Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

उद्योग वाणिज्य संघमा श्रेष्ठ

\"\"सिन्धुपाल्चोक, २८ जेठ । जिल्लाका उद्योगी व्यापारीहरुको छाता संगठन सिन्धुपाल्चोक उद्योग बाणिज्य संघको २१ औ वार्षिक साधारणसभा तथा नवौ अधिवेशनबाट बेदबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । चुनावी प्रतिस्पर्धाबाट चुनिने परम्परालाई तोड्दै पदाधिकारीसहित सम्पूर्ण सदस्यहरु निर्विरोध चयन भएका हुन् । शनिबार बाह्रविसेमा सम्पन्न अधिवेशनले बरिष्ठ उपाध्यक्षमा होमबहादुर बस्नेत, प्रथम उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, द्धितीय उपाध्यक्ष उमेश कसजु, तृतिय उपाध्यक्षमा शिवकुमार राउत निर्वीरोध निर्वाचीत भएका छन् । त्यस्तै महासचिवमा यादव दाहाल, सचिव शम्भुबहादुर तिमिल्सिना, कोषाध्यक्ष रामकाजी पौडेल र सहकोषाध्यक्षमा कृष्णबहादुर कार्की निर्विरोध निर्वाचीत भएका छन् । त्यस्तै सदस्यहरुमा धुव्र ठकुरी, रामचन्द्र कार्की, इश्वर गुभाजु, विचारी पराजुली, सुर्यबहादुर कार्की, विदुर खडका, उमेश प्रधान, दानुर्पु शेर्पा, प्रकाश श्रेष्ठ, कैलाश श्रेष्ठ, कुवेर श्रेष्ठ, राजकपुर खत्री, कैलाश श्रेष्ठ, जगन्नाथ चालिसे, अनिता लामा, पदमबहादुर मगर, मेखबहादुर शाख, मोहन भक्त श्रेष्ठ र चमेली श्रेष्ठ सदस्यमा निर्विरोध निर्वाचीत भएका छन् । नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अधिवेशनको उद्घाटन गरेका थिए । नेपाल चीनबीचको प्रमुख व्यापारीक नाका तातोपानी अवरुद्ध भएपछि लामो समयदेखि यस क्षेत्रमा व्यापार व्यावसाय गर्दे आएका उद्योगी व्यापारीहरुको छाता संगठन पनि निस्कृय जस्तै देखिएको थियो । अधिवेशनको क्रममा उद्योगी व्यवसायीहरुले प्रमुख अतिथि रहेका गोल्छासमक्ष बन्द नाका सञ्चालनको व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । उद्घाटन कार्यक्रम सम्पन्न पछि शनिवार बेलुका अबेरसम्म बन्दसत्रले ३१ जनाको कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत पुन्य खनालले शपथ खुवाएका थिए । शपथपछि प्रतिवद्वता मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बन्द रहेको तातोपानी नाका खुलाउन तथा साना व्यवसायीहरुको हितअनुकुल नयाँ ढंगले व्यवसायीकरण गर्न आफु लागि पर्ने बताए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending