Khabar Dabali १९ चैत्र २०८२ बिहीबार | 2nd April, 2026 Thu

सात मुलुकले सम्बन्ध तोड्दा कतारलाई झड्का, किन तोडियो सम्बन्ध ?

\"\"काठमाडौं, २३ जेठ । करिब पाँच लाख नेपालीको श्रम गन्तव्यका रूपमा रहेको कतारसँग उसका सातवटा छिमेकीले कूटनीतिक सम्बन्धविच्छेद गरेका छन् । मध्यपूर्वका साउदी अरब, इजिप्ट, बहराइन, संयुक्त अरब इमिरेट्स (युएई), यमन र लिबियासँगै दक्षिण एसियाली मुलुक माल्दिभ्सले कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्यको घोषणा गरेका हुन् । अरबी क्षेत्रमा अस्थिरता ल्याएको र इस्लामिक स्टेट, अलकायदा र मुस्लिम ब्रदरहुडलाई सहयोग गरेको भन्दै उनीहरू कतारसँग क्रूद्ध बनेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– सातवटै देशले कतारलाई उपलब्ध गराउँदै आएको हवाई मार्ग (एयर स्पेस) पनि बन्द भएको घोषणा गरेका छन् । प्रमुख तेल उत्पादक मुलुकसँग अन्य देशले सबैखाले सम्बन्ध तोडेका हुन् । युएईले आफ्ना देशमा रहेका कतारी कूटनीतिज्ञलाई ४८ घन्टाभित्र देश छाड्न निर्देशन दिएको छ । आफ्ना देशमा भएका कतारी नागरिकलाई स्वदेश फर्कन र कतारमा रहेकालाई आफ्नो देशमा आउन पनि ती देशले आह्वान गरेका छन् । अमेरिकी गठबन्धनसँग नजिक रहेका यी राष्ट्रले कतारलाई एक्ल्याएका हुन् । कूटनीतिक सम्बन्ध अन्त्यको अनपेक्षित घोषणासँगै मध्यपूर्वका शक्तिशाली अरबी राष्ट्रहरू एक–आपसमा विभाजित भएका छन् । विभाजनसँगै खाडी मुलुक र इरानबीच कायम तनाव अझ बढ्न सक्ने विश्लेषण गरिएको छ । किन गरियो सम्बन्ध अन्त्य ? कतारसँगको कूटनीतिक सम्बन्ध अन्त्य गर्ने कदमको नेतृत्व साउदी अरेबियाले गरेको हो । तर, सबैभन्दा पहिले कूटनीतिक सम्बन्ध अन्त्य भएको घोषणा बहराइनले ग-यो । त्यसपछि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई) र इजिप्टले सम्बन्ध अन्त्य गरे । यो क्लबमा यमन, लिबिया र माल्दिभ्स पनि जोडिए । साउदीका अधिकारीहरूले ‘आतंकवादी र अतिवादीको आक्रमणबाट राष्ट्रलाई हुन सक्ने खतराबाट जोगाउन’ यस्तो निर्णय गरिएको बताएका छन् । यो तर्कमा अन्य राष्ट्रहरूले पनि सहमति जनाएका छन् । पछिल्लो समय कतारसँग यी राष्ट्रहरूको सम्बन्ध चिसिएको थियो । दुई साता पहिले मात्र इजिप्ट, साउदी अरब, बहराइन र युएईले अल जजिरालगायतका कतारी समाचार संस्थाको वेबसाइट ब्लक गरेका थिए । कतारी अमिर सेख तमिम विन हमाद अल थानीले साउदी अरबको आलोचना गरेको सामग्री कतारी सञ्चारमाध्यममा प्रसारण गरिएको भन्दै ती समाचार संस्थाको वेबसाइट ब्लक गरिएको हो । तर, कतार सरकारले यो कदम ‘लज्जास्पद साइबर अपराध’ भएको भन्दै खण्डन गर्दै आएको छ । यसअघि सन् २०१४ मा साउदी, बहराइन र युएईले कतारबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएका थिए । हाल कूटनीतिक सम्बन्ध अन्त्य गरेका राष्ट्रले कतारले इस्लामिक अतिवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् । इरानले पनि अतिवादी समूहलाई सहयोग गरेको हुन सक्ने आंशका ती राष्ट्रको छ । इरान र साउदीबीच पनि द्वन्द्व रहिआएको छ । कतारले सिरियाको अतिवादी समूहलाई पनि आर्थिक तथा हातहतियारलगायत सहयोग गरेको विश्वास गरिँदै आएको छ । अतिवादी मुस्लिम नेतालाई आर्थिक सहयोग गरेको आरोप कतारले भने अस्वीकार गर्दै आएको छ । दुई सातापहिले मात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रियादमा मुस्लिम राष्ट्रले अतिवादीविरुद्ध लड्न नेतृत्वकारी भूमिका खेल्नुपर्ने बताएका थिए । उनले मध्यपूर्वमा अस्थिरता ल्याएको भन्दै इरानको आलोचना गरेका थिए । तर, केही पश्चिमा देशले भने साउदी अरबले पनि अतिवादी समूहलाई सहयोग गरेको आरोप लगाएका छन् । बेलायती प्रधानमन्त्री थेरेसा मेले पनि लन्डन आक्रमणका लागि बेलायती अतिवादी समूहलाई साउदीले सहयोग गरेको हुन सक्ने बताएकी छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending