Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

दराज फोर्ने अर्थमन्त्रीका पीए ?

\"\"काठमाडौं, ३० जेठ । आन्तरिक राजस्व विभाग अन्तर्गत २ नम्बर कर कार्यालयमा रहँदा मदिरा पिएर दराज तोडफोड गरी करदाताको फाइल लैजाने शाखा अधिकृत देवानन्द काफ्लेले अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको निजी सचिव हुन सबै शक्ति लगाएर दौडधूप गरिरहेका छन् । दृष्टि साप्ताहिकमा खबर छ– राजश्व छलीको अनुसन्धान गर्न लिइएको खातापाता राति कार्यालयको दराज फोरेर व्यवसायीलाई फिर्ता दिएको भियोगमा ४५ दिन हिरासतमा बसी सरकारी वकिलसँग मिलेर मुद्दा जितेका काफ्ले मन्त्री कार्कीको पीए हुन सपत्नी उनको घरमा दैनिक धाउन थालेका छन् । आन्तरिक राजस्व कार्यालय क्षेत्र नम्बर २ मा हुँदा शाखा अधिकृतद्वय देवानन्द काफ्ले र घनश्याम उपाध्यायले २०६७ फागुन २० मा डिल्लीबजारको एसआरआर इन्टरप्राइजेजको फाइल दराज फोरेर झिकी सम्बद्ध व्यवसायीलाई बुझाएका थिए । ०६७ फागुन ११ मा कार्यालयले छापा मारेर एसआरआरको खातापाता नियन्त्रणमा लिएको थियो । राति दराज फोरिएको खुलासा भएपछि भोलिपल्टै अधिकृतद्वयका साथै एसआरआर इन्टरप्राइजेजका सञ्चालकहरु शमशेरबहादुर श्रेष्ठ र राजेश भण्डारीलई राजश्व अनुसन्धान विभागले थुनामा राखेर अनुसन्धान अघि बढाइएको थियो । घटनामा संलग्न नभएपनि कार्यालयमा अनुशासन कायम गर्न नसकेको भन्दै प्रमुख कर प्रशासक जन्मजय रेग्मीलाई अर्थ मन्त्रालयबाटै गृहमा सरुवा गरिएको थियो । दराज फोड्ने काफ्ले र उपाध्यायलाई सरुवा नगरी प्रमुख रेग्मीलाई मात्र गृहमा पठाइएको थियो । पछि वर्षमान पुन अर्थमन्त्री भएपछि रेग्मी फेरि अर्थमा आएर राजश्व अनुसन्धान विभागको महानिर्देशक भएर अवकाश भएका छन् । पाँच वार्ष बढुवा रोक्का भएका काफ्ले माओवादी केन्द्र निकट राष्ट्रिय कर्मचारी संगठनमा आवद्ध भएर लिनुसम्म फाइदा लिए । २ नम्बर कर कार्यालय, नेपालगंज कर कार्यालय लगायतको कर कार्यालयमा बसी भ्रष्टाचार गरी अकूत सम्पत्ति कमाएका काफ्ले पछिल्लो समयमा कांग्रेस निकट निजामती कर्मचारी युनियन संघको अर्थमन्त्रालय विभागीय उपाध्यक्ष छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending