Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

बिरामीको छोराको बयान : यसरी लुट्‍यो मेगा अस्पतालले

\"\"अर्काको खेती नगरी हाम्रो परिवारलाई खान पुग्दैन। घरखर्चमा थपथाप होला भनेर भैँसीराँगा पालेका छौं। हाम्रो घर दाङ पिप्रामा पर्छ ।जग्गाजमिन छैन। पैसा जुटाउन नसक्दा भाइ र मैले पढ्न छोड्यौँ र बच्चैदेखी मजदुरी गर्‍यौं। बुवा (शिवप्रसाद चौधरी) भैँसी राँगा चराउनुहुन्थ्यो। गत वैशाख दुई गते राँगाले हानेपछि उहाँको ढाड र खुट्टामा चोट लाग्यो। गाउँलेहरुसँग सल्लाहपछि मैले तुरुन्त बुवा (शिव चौधरी) लाई उपचारका लागि भैरहवाको युनिभर्सल मेडिकल कलेजमा ल्याए। गहिरो चोट लागेकाले काठमाडौं लान डाक्टरले सल्लाह दिए। एम्बुलेन्सबाट बुवालाई काठमाडौं ल्याए। अाजको अन्नपूर्ण पोस्टमा खबर छ– बाटोमा एम्बुलेन्स ड्राइभरले पटकपटक सोधिरहेका थिए कुन अस्पताल लाने भनेर। मैले सिभिल अस्पताल भन्दा अन्त लगे हुन्न र भन्ने गर्थै उनी। बुवालाई सिभिल पुर्‍याए तर त्यहाँका डाक्टरले ‘ट्रमा’को उपचार हुन्न अन्त लैजान सुझाव दिएपछि एम्बुलेन्सलाई ट्रमा र टिचिङ अस्पताल पुर्‍यादिन भने। तर ड्राइभरले ट्रमा र टिचिङ अस्पतालमा आफ्नो मान्छे नभएसम्म भर्ना लिदैनन् र उपचार शुल्क पनि मंहगो लिन्छन् बरु यसका लागि मेघा अस्पतालमा राम्रो र सस्तोमा उपचार हुन्छ भन्दै एम्बुलेन्स त्यतै लगे। उनले त्यहाँ उदारोमा पनि उपचार हुने अनि नसा र हाडजोर्नीका ठूलाठूला डाक्टर कार्यरत भएको बताए। काठमाडौंमा एक जना मामा बाहेक अरु खासै कोही चिनेजानेको कोही थिएन। त्यही भएर ड्राइभरलाई विश्वास गरे। मेघा अस्पताल पुर्याएपछि सिधै आईसीयुमा भर्ना गरियो र भनियो प्रत्येक दिनको बेड चार्ज पाँच हजार लाग्छ अनि आवश्यक औषधि उपकरण आफै किन्नु पर्छ। दुई लाख २० हजार ‘डिपोजिट’ गर्न पनि भनियो। फार्मेसीमा पनि १५ हजार डिपोजिट गर्न लगाइयो। त्यतिबेला बुवालाई बचाउनु थियो त्यसैले चुपचाप अस्पतालले जे भन्यो त्यही मानेँ। साता दिनपछि बुवालाई ‘वार्ड’मा सारे। तत्काल ‘ट्रयाक्सन’ लगाउनु पर्छ भनियो। तर एक हप्तासम्म सामान आइपुगेको छैन भन्दै ‘ट्रयाक्सन’ लगाइएन। बुवाको पीडा देखेर मलाई खपिनसक्नु हुन्थ्यो। बुवा दिनप्रतिदिन सुक्दै जानु भएको थियो। हातखुट चल्न छोडेका थिए। म आत्तिएर डाक्टरलाई सोधिरहन्थे। डिपोजिट गरेको पैसाबाट ट्रयाक्सनको मात्रै एक लाख कटाइयो। त्यसको सातादिनपछि अस्पतालले अप्रेशन गर्नु पर्छ भन्दै अर्को तीन लाख रुपैयाँ जुटाउन भन्यो। पहिले नै ऋण। त्यत्रो रकम जुटाउन मेरा लागि समय थिएन। अस्पतालले मेरो कुरा नसुनेपछि बुवालाई हेर्दै आउनु भएको डाक्टरलाई फोन गरेर आफूसँग पैसा नभएको र बुवाको अवस्था झन् कमजोर भएको भन्दै उपचारमा सहयोग गरिदिन अनुरोध गरे। उल्टो डाक्टरले अस्पतालबाट आफूले ‘डियुटी’ गरेको पैसा नपाएकाले आउन नसक्ने बताउनुभयो। मैले पटकपटक ट्रमा सेन्टरमा रिफर गर्न गरेको अनुरोध अस्पतालले सुन्दै सुनेन। मैले पैसा दिन नसकेपछि भर्ना गरेको एक महिना दुई साता पछि अस्पतालले अप्रेशन गर्न नसकिने र अहिले सम्मको शुल्क तिरेपछि बुवालाई ट्रमा सेन्टर पठाउन सक्ने निर्णय सुनायो। अनि कुल तीन लाख ६८ हजार रुपैयाँको बिल बनाइयो। अस्पतालको प्रिन्टर बिग्रिएको छ भन्दै कापीको पानामा हातले लेखेको बिल दियो। कुनै पनि हालतमा मैले त्यो पैसा जुटाउने सक्दैन थिए म। अन्तमा मैले पैसा तिर्न सक्दिन बुवालाई यही छोडेर जान्छु र उहाँलाई केही भयो भने त्यसको जिम्मेवारी तपाईहरुले लिनुपर्छ भन्दै म अस्पतालबाट निस्किए। अनि काठमडौंमा रहनुको भएका मामालाई सम्पर्क गरी सबै घटना सुनाएँ। पत्रकारलाई भनेर हुन्छ की भनेर म अर्को दिनदेखि मिडियाको खोजीमा लागें। त्यो कुरा अस्पतालका कर्मचारीले थाहा पाएछन् अनि तपाई आउनुहोस सल्लाह गरौंला भन्दै फोन गरे। म त्यहाँ पुग्नासाथ एकाएक अस्पतालका कर्मचारीले कुरा फेरे। पहिले पैसा नतिरेसम्म बुवाको रिफर वा डिस्चार्ज हुँदैन भन्नेहरु बुवालाई ट्रमा पठाउन राजी भए। मैले तिर्नु पर्ने बाँकी पैसा छुट गरेको सुनाए। अनि कसैलाई भन्नु भयो भने तपाइको राम्रो हुने छैन भन्दै धम्की पनि दिए मलाई। बुवाको उपचारमा लापरवाही गरेको र मेरो अनावश्यक उपचार खर्च लिएको अस्पतालसँग म झगडा गर्न चाहन्थेँ तर गरिन किनभने बुवालाई त्यहाँबाट निकाल्नु नै मेरो पहिलो काम थियो। अस्पतालले बुवालाई निकालेपछि मैले उहाँलाई तत्कालै ट्रमा सेन्टरको इमरजेन्सीमा पुर्याए। यहाँका डाक्टरले बुवालाई किन ढिलो ल्याएको भन्नु भयो। उहाँको जेजसरी उपचार हुनुपथ्र्ये त्यो नभएको डाक्टरको भनाइ छ। बुवाको मेरुदण्डको हड्डी फुस्केकाले समयमै अप्रेशन गर्नु पथ्र्यो रे ! मैले ऋणबाट जम्मा गरेको पैसा सबै मेघा अस्पताललाई बुझाई सकेको छु। ट्रमा सेन्टरमा निःशुल्क वेड हुन्छ भन्ने सुनेको थिए तर खाली छैन रे। विपन्नको कार्ड बनायो भने निःशुल्क उपचार हुन्छ भने सुने तर त्यसको लागि बुवाको सबै रिर्पोट लिएर फेरि गाउँ जानु पर्छ रे ! कार्ड बनाउन पनि निकै दिन लाग्छ रे ! म बुवालाई यस्तो अवस्थामा छोडेर कतै जान सक्दिन। ट्रमामा आएपछि पनि भर्नाका र औषधिका लागि तीन हजार खर्च गरिसकेको छु। गाउँबाट पठाएको पैसा सकिएपछि मागेर काम चलाइरहेको छु। मलाई लाग्छ मेघा अस्पताल र एम्बुलेन्सको मिलोमतो हुँदा ड्राइभरले मेरो बुवालाई मेघा पुर्‍यायो। यो त छानविनले पुष्टी गर्ने कुरा हो। तर म गरिब, बुवाको हेरचाह गरौं की न्याय मागौं ?
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending