Khabar Dabali २ असार २०८३ मंगलवार | 16th June, 2026 Tue
Investment bank

बाबुराम र उपेन्द्रको राजपालाई यस्तो अपिल (विज्ञप्तिसहित)

\"\"काठमाडौं, २८ जेठ । उपेन्द यादव नेतृत्वको संघिय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीले चुनाव विथोल्ने गरि आन्दोलन घोषणा गरेको राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई चुनावमा आउन आग्रह गरेको छ । उक्त दुई पार्टीले सयुक्त विज्ञप्ति जारी गर्दै चुनावमा आउन आग्रह गरेका हुन् । ‘देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकारसहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पु¥याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राजपालगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं ।’ सयुक्त विज्ञप्तिमा भनिएको छ । त्यस्तै सरकार र आन्दोलनरत दलहरुबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेश तथा थरुहटमा भएको जनविद्रोहको क्रममा शहादत प्राप्त सबै व्यक्तिहरुलाई शहीद घोषणा, राजबन्दीको रिहाई, झुठा मुद्दाहरु फिर्ता तथा क्षतिपूर्ति लगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी सबै शक्तिहरुलाई निर्वाचनमा आउने वातावरण निर्माण गर्न हामी नेपाल सरकारस“ग माग पनि गरेका छन् । त्यस्तै फोरम र नयाँ शक्तिले दोस्रो चरणको निर्वाचनमा पनि तालमेल गर्ने बताएका छन् । यस्ताे छ संयुक्त प्रेस वक्तव्य
१. वर्तमान संविधानलाई अधिकतम स्वीकार्य बनाउन संविधान संशोधन लगायतका विषयहरुमा नेपाल सरकार र आन्दोलनरत दलहरुबीच भएका सहमतिलाई कार्यान्वयन गर्ने, मधेश तथा थरुहटमा भएको जनविद्रोहको क्रममा शहादत प्राप्त सबै व्यक्तिहरुलाई शहीद घोषणा, राजबन्दीको रिहाई, झुठा मुद्दाहरु फिर्ता तथा क्षतिपूर्ति लगायतका विषयहरुलाई यथाशीघ्र कार्यान्वयन गरी सबै शक्तिहरुलाई निर्वाचनमा आउने वातावरण निर्माण गर्न हामी नेपाल सरकारसँग जोडदार माग गर्दछौं । साथै देशमा भइरहेको प्रतिक्रान्तिकारीहरुको षड्यन्त्रलाई परास्त गर्न तथा आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्दै पहिचान र अधिकार सहितको सङ्घीयता प्राप्तिको आन्दोलनलाई थप उचाइमा पुर्‍याउनका लागि निर्वाचनलाई समेत आन्दोलनको रुपमा उपयोग गर्न राष्ट्रिय जनता पार्टी लगायत सबै आन्दोलनरत दलहरुलाई पनि हामी हार्दिक अनुरोध गर्दछौं ।
२. वर्तमान स्थानीय निर्वाचनमा अग्रगामी परिवर्तनकारी शक्तिहरुलाई मजबुत बनाउन तथा स्थानीय तहबाट विकास र समृद्धि तथा सुशासनका लागि अगाडि बढ्न हामी दुई दलहरु पहिलो चरणदेखि नै गठबन्धन/तालमेल गर्दै आइरहेका छौं । आगामी दोस्रो चरणको निर्वाचनमा पनि त्यसलाई कायम राख्दै अझै प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं ।
३. यसरी नै मुद्दा मिल्ने अन्य राजनीतिक दलहरुसँग पनि तालमेल गरी निर्वाचनमा जान सकिने समेत सहमति भएको छ । त्यसकालागि जिम्मेवारीपूर्वक पहल गर्न सबै पक्षसँग हार्दिक आग्रह गर्दछौं ।
२०७४ जेठ २८
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending