Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

उम्मेदवारमाथि आक्रमण प्रयास, ज्यान मार्ने धम्की

[caption id=\"attachment_135464\" align=\"alignleft\" width=\"460\"]\"\" कांग्रेसको चुनाव प्रचारमा प्रहरी (रातो घेराभित्र)[/caption] दाङ १ असार । कपा माओवादी केन्द्र राजपुर गाउँपालिका ७ का वडा अध्यक्षका उम्मेदवार भीम ओलीमाथि मंगलवार राति आक्रमण प्रयास भएको सो पार्टीले जनाएको छ । कांग्रेस वडाअध्यक्षका उम्मेदवारका छोरा समेत रहेका राष्ट्रिय अनुसन्धान विभागका असइ लालबीर खड्काले मध्यरातमा एक समूह पठाएर आक्रमण प्रयास गरेको र आक्रमण गर्न नभ्याएपछि फोनमार्फत बारम्बार ज्यान मार्ने धम्की दिएको माओवादी राजपुर चुनाव परिचालन समिति संयोजक लीला शर्मा ‘अस्मिता’ले जानकारी दिएका छन् । उनले प्रेस विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरेका छन् । ‘राष्ट्रसेवक कर्मचारीरहेका अनुसन्धानका असइ खड्का खुलेआम चुनावी प्रचारमा लागिरहेका छन्’– विज्ञप्तिमा भनिएको छ– ‘खड्काले चुनाव प्रचार गरेको तस्विर र भिडियोसमेत सञ्चारमाध्यममार्फत प्रकाशित भएपछि उनले हाम्रा उम्मेदवारमाथि आक्रमण प्रयास गरेका छन् ।’ राति नै जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराएर घटना हुनबाट रोकिए पनि त्यसपछि बारम्बार खड्काले धम्की दिइरहेको भन्दै सरकारी कर्मचारी भएर पनि एउटा पार्टीको प्रचारमा हिड्ने र उल्टै उम्मेदवारमाथि ज्यानमार्ने धम्की दिने खड्कालाई तत्काल कारवाही गर्न विज्ञप्तिमा आग्रह गरिएको छ । केही समयमा यता नाका क्षेत्रमा कांग्रेसका उम्मेदवारहरुले चुनावी प्रचारका टिसर्टभित्र पैसा राखेर बाँड्ने, मत प्रभावित पार्न ठूला भोजभतेर चलाउने काम गरिरहेको दावी गर्दै विज्ञप्तिमा यस्ता निर्वाचन आचारसंहिता र गैरराजनीतिक क्रियाकलाप रोक्न प्रहरी प्रशासनसँग माग गरिएको छ । ‘हामी निकै संयमितरुपमा प्रस्तुत हुँदै आएका छौं र हरेक कार्यक्रम प्रहरी प्रशासनलाई जानकारी गराएर गर्ने गरेका छौं र हामीबिरुद्ध हुने हरेक घटनाको सूचना प्रहरीलाई दिइरहेका छौं’– विज्ञप्तिमा भनिएको छ– ‘यति गर्दागर्दै पनि हाम्रा उम्मेदवार, नेता कार्यकर्ता र मतदाताको सुरक्षा हुन नसके हामीमाथि आइलाग्नेविरुद्ध जाइलाग्न पनि तयार छौं, आशा छ प्रहरी प्रशासनले त्यसप्रकारको अवस्था आउने दिने छैन ।’ यो पनि पढ्नुहोस https://www.khabardabali.com/2017/06/135462/
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending