Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

सामूहिक बलात्कारमा संलग्नलाई कडा कारवाही गर्न गृह मन्त्रीको निर्देशन

\"\"काठमाडौं, १  असार। महोत्तरीमा सौन्दर्य व्यवसाय गर्दै आएकी एक महिलामाथि भएको सामूहिक बलात्कारका दोषीलाई कडा कार्वाही गर्न गृह मन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । गत जेठ २८ गते औरही बजारबाट घर जाने क्रममा युवतीमाथि सामूहिक बलात्कार भएको थियो । घटनाबारे थाहा पाए लगत्तै बलात्कारको मुद्दा दर्ता गरी स्थानीय प्रहरीले अनुसन्धान थालेपनि महिला अधिकारकर्मी तथा सौन्दर्य व्यवसायीहरुले घटनाविरुद्ध प्रदर्शन गरेपछि गृहमन्त्रीले जिल्ला प्रमुख अधिकारी र प्रहरी प्रमुखहरुलाई निर्देशन दिएको सचिवालयले जनाएको छ । “घटनाबारे थाहा पाएलगत्तै गृहमन्त्रीले सोमबार नै महोत्तरीका जिल्ला प्रमुख अधिकारीसँग घटनाबारे बिस्तृत जानकारी माग गरेका थिए । सोही आधारमा प्रहरीले समेत अनुसन्धान थालेको थियो ।” सचिवालयले भन्यो, “तर बलात्कार जस्ता मुद्दामा पीडकले उन्मुक्ति पाउने घटनाहरु देखिएकोले स्थितिको संवेदनशीलता हेर्दै गृहमन्त्रीले प्रहरी महानिरिक्षकलाई नै यसबारेमा तदारुकता देखाउन निर्देशन दिएका छन् ।” गृहमन्त्री शर्माले बलात्कार जस्तो जघन्य अपराधकाविरुद्ध आफू निकै संवेदनशील रहेको बताउँदै कुनै पनि बहानामा पीडकहरुले उन्मुक्ति पाउनु नहुने बताएका थिए । प्रहरी प्रशासनले पीडितलाई न्याय दिन कुनै कसर बाँकी नराख्नुपर्ने र कुनै प्रभावमा परेर पीडकलाई छुटाउने काम गरेको खण्डमा कडा कार्वाही गर्ने समेत मन्त्री शर्माले बताएको सचिवालयले जनाएको छ । गृहमन्त्रीलाई आज सौन्दर्य व्यवसायी संघले तर्फबाट बलात्कारीलाई कडा कार्वाहीका लागि मागपत्र प्रस्तुत गरेका थिए । महोत्तरीका जिल्ला प्रमुख अधिकारीले गृह मन्त्रालयको निर्देशन अनुसार अनुसन्धान प्रक्रियालाई तीब्रता दिएको बताए । एभरेष्टदैनिकडटकमसँग कुरा गर्दै जिल्ला प्रमुख अधिकारी बिरेन्द्र यादवले घटनामा संलग्नमध्ये दुई जनालाई हिरासतमा लिइएको बताए । हिरासतमा लिइएका मध्ये एकजनालाई पीडितको रोहबरमा सनाखत गरिएको र अर्का एकजनालाई शंकाष्पद सूचिमा राखिएको उनले बताए । “अझै तीन चार जना संलग्न रहेको रिपोर्ट छ, प्रहरीले खोजी जारी गरेको छ ।” प्रहरीले पीडितलाई न्याय दिन विशेष संवेदनशीलता देखाएको यादवले दावी गरे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending