Khabar Dabali २ चैत्र २०८२ सोमबार | 16th March, 2026 Mon
Investment bank

म्याग्दीमा सडक निर्माण गर्न फेसबुक अभियानमार्फत सहयोग

म्याग्दी, म्याग्दीको मराङमा सडक निर्माण गर्न प्रवासमा रहेका स्थानीयवासीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभियान सञ्चालन गरेर रु ७१ लाख सहयोग गरेका छन् ।

रोजगारी, पेसा र व्यवसायका लागि आफ्नो जन्मथलो छाडेर विश्वका विभिन्न देश तथा सहरबजारमा गएका मराङवासीले बिमको अर्गला हुँदै मराङ जोड्ने सडक निर्माण गर्न सो सहयोग गरेका हुन् ।

‘मराङ कम्युनिटी’ नामको फेसबुक पेज खोलेर तीन महिनाअघि गाउँलाई सडक सञ्जालसँग जोड्नका लागि सुरु गरिएको सहयोग जुटाउने अभियानमार्फत ११ देश र काठमाडाँैमा बस्ने मराङबासीबाट रु ७१ लाख प्राप्त भएको आर्थिक सङ्कलन समितिका संयोजक पदम गर्बुजाले जानकारी दिए । \'विश्वभर रहेका मराङवासीलाई सामाजिक पेज फेसबुकमा एकताबद्ध गराएर सडक निर्माणका लागि नगद जुटाएका हौँ\'–बेलायतमा बसेर अभियानको संयोजन गरिरहेका गर्बुजाले भन्नुभयो–\'गाउँमा सडक निर्माण कार्य सुरु भएपछि हुने खर्च तिर्न विभिन्न देशबाट पालोपालो गरेर रकम पठाउने योजना बनाएका छाैँ ।\' हालसम्म बेलायत, अस्टे«लिया, साउदी अरब, अमेरिका, कतार, मलेसिया, सिङ्गापुर, जापान, मकाउ, फिलिपिन्स र काठमाडाँैमा रहेका करिब २०० जना मराङवासीबाट सहयोग जुटिसकेको छ । केही देशमा रहेकाबाट अझै सहयोग प्राप्त हुने क्रम जारी रहेको संयोजक गर्बुजाले बताए । बिमको लुरबाङदेखि मराङबेसीसम्म आठ किलोमिटर ७५० मिटर दूरीको सडकमध्ये अर्गलासम्म चार किलोमिटर ५०० मिटर सडक जिल्ला विकास समितिको सहयोगमा निर्माण भइसकेको छ । अर्गलादेखि मराङसम्म कडा चट्टानी पहाडमा साढे चार किलोमिटर सडक निर्माणका लागि जिविस र गाविसबाट विनियोजित रकम अपुग भएपछि आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको निर्माण समितिका अध्यक्ष डिलबहादुर केसीले बताए । सहयोग जुटेपछि सडक निर्माण कार्यले तीव्रता पाई सडक सुविधा उपलब्ध हुने मराङवासीले विश्वास लिएका छन् ।

चालु आर्थिक वर्षमा जिविसले रु ३७ लाख विनियोजन गरेको उक्त सडक योजनाका लागि स्थानीयवासीबाट पनि सहयोग जुटेपछि निर्माण कार्यले गति लिने अपेक्षा गरिएको हो । उक्त सडकलाई मराङदेखि मल्कवाङ हुँदै पाखापानी जोडेर चक्रपथ बनाउने गुरुयोजना रहेको छ ।

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: