Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

ओलीको प्रस्ताव: जसको नाममा सहमति उसैको नेतृत्वमा सरकार

\"\"काठमाडौं, १३ जेठ । दश महिनायता सत्तासाझेदारी गरिरहेका प्रमुख दुई दल कांग्रेस–माओवादी केन्द्र बहुमतीय सरकार गठनको तयारीमा छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि बिहीबार सात दिनको समय दिए पनि उनीहरू बहुमतीय प्रक्रियाबाटै नयाँ सरकार गठनको तयारीमा लागेका हुन् । अाजको नयाँ पत्रिकामा खबर छ– प्रमुख प्रतिपक्षी एमालेले भने सहमतीय सरकारका लागि आफूहरू खुला रहेको बताएको छ । एमाले अध्यक्ष केपी ओलीले आफूहरू नया“ सरकारको नेतृत्वको दौडमा नरहेको भन्दै संक्रमणकाल टुंगो लगाउन, संविधानको कार्यान्वयन गर्न र मेलमिलापको राजनीति अगाडि बढाउन पनि सहमतीय सरकार आवश्यक रहेको बताएका छन् । ‘हामी अहिले नयाँ सरकार गठनको दौडधुपमा छैनौँ । सहमतिको सरकार होस्, सहमतिका साथ अगाडि जाऔँ, मेलमिलापका साथ मिलेर जाऔँ, संक्रमणकाल टुंग्याउने दिशामा जाऔँ, संविधानसम्मत ढंगले अगाडि बढौँ भन्नेमा छौँ,’ शुक्रबार संसद् भवनबाट बाहिरिने क्रममा ओलीले सञ्चारकर्मीस“ग भने, ‘राष्ट्रपतिले सहमतिको सरकार गठनकै लागि समय दिनुभएको हो । एमाले सहमतिको सरकारका लागि खुला छ ।’ एमालेले खोजेको सहमतीय सरकार कस्तो ? कांग्रेस र माओवादी केन्द्र प्रमुख दलका नेताहरूमध्ये जसको नाममा सहमति जुट्छ, उसैलाई राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको उम्मेदवार बनाउन सहमत हुनुपर्ने एमालेको सर्त छ । ‘हामी त संविधान जारी हुनु पहिल्यैदेखि संविधान कार्यान्वयनको प्रारम्भ भएर एक चरणको निर्वाचन सम्पन्न नभएसम्म प्रमुख तीन दलसहितको सहमतिकै सरकारका पक्षमा थियौँ, तर कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रमुख पार्टीहरू एक ठाउँमा बस्न नहुने, एउटा प्रमुख पार्टी प्रतिपक्षमा बस्नैपर्ने सिद्धान्त ल्याउँदा १६ बुँदे सहमति भाँडिएको हो,’ एमाले महासचिव ईश्वर पोखरेलले नयाँ पत्रिकासँग भने, ‘त्यसैले हिजो भाग लगाइएको छ भन्ने आधारमा होइन, आजको आवश्यकताका आधारमा छलफलमा व्यक्तिका नाम आउँदा आग्रह–पूर्वाग्रहबाट मुक्त भएर प्रमुख पार्टीमध्ये धेरैले जसको नाममा सहमति जनाउँछन्, उही व्यक्ति प्रधानमन्त्रीको उम्मेदवार बनाउन सबै तयार हुनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE