Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

निर्वाचन फेरि सर्दै

\"\"काठमाडौं, १७ जेठ । सरकारले दोस्रो चरणको निर्वाचन फेरि केही दिन सार्ने भएको छ । बुधबार बिहान बस्ने मन्त्रिपरिषद् बैठकले त्यससम्बन्धी निर्णय लिने बताइएको छ । बालुवाटार स्रोतले मुस्लिम समुदायको पर्व रमजानलाई मध्यनजर गर्दै असार १४ गते चुनाव सार्ने तयारी गरिएको बताएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मिति सार्नेबारे निर्वाचन आयोगका पदाधिकारीसँग मंगलबार परामर्श गरेका थिए । आजको कान्तिपुरमा खबर छ– ‘मुस्लिम समुदायको चाडका कारण निर्वाचन केही दिनलाई सार्ने कुरा भएको छ, बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले त्यसबारे निर्णय लिनेछ,’ गृहमन्त्री विमलेन्द्र निधिले भने । जेठ ३१ मा घोषित दोस्रो चरणको निर्वाचनलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असार ९ मा सारेको थियो । मुस्लिम समुदायका केही अगुवाहरूले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई भेटी रमजान पर्व १३ गते सकिने भएकाले त्यसपछि चुनाव राख्न आग्रह गरेका थिए । उक्त भेटघाटमा प्रधानमन्त्री प्रचण्डले निर्वाचन आयोगसँगको परामर्शमा आवश्यक निर्णय लिइने बताएका थिए । निर्वाचन आयुक्त नरेन्द्र दाहालले रमजानलाई मध्यनजर गर्दै सरकारले दोस्रो चरणको मिति केही दिन पर सार्ने विषयमा आयोगसँग परामर्श लिएको बताए । ‘मुस्लिम समुदायको पवित्र चाड परेकाले मिति सार्ने विषयमा हामीले सकारात्मक जवाफ दिएका छौं,’ उनले भने, ‘मिति तोक्ने विषय सरकारले निर्णय लिने कुरा हो ।’ प्रधानमन्त्रीले मागेको परामर्शमा सकारात्मक परामर्श दिइएको जानकारी आयोगले विज्ञप्तिमार्फत दिएको छ । ‘राजनीतिक सहमति खोज्ने प्रयास जारी रहेको र रमजानसमेतलाई सम्बोधन गर्न दोस्रो चरणको निर्वाचन मिति केही पर सार्ने विषयमा प्रधानमन्त्रीज्यूले परामर्श माग्नुभएको हो,’ विज्ञप्तिमा उल्लेख छ । बालुवाटारमा भएको प्रधानमन्त्री–आयोग पदाधिकारी भेटमा कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री निधिसमेत उपस्थित थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित आयोगका अन्य आयुक्तहरू सहभागी थिए । ‘राजपालाई चुनावमा सहभागी गराउने उद्देश्यले जेठ ३१ लाई असार ९ पुर्‍याइएको थियो,’ गृहमन्त्री निधिले भने, ‘राजपालाई चुनावमा आउन आवश्यक कानुनी र प्राविधिक प्रक्रिया मिलाउनसमेत थप समय मिलेको छ ।’ चुनाव सार्ने विषयमा सरकारले मौसमविद्सँग पनि परामर्श लिएको छ । ‘मौसमका हिसाबले असार ९ वा १४ गते गर्नुले कुनै तात्त्विक भिन्नता नरहने मौसमविदको सुझाव छ,’ बालुवाटार स्रोतले भन्यो । ७ सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर १, २, ५ र ७ का ४६१ गाउँपालिका/नगरपालिकामा निर्वाचन बाँकी छ । प्रदेश नम्बर ३, ४ र ६ का २८३ स्थानीय तहमा पहिलो चरणमा वैशाख ३१ मा निर्वाचन सम्पन्न भएर भरतपुर महानगरपालिकाबाहेक सबैको परिणाम आइसकेको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending