Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

ओलीले भने–सत्ताबिना पनि बाँच्ने बानी पार्नुपर्यो

\"\"काठमाडौँ, १६ जेठ । नेकपा एमालेले आफू र आफ्ना छिमेकीका आर्थिक समृद्धिका लागि चीन सरकारले अघि सारेको ‘एक क्षेत्र एक मार्ग’ (ओबोर) अवधारणामा नेपालको हस्ताक्षर ऐतिहातिक र कोसेढुङ्गा रहेको जनाएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतको उपस्थितिमा नेपालका तर्फबाट परराष्ट्र सचिव शङ्करदास वैरागी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले सो अवधारणाको समझदारीपत्रमा गत वैशाख २९ गते हस्ताक्षर गरेका थिए । विशेष गरी सम्झौताले नेपाल र चीन सडक सञ्जालले जोड्ने र यसका माध्यमबाट नेपालमा चिनियाँ लगानी आई नेपालको आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास गरिएको छ । ओबोरबाट नेपालको समृद्धि एमालेका अध्यक्ष ओलीले ओबिओआरसम्बन्धी मंगलवार आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो अवधारणाले चीनको मात्र समृद्धि हुँदैन नेपालको पनि समृद्धि नयाँ उचाइमा पुग्छ भने। पूर्वप्रधानमन्त्री ओलीले भने, “छिमेकीलाई साथ र सहयोग लिई आफू र आफ्ना छिमेकीको हित गर्न चीनले यो अवधारणा ल्याएको हो, यसले नेपालको आर्थिक समृद्धिको नयाँ ढोका खुलाउँछ ।” आफू प्रधानमन्त्री भएका समयमा चीनमा आयोजित ओबोर अवधारणासम्बन्धी सम्मेलनमा आफू सहभागी भएको स्मरण गर्दै नेपालले सो अवधारणा हस्ताक्षर गरी नेपाल र चीनबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताए । अर्को प्रसङ्गमा ओलीले छिटो छिटो सत्तामा पुग्ने चाहनाले दिगो आर्थिक विकासमा बाधा पु¥याइरहेको बताउँदै राजनीतिक स्थिरताले मात्र आर्थिक समृद्धि हुने विचार व्यक्त गरे । उनले भने, “सत्ताबिना पनि बाँच्न सकिन्छ भन्ने बानी पार्नुप¥यो, पानीबिनाको माछाजस्तो हुनुभएन, देशको समृद्धिका लागि सत्ता स्वार्थ त्याग्नुप¥यो ।” सो अवसरमा नेपाली कांग्रेसका नेता डा रामशरण महतले ओबोर अवधारणाले नेपाल भूपरिवेष्टितबाट भूजडित हुने बताउँदै यसबाट नेपालमा सडक सञ्जाल विस्तार, रेलमार्गको निर्माण, नेपालमा चिनियाँ लगानीजस्ता विषयमा नेपाललाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले नेपाल परम्परागत रुपमा रेसममार्गको उत्कृष्ट नमुना रहेको बताउँदै आर्थिक समृद्धि हासिल गर्न दिगो विकास र राजनीतिक स्थिरता आवश्यक रहेकामा जोड दिए । इन्टरनेसनल कन्सर्न सेन्टरद्वारा आयोजित कार्यक्रममा सेन्टरका अध्यक्ष डा अञ्जना शाक्य र महासचिव डा गोपाल पोखरेलले ओबोर अवधारणाबाट नेपालले लाभ लिन सक्ने बताए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE