Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

निर्णायक भनिएको सरकार–राजपा वार्ता बिनानिष्कर्ष सकियो

\"\"काठमाडौं, २८ जेठ । सत्तारुढ दल र राष्ट्रिय जनता पार्टी नेपालको अन्तिमभनिएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आइतवार सिंहदरबारमा भएको छलफल दुईपक्षीय अडानका कारण निर्णयमा पुग्न नसकेको हो । राजपा र सत्तारुढ दलबीच राजनीतिक दलसम्बन्धि ऐन सशोधन गर्ने सहमति भएको छ । सरकारले संशोधन विधेयक तयार पारी आजै संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरेको छ । विधेयक फास्ट ट्रयाकबाट पारितको आश्वासन सरकारले राजपालाई दिएको कांग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए । असार १४ को चुनाव सार्न माग गर्दै आएको राजपाले २ नम्बर प्रदेशको मात्रै भएपनि चुनाव सार्न माग गरेको थियो । तर सत्तारुढ दलहरुले सो प्रस्तावलाई अस्वीकार गरेको बैठकमा सहभागि एक नेताले जानकारी दिए । राजपाले संविधान संशोधन, जनसंख्याको अनुपातमा तराईमा स्थानीय तहको संख्या थप गर्नुपर्ने, चुनाव मिति सार्नुपर्नेलगायतका माग अघि सारेको छ । तर, सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले चुनावको मिति सार्न नसकिने प्रस्ट पार्दै बाँकी मागका विषयमा छलफल गर्दै जाने र संविधान संशोधन चुनावपछि पारित गराउने आश्वासन दिँदै राजपालाई चुनावमा भाग लिन आग्रह गरेका छन् । तर, राजपा नेताहरुले माग पूरा नभएसम्म चुनावमा नजाने अडान बताएका छन् । दुई पक्षीय शनिबारको छलफल पनि अनिर्णित बनेको थियो । राजपालाई असार १४ गतेको दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन भन्दै सत्तारुढ दलहरुले प्रयास गरिरहेको छ । उसलाई चुनावमा सहभागी गराउन भन्दै संसद्बाट स्थानीय निर्वाचन एेन समेत संशोधन गरिएको छ ।    
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE