति दिइएको हो । अनुसन्धानमा सिआइबीका अधिकारीहरूले सघाएका थिए । बालकहरूसँग अप्राकृतिक यौन गतिविधि अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार फिलिप समाजसेवीका रूपमा नेपाल आएर बसेका थिए । गरिब बालकलाई खाना र कपडा सहयोग गरेर उनले उनीहरूको यौनशोषण गरेको खुलेको छ । होटेलहरूमा लगेर उनले बालकहरूसँग अप्राकृतिक यौन गतिविधि गर्दथे । समाजसेवीको आवरणमा लामो समय बसेका उनी ‘सेता ब्वाँसो’ उपनामले चिनिन्थे । कतिपयले उनलाई फिलिप अंकल भन्थे । फ्रान्समा पनि धेरैजना बालकमाथि यौन दुराचारको आरोप लागेपछि उनी फरार भएका थिए । इन्टरपोलले उनीमाथि रेडकर्नर नोटिस जारी गरेको थियो । रेडकर्नर नोटिस जारी गरेको १० वर्षपछि उनी केही महिनाअघि पक्राउ परेका हुन् । नेपाल तथा कम्बोडियामा समेत उनले बालयौन दुराचार गरेको खुलेको छ । नेपालमा ०७० मा पारस्परिक कानुनी सहायता ऐन आएको हो । सोही ऐनअनुसार नेपाल प्रहरीले अनुसन्धानमा साझेदारी तथा सूचनाको आदानप्रदान गरेको हो । जसअनुसार नेपालले पनि कुनै देशसँग कुनै अपराधविशेषको अनुसन्धान गर्न पारस्परिक कानुनी सहायता लिएर सम्बन्धित देशमै गएर अनुसन्धान गर्न सक्दछ । यसले अन्तरदेशीय अपराध नियन्त्रणमा सहज हुने प्रहरी अधिकारीहरू बताउँछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE