Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

पाँच पार्टीका एउटै 'पदमबहादुर'

\"\"काठमाडौं, १८ जेठ । यस पटकको स्थानीय तहको निर्वाचनमा अछाममा एउटै नामको व्यक्ति उम्मेदवार बन्ने क्रम बढेको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ८ को हत्तिकोटमा प्रमुख तीन दलका वडा अध्यक्षका उम्मेदवार खगेन्द्रबहादुर साउद नामका बनेको खबर बाहिर आएसँगै अछामकै अर्को तुर्माखाँद गाउँपालिकामा पनि यस्तै भेटिएको छ । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– तुर्माखाँद गाउँपालिकाको प्रमुख पदमा तीन दलले टिकट दिएका व्यक्ति, वडा नम्बर ३ भैरवस्थानको वडा अध्यक्ष तथा वडा सदस्य गरी पाँच उम्मेदवारको नाम पदमबहादुर बुढा भएको खुलेको छ । नेकपा एमालेले तुर्माखाँद गाउँपालिकाको प्रमुखमा २०५४ को स्थानीय निर्वाचनमा भैरवस्थान गाविसबाट अध्यक्ष निर्वाचित पदमबहादुर बुढालाई नै टिकट दिएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि गाउँपालिका प्रमुखमा २०५४ को निर्वाचनमा जिल्ला विकास समितिको सदस्यमा निर्वाचति पदमबहादुर बुढालाई नै टिकट दिएको छ । अर्को दल नेपाल मजदुर किसान पाटीले पनि भैरवस्थानकै पदमबहादुर बुढालाई नै गाउँपालिका प्रमुखको टिकट दिएको छ। यस्तै नेकपा एमालेले भैरवस्थान वडाको अध्यक्ष पदको उम्मेदवारमा पनि पदमबहादुर बुढालाई नै टिकट दिएको छ । सोही वडाको वडा सदस्य पदमा नेपाली कांग्रेसले टिकट दिएका खुल्लातर्फका सदस्यका उम्मेदवारको नाम पनि पदमबहादुर बुढा नै रहेको छ । तुर्माखाँद गाउँपालिकामा नेपाली कांग्रेसबाट प्रमुख पदमा टिकट पाउने प्रवल सम्भावनामा रहेका व्यक्ति तथा कांग्रेस र माओवादी केन्द्र दुबै दलले भैरवस्थान वडामा वडा अध्यक्ष पदमा टिकट दिएका तीन वटै उम्मेदवारको नामको पहिलो अक्षर पनि ‘प’ बाट नै आउने छ । कांग्रेसबाट गाउँपालिका प्रमुख पदका लागि युवा नेता पुष्पराज शर्माले टिकट पाउने प्रवल संभावना देखिन्छ । यस्तै कांग्रेसले भैरवस्थानको वडा अध्यक्षमा प्रकाश बुढा तथा नेकपा माओवादी केन्द्रले सोही वडामा टिकट दिएका उम्मेदवारको नाम प्रेम बुढा छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending