Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

न्यायाधीशलाई कारबाही माग गर्दै निवेदन

\"\"काठमाडौं, २ असार । दोलखाको जुँगुमा हत्या गरिएका कुलबहादुर तामाङको परिवारले घटनामा संलग्न व्यक्तिलाई छाडिएको भन्दै न्यायाधीशमाथि कारबाहीको माग गर्दै न्यायपरिषद्मा निवेदन दिएका छन् । जिल्ला अदालतका न्यायाधीश लालकाजी श्रेष्ठले हत्या अभियोगमा पक्राउ परेकाले साबिती बयान दिए पनि सामान्य तारेखमा छाडेको भन्दै पीडित परिवारले उनलाई कारबाहीको माग गर्दै निवेदन दिएका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– मृतकका बाबु गोरे तामाङ र श्रीमती साङमाया तामाङले संयुक्त रूपमा परिषद्मा निवेदन दर्ता गराएका छन् । स्थानीय तहको निर्वाचनका क्रममा गत २६ वैशाखमा माओवादी केन्द्रका कार्यकर्ताले गौरीशंकर गाउँपालिका–१ जुँगुमा तामाङको हत्या गरेका थिए । पीडित परिवारले हत्यामा संलग्न मुख्य अभियुक्त देवी खड्का र विशाल खड्कासहित ४० जना अभियुक्त पक्राउ नपर्दा र जिल्ला अदालत दोलखाका न्यायाधीश श्रेष्ठले अभियुक्तहरूले आक्रमणमा संलग्न रहेको साबिती बयान दिँदासमेत साधारण तारेखमा छाडेपछि न्यायको खोजीमा काठमाडौं आइपुगेको निवेदनमा उल्लेख गरेका छन् । जुँगु हत्याकाण्डमा संलग्नमध्ये एन्ड्रिज कार्की, सुरेश कार्की, प्रेम तामाङ, गोपाल तामाङ, नीलम जिरेल, प्रेमबहादुर तामाङलगायतका नौजनालाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूले घटनामा आफूहरूको संलग्नता स्वीकार गरे पनि विनाकारण न्यायाधीश श्रेष्ठले छाडेको जिकिर गरेका छन् । ‘जिल्ला अदालत दोलखाका न्यायाधीश लालकाजी श्रेष्ठज्यूको इजलासले कर्तव्य ज्यानजस्तो जघन्य अपराधमा संलग्न अभियुक्तहरूलाई साधारण तारेखमा छाड्ने आदेश गरेको कुराले हामी अत्यन्तै मर्माहत बनेका छौँ,’ निवेदनमा उल्लेख छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE