Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

हुम्ला कर्णालीकै लागि पर्यटन विकासको नमूना

\"\"काठमाडौं, २७ जेठ  । पूर्वमन्त्री जीवन शाहीले हुम्ला जिल्ला कर्णालीकै लागि पर्यटन विकासका लागि नमूना भएको बताएका छन् । हुम्लालाई विकासबाट कसैले रोक्न नसक्ने बताए । कर्णाली करिडोरमा सडक निर्माण गरेर जिल्लालाई पर्यटन क्षेत्रमा विकासको थप उचाईमा उठाउन हुम्लीहरु एकजुट हुनुपर्नेमा जोड दिए । शनिबार राजधानीको अनामनगरस्थित संवाद डबलीमा ‘हुम्ला जिल्लाको पर्यटन विकास र प्रवद्र्धन विषयक’ अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वपर्यटनमन्त्री शाहीले पर्यटनको स्रोतलाई उपयोग गर्न सके हुम्लाबासी आत्मनिर्भर हुने विचार राखे । हुम्ला मानसरोवरमा जाने पर्यटकका लागि मुख्य ढोका भएको बताउँदै शाहीले भने ‘कर्णालीमा भोकमरी नभई भातमरी मात्र भएको छ । यसलाई हामी हुम्लीले अहिल्यैबाट सच्याउन लाग्नुपर्छ ।’ हुम्लालाई विकट भनेर होच्याउने समय गएको उनको भनाई छ । भूकम्पपछि तातोपानी नाका पूर्णरुपले बन्द भएपछि सदरमुकाम सिमिकोट मानसरोवर जाने पर्यटकका लागि प्रवेशद्वार बनेको छ । यहाँबाट जाने अधिकांश पर्यटक भारतीय हुन् । हुम्लाको हिल्सासम्म जान केवलकारको व्यवस्था गर्न अत्यावश्यक रहेको औल्याउँदै शाहीले प्याराग्लाइडिङ, हेलिस्किङ, क्यानोइङ, हाइकिङ, ¥याफ्टिङ, हाइड्रो, कृषि, जंगलसफारी, जडिबुटीलगायत दर्जनौं शीर्षकमा पर्यटकीय गन्तव्य निर्माण गर्न सकिने निश्चितता हुम्लाले बोकेको बताए । हुम्लामा शिक्षित वर्गमा बढोत्तरी आएकोप्रति खुशी व्यक्त गरे । कार्यक्रममा शाहीले समग्र पर्यटन विकास गरेर हुम्ला मात्र नभई थोरै समयमा सम्पूर्ण कार्णालीवासीलाई आर्थिक रुपमा सम्पन्न गर्न सकिने योजना प्रस्तुत गरे । कर्णाली क्षेत्रभित्र रहेका ५ हजार ताललाई स्थानीयको जीवनसँग जोड्ने योजना आफूले पर्यटन मन्त्रालय सम्हालेको बेला तय गरेको स्मरण गर्दै त्यसलाई कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे । हुम्लाको पर्यटन विकासको सम्भावना र चुनौतिबारे सहभागीले राखेको जिज्ञासाको जवाफमा हुम्लालाई ७४ जिल्ला सघाउन सकिने जिल्लाको रुपमा विकास गर्न प्रचुर आधार भएको उदाहरण प्रस्तुत गरे । हुम्लामा हिँडदा पैसामाथि हिडिरहेको जिकिर गर्दै सबैलाई पर्यटन विकासमा लाग्न आग्रह गरे । कार्यक्रममा मुगुका सांसद मोहन बानियाँले कर्णाली क्षेत्रको विकास गर्न हुम्लाको विकास महत्वपूर्ण भूमिका रहने बताए । राज्य सत्तामा कर्णालीको पहुँच नहुनुले हुम्लालगायत जिल्लावासीले ठोस रुपमा विकासको अनुभव गर्न नसकेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य एवं कर्णाली विकास आयोगका अध्यक्ष डा। चन्द्रकान्त पौडेलले कर्णाली प्राकृतिक, साँस्कृतिक, धार्मिक र सम्पदाको हिसाबले धनी हुम्लालाई राज्यले गहिरोसँग ध्यान दिइरहेको बताए । हुम्लामा राज्यले राम्रो बजेट छुट्याएको र बजेटलाई राम्रो सदुपयोग गर्न स्थानीयहरुले भूमिका खेल्नुपर्ने बताए । अन्तरक्रिया कार्यक्रम युवा नेता हस्तबहादुर शाहीले हुम्लालाई केवुलकार, ऊर्जा, कृषि क्षेत्रमा विकास गरेर लाखौं संख्यामा पर्यटक भित्र्याउन सकिने धारणा राखे । नेपाल बुद्धिजीवि परिषद्का अध्यक्ष गोविन्द शाहीले हुम्लालाई पर्यटन क्षेत्रमा नेपालको ‘थाईल्याण्ड’ बनाउन सकिने बताए । त्यसनिम्ति राज्यले मात्र नभई स्थानीय जनता र नेताहरु एकजुट हुनुको विकल्प नरहेको भनाई राखे । हुम्ला कांग्रेसका सभापति मंगल शाहीले पहिला हुम्लाका नेताको दिमाग सफा गर्नुपर्ने बताए । मानसरोबर, रादेउलगायत क्षेत्रमा जाने पर्यटकका लागि बसोबास र खानपिनको राम्रो व्यवस्था हुन नसक्दा पर्यटक सोचेजस्तो वृद्धि हुन नसकेको बताए । रुटको सरसफाई मात्र गर्न सके धार्मिक पर्यटकले पनि हुम्ला समृद्ध हुन सक्ने धारणा राखे । जनसमाजवादी पार्टीका उपाध्यक्ष रणबहादुर रम्तेलले आफ्नो पार्टीले हुम्लाको पर्यटन विकासको लागि विशेष योजना भएको जानकारी गराउँदै सबै सरोकारवाला पक्षसँग छलफल गर्ने बताए । उद्योग वाणिज्य महासंघ नेपालगञ्जकी उपमहासचिव तारा रोकायले कर्णाली सुन्दर भूमि रहेको र हुम्लीहरु मिलेर हुम्लालाई थप सुन्दर बनाउनुपर्ने बताइन् । हुम्ला विकासको लागि आफू हरेक हिसाबले सदैव तयार रहेको बताइन् । नेपालगञ्ज–हुम्लाको हवाई संख्या कटौती गरेकोप्रति दुःख व्यक्त गरिन् । समाजसेवी लक्ष्मी ऐडीले राजनीतिक परिवर्तनकै कारण हुम्लीले मन्त्रालयको नेतृत्व गर्ने अवसर प्राप्त भएको भन्दै नयाँ युवालाई राजनीतिलाई सफा गरेर नेतृत्वदायी भूमिका निभाउन आग्रह गरिन् । कार्यक्रम एमालेका सर्केगाड गाउँपालिका संयोजक खगेन्द्र कार्कीले हुम्लाको पर्यटन विकासको लागि हुम्लीहरुबीच नियमित अन्तरक्रिया भइरहनु पर्ने सुवाझ दिए । कार्यक्रममा पत्रकार डा.दीपेन्द्र रोकायाले हुम्लाको पर्यटन विकास र प्रवद्र्धनबारे ६ पृष्ठ लामो कार्यपत्र प्रस्तुत गरेका थिए । वक्ताहरुले कार्यपत्रमाथि टिप्पणी र सुझाव राखेका थिए । वक्ताहरुले कार्यपत्रले हुम्ला पर्यटन विकासबारे आँखा खोलिदिएको टिप्पणी गरे । जिल्ला थुप्रै पर्यटकीय स्थलबारे चर्चा गर्न कार्यपत्रमा समेट्न नसकेको सुझाव दिए । कार्यक्रम संवाद डबलीका उपाध्यक्ष देवकी तिमल्सिनाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा पर्यटन क्षेत्रका विज्ञ, व्यवसायी र पर्यटन पत्रकारहरुसहित ८० जनाभन्दा बढीको सहभागिता रहेको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE