Khabar Dabali ३० माघ २०८२ बिहीबार | 12th February, 2026 Thu
Investment bank

मोरङका जनता भन्छन्-सरकारले ठूलै गुन लगायो

\"\"मोरङ, २८ जेठ । मोरङको डाइनियाको प्रगति टोलका २४ वर्षीय ललन सरदार निकै मख्ख छन् । सरदार नयाँ घर बनाउन सरकारले खर्च दिने भएपछि मख्ख परेका हुन् । डाइनियामात्रै होइन रङ्गेली नगरपालिकाको आँपगाछीका बाँतर समुदायका मानिस पनि निकै मख्ख छन । आँपगाछीका बलीतलाल बाँतर सरकारले नयाँ घर बनाउन पैसा दिन थालेपछि मख्ख भएका हुन । उनले भने – “हामी गरिब छौँ, तर सरकारले घर बनाउन पैसो दिन थालेपछि राम्रो भयो ।” उनीमात्र होइन मोरङको आँपगाछीमा ५०, डाइनियामा ४०, कदमाहामा ५०, सौराभागमा ५०, हात्तीमुडामा ५०, डग्राहामा ७५ लगायत स्थानमा घर निर्माण भइरहेकाले लक्षित समुदाय निकै खुसी छन् । डङ्ग्राहाका मुखानीदेवी सरदारले सरकारलाई धन्यवाद दिँदै भनिन – “सरकारलाई धन्यवाद छ, हामीलाई घर बनाउन पैसा दिइरहेको छ ।” जनता आवास कार्यक्रमअन्तर्गत गरिबीको रेखामुनि रहेका मोरङ र सुनसरीका सरदार र विपन्न समुदायलाई सरकारले घर बनाउन रकम दिने भएपछि मख्ख भएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङले सो काम सुरु गरेको हो । विभागले सुरु गरेको विराटनगर चक्रपथ निर्माणको काम सुरु भएको २१ वर्ष पुग्दासमेत ट्र्याक खोल्ने कामसमेत सम्पन्न भएको छैन । मोरङ र सुनसरीका विभिन्न निर्वाचन क्षेत्रमा एक हजार ६०० घर निर्माण भइरहेका छन् । सो कार्यक्रम सञ्चालन गर्न सांसद अमृत आर्यालको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति रहेको जनता आवास जिल्ला समन्वय समिति बनेको छ । त्यसको सदस्यमा सांसद ऋषिकेश पोखरेल, सांसद अमनलाल मोदी, मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास अधिकारी, नापी र मालपोतका कार्यालय प्रमुख पनि सदस्य छन् । संसद्को संयोजकत्वमा घर निर्माणको काम भइरहेकाले सो काम समयमै सम्पन्न हुने सो क्षेत्रका मौना बाँतरको भनाइ छ । कतै निर्माण सुरु भएको छ भने कतै निर्माणको कामले गति लिएको छ । जनता आवास निर्माणका लागि सुनसरी मोरङमा रु १८ करोड ५९ लाख बजेट छुट्याएको छ । यी दुई जिल्लामा एक हजार ६०० आवास निर्माण गर्नुपर्नेछ । सो कार्यक्रमअनुसार जनता आवासको काम दु्रतगतिमा भइरहेको छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, मोरङका प्रमुख श्यामकिशोर सिंहले जनता आवासको काम दु्रतगतिमा भइरहेको बताए । कार्यालय प्रमुख सिंहले समयमै काम सम्पन्न हुने विश्वास व्यक्त गरेका छन । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE