Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

काँग्रेसले सात तहमा उम्मेदवारको टुङ्गो लगायो

\"\"तिलोत्तमा (रुपन्देही), १७ जेठ । नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये सात स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको जिल्ला सभापति एवम् सांसद अब्दुल रज्जाकले जानकारी दिए । नेपाली काँग्रेस रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा मोहम्मद शइद खाँ र उपप्रमुखमा नववती यादवलाई उम्मेदवार बनाएको छ । खाँ नेपाली काँग्रेस लुम्बिनी सांस्कृतिक नगरपालिकाको सभापति हुन् । कञ्चन गाउँपालिकाको प्रमुखमा डोलबहादुर थापा र उपप्रमुखमा तीर्थकुमारी थारूले उम्मेदवारी पाएका छन् । गैडहवा गाउँपालिका प्रमुखमा वसिउल्लाह मुसलमान र उपप्रमुखमा रीता पुनले उम्मेदवारी पाएका छन् । प्रमुखको उम्मेदवारी पाएका मुसलमान नेपाली काँग्रेस क्षेत्र नं ५ का क्षेत्रीय सभापति हुन् । रोहिणी गाउँपालिका प्रमुखमा अकबाल खाँ र उपप्रमुखमा चक्रवतीदेवी योगीले उम्मेदवारी पाएका छन् । मायादेवी गाउँपालिका प्रमुखमा धुव्रनारायण चौधरी र उपप्रमुखमा तारा यादवले उम्मेदवारी पाएका छन् । त्यस्तै, रुपन्देही काँग्रेसले कोटहीमाई गाउँपालिकाको प्रमुखमा वीरेन्द्रकुमार कलवार र उपप्रमुखमा सम्पाति यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । मर्चवारी गाउँपालिका प्रमुखमा ज्ञानप्रकाश मिश्र र उपप्रमुखमा श्रीकान्ति बरईले उम्मेदवारी पाएका छन् । यस्तै, सिद्धार्थनगर नगरपालिका (भैरहवा) को उपप्रमुखमा माधवी शर्मा वाग्लेले उम्मेदवारी पाएको सभापति रज्जाकले जानकारी दिए । बाँकी रहेका गाउँपालिकाको जिल्ला छनौट समिति र उपमहानगर तथा नगरपालिकाको प्रमुख–उपप्रमुखका उम्मेदवार केन्द्रीय छनौट समितिले टुङ्ग्याउनेछ । अन्य नगरपालिकाको उम्मेदारको छिट्टै टुङ्गो लगाउने जिल्ला सचिव रामकृष्ण खाँणले बताए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE