Khabar Dabali २ पुष २०८२ बुधबार | 17th December, 2025 Wed
Investment bank

सरकारी कर्मचारीले अब पेन्सन नपाउने

\"\"काठमाडौं, १८ जेठ । अर्थतन्त्रको ठूलो हिस्सा कर्मचारीको पेन्सनमा खर्च हुने भएकाले सरकारले नयाँ सरकारी कर्मचारीका लागि उनीहरुकै योगदानमा आधारित पेन्सन प्रणाली लागू गर्ने तयारी गरेको छ । आगामी साउन १ गतेपछि नियुक्त हुने नयाँ कर्मचारीको लागि सरकारले नयाँ पेन्सन प्रणाली लागू गर्न लागेको हो । अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदीका अनुसार पेन्सन सम्बन्धी नयाँ व्यवस्था अनुसार आगामी आर्थिक वर्ष २०७४/०७५ देखि नियुक्त हुने निजामती कर्मचारी, शिक्षक, सेना प्रहरी लगायतले सेवा शुरु गरेको न्यूनतम १५ वर्षपछि सेवावाट अवकाश हुँदा एकमुष्ट पेन्सन रकम बुझ्नेछन् । तर साउन १ अघि नियुक्त हुने कर्मचारीले भने विद्यमान निजामती सेवा ऐन अनुसार नै सेवासुविधा लिन पाउने मन्त्रालयले जनाएको छ। अर्थसचिव सुवेदीका अनुसार हाल मस्यौदाको रुपमा कानून मन्त्रालयमा अध्ययनको क्रममा रहेको नयाँ प्रणाली अन्तर्गत कर्मचारीले आफ्नो मासिक तलबबाट योगदान गर्ने केही प्रतिशत रकममा नेपाल सरकारले कर्मचारीको योगदान बराबरको रकम थपेर पेन्सन कोष खडा गरिने छ । ‘अहिले जसरी सञ्चय कोष, नागरिक लगानी कोष छ, त्यस्तै पेन्सन कोष हुन्छ। पेन्सन कोष सञ्चालन गर्ने छुट्टै संस्थापनि हुनसक्छ’ सुवेदीले भने । पेन्सनको लागि काटिएको रकम त्यो कोषमा जम्मा हुन्छ र त्यही कोषबाट पेन्सन पाउने व्यवस्था हुन्छ । सरकारको अहिलेको पेन्सन दायित्व क्रमशः घटाउँदै जाने उद्देश्यले यो प्रणाली लागू गर्न लागिएको हो । बर्सेनि हुने कर्मचारीको तलब वृद्धि, निवृत्त हुने कर्मचारीको संख्या वृद्धि लगायतका कारण सरकारले पेन्सन व्यवस्थापनबारे विभिन्न विकल्पमा काम गर्दै आएको बताइएको छ । आर्थिक वर्ष २०६२/०६३ मा पनि तत्कालीन सरकारले अध्यादेशमार्फत यस्तो प्रणाली कार्यान्वयन गर्न खोज्दा विफल भएको थियो । तर संघीय संरचनाका कारण तीनवटै तहमा ठूलो संख्यामा कर्मचारी आवश्यक पर्ने कुरालाई समेत दृष्टिगत गरी नयाँ पेन्सन प्रणाली लागू गर्न लागिएको सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले बताए। सापकोटाका अनुसार संविधानको नयाँ प्रावधान अनुसार गाँउठाँउमै सेवा प्रवाह गर्नका लागि कर्मचारीको व्यवस्थापन गर्दाखेरी कर्मचारी बढ्न जाने देखिन्छ । बढ्न जाने कर्मचारीका लागि खर्च, पेन्सन निश्चित रुपमा बढ्छ । त्यसकारण यही कुरालाई ध्यानमा राख्दा नयाँ प्रणालीमा जानुपर्ने आवश्यकता महसुस भएको हो । नयाँ पेन्सन प्रणाली अन्तर्गत कर्मचारीले योगदान गर्नुपर्ने रकम, सहुलियत ऋणको व्यवस्था, पेन्सन कोषको परिचालन र व्यवस्थापन लगायतका विषय समेटिने विस्तृत कार्यविधि पनि निर्माण गर्ने क्रममा रहेको अधिकारीले बताएका छन् । कोषमा जम्मा हुने रकमलाई विभिन्न परियोजनाहरुमा लगानी गरेर सरकारले आम्दानी समेत गर्न सक्ने बताइएको छ । चालू आर्थिक वर्षमा सरकारको पेन्सन दायित्व झण्डै ३५ अर्ब रुपैयाँ रहेको बताइएको छ जुन चार वर्ष अगाडिको तुलनामा दोब्बर रकम हो।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending