Khabar Dabali १५ चैत्र २०८२ आईतवार | 29th March, 2026 Sun
Investment bank

राजपा निर्वाचनमा नजाने निश्चित

\"\"काठमाडौं, २८ जेठ । मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टीले दोस्रो चरणको निर्वाचन सार्न गरेको प्रस्ताव सत्तारूढ दलहरूले अस्वीकार गरेका छन् । निर्वाचनमा राजपालाई मनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले डाकेको छलफलमा राजपाका नेताहरूले निर्वाचन सार्न माग गरेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– ‘संविधान संशोधन, दल दर्ता र मुद्दा फिर्तासहितका हाम्रा मागमा सरकार जिम्मेवार देखिएन भन्दै राजपाका नेताहरूले दोस्रो चरणको निर्वाचन सार्न माग गर्नुभएको छ,’ बैठकमा सहभागी कांग्रेस नेता विमलेन्द्र निधिले नयाँ पत्रिकासित भने, ‘तत्काल दुईतिहाइ नपुग्दा संविधान संशोधन प्रस्ताव रोकिएको भनेर प्रधामन्त्रीले फेरि पनि स्पष्ट पार्नुभयो । निर्वाचनपछि संविधान संशोधन हुने गरी अहिले निर्वाचनमा भाग लिन उहाँले आग्रह गर्नुभएको छ ।’ छलफलमा सहभागी माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रकाशले राजपाले निर्वाचन सारेर आफूहरूलाई सहभागी हुने वातावरण बनाउन गरेको आग्रहलाई अस्वीकार गरे । प्रधानमन्त्रीले भने संविधान संशोधनका लागि दुईतिहाइ जुटाउन हामीले पहिले पनि कसरत गरेकै हौँ । तर, सकेनौँ । हामीसँग दुईतिहाइ भएको भए पहिलो चरणको निर्वाचनपछि पनि संशोधनका लागि पहल गथ्र्यौं । तर, अहिले दुईतिहाइ नभएकाले पर्खनुपर्ने भएको छ । तपाईंहरूले सरकारलाई समर्थन पनि गर्नुभएको छ । हामी कांग्रेस, माओवादी तपाईंहरूसँग भएको समझदारीप्रति प्रतिबद्ध पनि छौँ । तपाईंहरू अब दोस्रो चरणको निर्वाचनमा आउनुस् । निर्वाचनलगत्तै हामी संविधान संशोधन गर्छौं । निर्वाचन हामी सबैको राष्ट्रिय एजेन्डा हो, निर्वाचन सार्ने कुरा नगरौँ । राजपाका नेता महन्थ ठाकुर र अनिल झाले भने तपाईंहरूले निर्वाचनका लागि कानुन संशोधन पनि गरिदिनुभयो, तर संविधान संशोधन भएन । हाम्रो दल दर्ता पनि भएन, चुनाव चिह्न पनि पाएनौँ । दल दर्ता नहुने, चिह्न नपाउने, आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता नहुने, क्षतिपूर्ति नपाउने हुँदा हामी कसरी निर्वाचनमा जाने ? यसकारण निर्वाचनको मिति सारौँ । मधेसमा करिब साढे १३ हजार जनप्रतिनिधि मधेसका २० जिल्लाका २७६ नगर वा गाउँपालिकाका प्रमुख हुनेछन् । त्यति नै संख्यामा उपप्रमुख हुन्छन् । ती स्थानीय तहमा करिब २६ सय वडाध्यक्ष निर्वाचित हुनेछन् । प्रत्येक वडाबाट चारजनाका दरले करिब १० हजार ४ सयजना सदस्य निर्वाचित हुनेछन् । त्यसरी हेर्दा मधेसका २० जिल्ला अहिलेकै स्थानीय तहको संख्याका आधारमा करिब साढे १३ हजार जनप्रतिनिधि निर्वाचित हुनेछन् । राजपा निर्वाचनमा सहभागी नहुने हो भने ती सबै अवसर गुमाउनेछ ।  
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending