Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

पोखराकी उपमेयर राष्ट्रपतिकी मितिनी, यसरी गाँसिएको थियो साइनो

\"\"काठमाडौं, १४ जेठ । धेरैलाई थाहा छैन, पोखरा महानगरपालिकाको उपमेयर निर्वाचित मञ्जुदेवी गुरुङ राष्ट्रपति विद्यादेवी भण्डारीकी सैनी (मितिनी) हुन्। चुनावका बेला पनि यो साइनाको चर्चा किन पनि भएन भने मञ्जुले उम्मेदवारको टिकट राष्ट्रपतिकी सैनी भएकैले पाएकी भने होइनन् । अाजको अन्नपूर्ण पोस्टमा खबर छ– एमालेले पार्टीभित्रै गरेको चुनावबाट चुनिएर मञ्जु उपमेयरको उम्मेदवार सिफारिस भएकी थिइन् । राष्ट्रपतिसँग मञ्जुले उनकै शब्दमा उम्मेदवार बन्नुअघि र विजय भइसकेपछि पनि टेलिफोन वार्तासम्म गरेकी छैनन् । आफूहरुबीच पारिवारिक सम्बन्ध बने पनि राजनीतिक रुपमा दुवै आ–आफ्नै संघर्षबाट अघि बढेको मञ्जु बताउँछिन् । कसरी गाँसिएको थियो त उनीहरुको सैनी साइनो ? कुरा २०५१ सालको हो। एमाले पोखरा नगर कमिटीको अधिवेशनमा विद्या अतिथि बनेर आएकी थिइन् । पहिल्यैदेखि विद्याको स्वभाव र व्यवहार नियालिरहेका मञ्जुका माइला बुवाले त्यही मौकामा दुवैजनाबीच सैनी साइनो जोडिदिने सोचे । नगर कमिटी इन्चार्ज कृष्ण थापा र मानबहादुर सूत्रधार भएर दुई साइनो जोडियो। ‘विद्याका लोग्ने मदन भण्डारी पनि दुर्घटनामा बित्नुभएको, मेरो छोरीज्वाइँको पनि दुर्घटनामा’, मानबहादुरले भने, ‘दुइटै नरम बोल्ने, अरुलाई नघोच्नेखालको हुँदा जोडी मिल्ने देखें।’ सैनीछोरी राष्ट्रपति र आफ्नो छोरी उपमेयर हुँदा जीवनकै ठूलो खुसी मिलेको उनले सुनाए। संयोग कस्तो पनि परेको छ भने उनी यसअघि पोखरा उपमहानगरपालिकाको उपमेयर थिए । छोरी मञ्जु आफ्नै ठूलोबुवाको उत्तराधिकारी भएकी छिन् । भोजपुरमा जन्मिएकी विद्यालाई गण्डक प्रदेशतिर छोरी मान्छेबीच गाँसिने सैनी सम्बन्धका बारेमा ऊ बेला थाहा नभएको पनि मानबहादुरले सुनाए । छोरा मान्छेहरुबीच मित लगाएजस्तो यता महिलाबीच सैनी लगाइन्छ। दुई कन्या राखेर, पूmलपाती, चामल, अक्षता र पैसा राखेर, अनि एक अर्काको जुठो खाएर विधिपूर्वकै सैनी लगाएको मञ्जुले बताइन् । साइनो गाँसिएपछि विद्या पोखरा आउँदा मञ्जुकहाँ बस्थिन् भने मञ्जु काठमाडौं जाँदा विद्याकहाँ। ‘राष्ट्रपति भएपछि उहाँकी छोरीको बिहेमा जाँदा भेटेयता कुराकानी र भेट भएको छैन’, मञ्जुले भनिन् । उनका अनुसार भेटघाटका बेला दुवैबीच पारिवारिक गफगाफ भइरहन्थ्यो। मञ्जु ३१ वर्षमै एकल भएकी थिइन् । उनका पति मेखबहादुर गुरुङको २०४९ सालमा नुवाकोटमा भएको थाई एयर दुर्घटनामा निधन भएको थियो। राजनीतिमा संलग्नता भने उनी अविवाहित हुँदादेखि नै थियो। आफ्ना मामाको प्रेरणाले कम्युनिस्टप्रति आकर्षित भएकी थिइन् । उपमेयर भइसकेपछि न्यायिक जिम्मेवार सम्हाल्नुपर्ने मञ्जुलाई थाहा छ। त्यसैले उनले प्रतिबद्धता गरिसकेकी छिन्,‘पोखरालाई महिलाहिंसामुक्त महानगर बनाउन लाग्छु, विभेदमुक्त महानगर बनाउन लाग्छु।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE