Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

कानुनमन्त्री नायकले भने–२१ गते प्रधानमन्त्री निर्वाचनको चुनाव हुन्छ

\"\"काठमाडौं, १८ जेठ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले यही जेठ २१ गते नै प्रधानमन्त्रीको लागि निर्वाचन हुने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले एमालेले संसद अवरुद्ध गरेपनि यही जेठ २१ गते चयन हुने बताएका हुन् । उनले भने,‘एमालेको अवरोधका कारण आजको बैठक बस्न सकेन, अब अर्को बैठक जेठ २१ गते बस्दैछ, सायद भोलि नै सभामुखले प्रधानमन्त्री निर्वाचनको लागि परामर्श समितिको बैठक बस्छ्, त्यसले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्दैछ।’ मन्त्री नायकका अनुसार शनिबार नै कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको लागि उम्मेद्धवारी दिनेछन् । साक्षात्कारमा मन्त्री नायकले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको विषयलाई लिएर एमालेले संसद अवरुद्ध गर्नु गलत भएको टिप्पणी गरे । उनले भने,‘एमालेले भ्रम सिर्जना गरिरहेको छ, हुन त उसले पहिलेदेखि नै भ्रमहरु फैलाएको थियो, निर्वाचनको मुखमा पनि उसले हुँदैन कि भनेर भनेको थियो तर निर्वाचन समयमै सम्पन्न भएपछि उहाँहरुलाई झनै औडाहा भएको छ।’ उनले पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै अब एमालेको अघि कुनैपनि भ्रम नरहेको समेत उनले जिकिर गरे । उनले भरतपुर महानगरपालिकाको विषयलाई एमालेले रेणु दाहाललाई परास्त गर्न सके माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै परास्त गरिएको भन्ने भ्रम फैलाउन यस्तो गरिरहेको बताए । नायकले भने,‘ प्रचण्डको राजनीति धमिलो हुन्छ भन्ने एमालेका साथीहरुले सोचेर नै भरतपुरमा उत्तेजित वातावरण बनाउनुभएको हो।’ मन्त्री नायकले भरतपुर महानगरपालिकाको विषयमा स्थानीय ऐनरकानून तथा निर्वाचन निर्देशिकाले जे भन्छ त्यही गर्नुपर्नेमा जोड दिए । नायकले प्रचण्डको लागि आफू हार्नु वा पार्टीका नेता हार्नुले त्यति महत्व नराख्ने बताउँदै थपे,‘व्यक्तिले हार्नु वा जित्नुले उहाँलाई कुनै महत्व राख्दैन्, हुन त माओवादी धेरै ठाउँमा हार्यो तर जसले जितेपनि जनताले जितेका छन्, देशले जितेको छ।’ उनका अनुसार पहिलो चरणको निर्वाचन सम्पन्न भएसँगै देशमा यतिवेला उत्साह छाएको छ र यसको मुख्य जश स्वयम् प्रधानमन्त्री प्रचण्डलाई जानेछ । मन्त्री नायकले भरतपुर महानगरापालिकाको घट्नामा पनि निर्वाचन आयोगले जे निर्णय गर्छ त्यो सरकारको लागि स्विकार्य हुने स्पष्ट पारे । उनले भने,‘निर्वाचन आयोग आँफैमा संवैधानिक अंग हो, संवैधानिक आयोगले गर्ने निर्णय हाम्रो लागि स्विकार्य छ, सरकारले कुनै हस्तक्षेप वा नमान्ने भन्ने कुरै हुँदैन्।’ त्यस्तै उनले भरतपुरको विषयलाई लिएर एमालेले सदन अवरुद्ध गर्नु यो गर्नै नहुने काम भएको आरोप लगाए । उनले पछिल्लो समय एमालेले संसदलाई बन्धक बनाउने काम गरिरहेको समेत गुनासो पोखे । नायकले भने,‘एमालेको क्रियाकलापहरु यतिवेला सरकारलाई बाध्यकारी पार्नेखालका छन्, जे कुरामा पनि अड्को थाप्ने, बजेट आउने संवैधानिक प्रावधानमा पनि झण्डै अवरुद्ध गर्न खोजेको थियो, महाअभियोग प्रस्ताव फिर्ता नलिए बजेट ल्याउन नदिने भनेपछि सरकारले फिर्ता लियो र बजेट आउन संभव भयो।’ उनले नेपाली राजनीतिक बजारमा यतिवेला एमाले आतंकित बनेको समेत आरोप लगाए । उनले भने,‘सरकारले समयमै निर्वाचन सम्पन्न गरेपछि बजारमा एमाले आतंकित बनेको छ।’ मन्त्री नायकले एमालेलाई प्रतिक्रान्तिको प्रमुख संवाहक नै भएको आरोप लगाए । उनले निर्वाचन हुनु केही दिनअघिमात्रैपनि मुलुकमा प्रतिक्रान्तिको खतरा देखा परेको उल्लेख गर्दै यसलाई सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका नेतृत्वकर्ताले चिर्न सफल भएको विश्वास व्यक्त गरे । उनले भने,‘सत्तारुढ दलका नेतृत्वले सचेत भएर त्यस्तो कुनै भूमिका नै खेल्न दिनुभएन्।’ त्यस्तै उनले दोस्रो चरणको निर्वाचनपनि सहमतिमै सरकारले तोकेको स्पष्ट पारे । उनले भने,‘असार १४ उपर्युक्त हुन्छ भनेर नै हामीले सबैसँग परामर्श लिएर मिति तोकेका हौं, यसमा आयोगकोपनि सहमति लिईएको हो।’ त्यस्तै उनले एमाले नेता प्रकाश ज्वालाले एमालेलाई हराउने उद्देश्यले सत्तारुढ दलले अप्ठ्यारो र एमाले कमजोर रहेका प्रदेशमा पहिलो चरणको निर्वाचन गराउन खोजेको भएपनि आफ्नो पार्टीले विजयी हाँसिल गरेको भनेर दिएको अभिव्यक्तिको खण्डन गर्दै भने,‘उहाँले लगाएको आरोपमा कुनै दम्भ छैन, हामीले असन्तुष्ट पक्ष खासगरी मधेशी मोर्चालाई चुनावमा सहभागी गराउनको लागि दोस्रो चरणको निर्वाचन तोकेका हौं, र एमालेलाई हराउने उद्देश्यले यस्तो गरिएको भन्ने ज्वालाजीले जुन आरोप लगाउनुभयो, यसमा कुनै सत्यता छैन, यो उहाँहरुको केटाकेटीजस्तै कुरा मात्रै हो।’ मन्त्री नायकले दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालपनि सहभागी हुने विश्वास व्यक्त गरे । उनले भने,‘मधेशका गाउँ गाउँमा निर्वाचनको उत्साह देखिएको छ, स्वयम म आँफैपनि मधेशका विभिन्न ठाउँहरु घुमेर आएको छु, सबैले निर्वाचनको तयारी गरिरहुनभएको छ, राजपा नेपालपनि दोस्रो चरणको निर्वाचनमा सहभागी हुन्छ, म पूर्ण विश्वस्त छु।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE