Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

भरतपुरमा यस्तो गर्दैछ सहन्यायधिवक्ताको छानबिन टोली

\"\"चितवन, १६ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा आइतबार राति मतपत्र च्यातिएको विषयमा निर्वाचन आयोगले गठन गरेको छानबिन टोलीले मंगलवार आज बिहानैदेखि जिल्लाका राजनीतिक दलका प्रमुखसँग छुट्टाछुट्टै भेट गरी घटनाको बारेमा जानकारी लिएको छ । आयोगले सहन्यायधिवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृह मन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।सोमबार नै यहाँ आएर काम थालेको सो टोलीले आज बिहान नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राप्रपा र नयाँ शक्तिका जिल्ला अध्यक्षसँग छलफल गरिसकेको छ । मजदुर किसानपार्टी, नेकपा माले लगायतका साना दलका प्रमुखसँग पालैपालो छलफल भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत गम्भिर घिमिरेले जानकारी दिए । नेपाली काँग्रेसका जिल्ला सभापति जीतनारायण श्रेष्ठकाअनुसार टोलीले घटनाका सम्बन्धमा प्रत्यक्ष्यदर्शीसंग भएका व्यहोरा बताउन भनेको थियो । साथै सो घटनालाई सहजीकरण गर्ने सम्बन्धमा पनि जानकारी लिएको उहाँले बताए । नेकपा एमालेका जिल्लाअध्यक्ष कृष्णभक्त पोख्रेलले विगतका नजिर बिग्रनेगरी पुनःमतदान गर्नुभन्दा सबै मतपत्र सङ्कलन गरी मतगणना गर्न सुझाव दिएको बताए । टोलीका पदाधिकारीसहित प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरीका क्षेत्रीय प्रमुख प्रहरी नायब महानिरीक्षक गणेश केसी, भरतपुरस्थित श्री दि फेमस महेन्द्रदल गणका गणपति सुरेन्द्र सापकोटा, आयोगको टोलीमा आउनुभएका सहजकर्ता उपसचिव कृष्ण अधिकारीसहितको रोहोवरमा दलका प्रतिनिधिसँग पालैपालो घटनाका विषयमा जानकारी लिन छलफल भइरहेको छ । सो टोलीको दलका प्रमुखसँगको छलफलपछि आजै घटनास्थलको स्थलगत अध्ययन गरी फर्कने कार्यक्रम छ । बुधबार निर्वाचन आयोगलाई टोलीले दिने प्रतिवेदनको आधारमा आयोगले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका – १९ को पुनः मतदान गर्ने वा मतगणना सुरु गर्ने विषयमा निर्णय लिने छ । आयोगले सोमबार टोली गठन गरेसँगै तत्काल टोली यहाँ आएर साँझनै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुख लगायत गणनामा सहभागी कर्मचारीसँग पनि छलफल गरेको थियो । आइतबार राति ११ः४४ बजेको समयमा मतगणना हँुदै गर्दा मतपत्र च्यातेको आरोपमा प्रहरीले माओवादीका दुई प्रतिािधिलाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादीका प्रतिनिधिले च्यातेको एमालेको आरोप छ भने माओवादीले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्ति मार्फत जनाएको छ । माओवादी र काँग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गर्नुपर्ने माग गरेका छन् भने एमालेले च्यातिएको मत पत्र बदर गरी बाँकी मतपत्र गणना गर्नुपर्ने जनाएको छ । दलका प्रतिनिधिले मतगणनास्थलको ढोकामा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् । भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको थियो । अव वडा नं– २० को मात्र मतगणना बाँकि छ । महानगरपालिकामा प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा सात सय ३३ मतले अगाडि रहेका छन् । महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । यसैबीच एमालेले आज बिहान नारायणगढबाट सुरु गरेको विरोध ¥याली मतगणनास्थल बाहिर आएर धर्नामा परिणत भएको छ । तत्काल मतगणनाको माग गर्दै एमालेले विरोधस्वरुप धर्ना कार्यक्रमको आयोजना गरेको हो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE