Khabar Dabali ६ असार २०८३ शनिबार | 20th June, 2026 Sat
Investment bank

नयाँ अनुहारलाई जिताउन उम्मेद्दवारको अपिल

\"\"भैरहवा, ३१ जेठ । भैरहवाको सिद्धार्थनगर नगरपालिकाका मेयर र उपमेयरका उम्मेद्दवारहरले मतदातालाई नयाँ अनुहारलाई जिताउन  आग्रह गरेका छन् । आसन्न दोस्रो चरणको स्थानीय तहक निर्वाचनमा ने.क.पा.(माओवादी केन्द्र) को तर्फबाट मेयरको उम्मेदवार फैज अहमद खान र उपमेयरकी उम्मेद्दवार कमला थापाले यस अघिको स्थानीय निकायको निर्वाचनबाट धेरै नगरप्रमुखहरु आए पनि नगरको विकास हुन नसकेकोले अब माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताइ विकासको प्रत्याभुति गर्न आग्रह गरेका छन । नेकपा माओवादी केन्द्र सिद्धार्थनगर समितिले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार फैज अहमद खानले अहिले सम्मका जनप्रतिनिधिले जनतालाई दास बनाउने काम मात्र गरेको बताए । उनले देशमा राजतन्त्रको अन्त्य भइसके पनि सिद्धार्थनगरमा राजसत्ताको अभ्यास गर्ने व्यक्तिहरु नै उम्मेदवार भएकोले त्यस्ता उम्मेदवारहरुलाई अब जनताले पहिचान गर्न आवश्यक रहेको बताए । माओवादी केन्द्र सिद्धार्थनगर सचिवालय सदस्य समेत रहेका नेता खानले देशमा आमुल परिवर्तन भइ गणतन्त्र आइसके पनि सिद्धार्थनगरका जनताले त्यसको पूर्ण रुपमा आभास गर्न नपाएकोले अब माओवादी केन्द्रलाई जिताए मात्र गणतन्त्रको संस्थागत व्यवहारिक रुपमा हुने बताए । “जनप्रतिनिधिहरुले जनतालाई मालिकको रुपमा हेर्नुपर्ने हो, तर यस नगरमा जनतालाई केवल भोट बैंकको रुपमा प्रयोग गरियो, माओवादी केन्द्रका उम्मेदवारहरुलाई जिताउनुहोस, हामी जनतालाई मालिक बनाउँछौं\" उनले भने । उपमेयरकी उम्मेदवार कमला थापाले अन्यायमा परेका उत्पीडित समुदायको पक्षमा आफु जहिले पनि उभिएकोले सिद्धार्थनगरका जनताले यस पटकको निर्वाचनमा माओवादी केन्द्रलाई जिताउने कुरामा विश्वस्त रहेको बताइन । सिद्धार्थनगरलाई हराभरा बनाउन आफुहरुको पहिलो प्राथमिकता रहेको थापाले बताइन । माओवादी केन्द्र सिद्धार्थनगर कोषाध्यक्ष समेत रहेकी महिला नेतृ थापाले आफुले धेरै बोल्ने भन्दा पनि काम गरेर देखाएको कुरा नगरका जनताले राम्रोसंग बुझेकाले माओवादी केन्द्रको जीत सुनिश्चित रहेको दावी गरिन । कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा रुपन्देही जिल्ला इन्चार्ज हकिकुल्ला खाँले नगरपालिकाको छेउमा रहेका गाविसहरुलाई जोडेर उपमहानगरपालिका बनाउनुपर्छ भनेर माओवादी केन्द्रले आवाज उठाए पनि केही दलले आफ्नो स्वार्थका कारण त्यो हुन नदिएको आरोप लगाए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending