Khabar Dabali २९ माघ २०८२ बुधबार | 11th February, 2026 Wed
Investment bank

नयाँ दलको मत : वितृष्णाको कि आकर्षणको ?

\"\"काठमाडौं, १३ जेठ । आन्दोलनहरूले नायक जन्माउँछन् भने चुनावले विजेता । तर, विवेकशील नेपाली दलले काठमाडौं महानगरमा मेयर उम्मेदवार बनाएकी रञ्जु दर्शनाको हकमा यो नियम लागू भएन । उम्मेदवार बनेका दिनदेखि नै उनले विजेताले जस्तो चर्चा पाइन् । निर्वाचनको १२ दिनपछि करिब १ लाख ७५ हजार मतगणना हुँदा उनले २० हजारभन्दा बढी मत पाएकी छन् । तैपनि उनको चर्चा विजेताको जस्तो छ । अाजको कान्तिपुरमा खबर छ– रञ्जुको उम्मेदवारीले नै सामाजिक सञ्जालदेखि मुख्य धारका मिडियासम्ममा उत्तिकै चर्चा पायो । २१ वर्षकी एक युवतीले मुलुककै ‘राजधानी–प्रमुख’ का लागि गरेको दाबी कतिका लागि ठूलै झटका थियो भने कतिले यसलाई महत्त्वाकांक्षाको सामान्य घटना माने । पछिल्ला वर्षहरूमा राजनीतिक विश्लेषकहरूका अनुमान प्राय: मिल्ने गरेका छैनन् । पहिलो चरणको स्थानीय चुनावमा धेरै ठाउँमा दलका भनिएका ‘किल्ला’ तोडिए, नयाँ किल्लाको निर्माण भयो । सधैं परिवर्तनशील मानिने काठमाडौं पनि यसबाट अछूतो रहने कुरै थिएन । विवेकशील र साझा पार्टीका उम्मेदवारले काठमाडौं, ललितपुरमा धेरैको अपेक्षाभन्दा बढी मत पाए । माओवादीजस्तो सत्ताधारी स्थापित पार्टीका उम्मेदवारले भन्दा बढी मत विवेकशील र साझा पार्टीले पाउनुको कारण के हो ? यसले देशको राजनीतिबारे के संकेत गर्छ त ? के काठमाडौंका मतदातामा जागृत पुराना दलप्रतिको वितृष्णाको यो उपज हो ? यदि हो भने फेरि तिनै दल किन पहिलो र दोस्रो भए ? के यो नयाँ सोच र युवा जोसप्रतिको आकर्षण हो ? यदि त्यसो हो भने सचिवबाट सेवानिवृत्त किशोर थापाले पनि १६ हजारभन्दा बढी मत कसरी पाए ? नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा विवेकशील र साझा पार्टीले पाएको मतलाई ७० प्रतिशत पुराना दलप्रतिको वितृष्णा र ३० प्रतिशत नयाँप्रतिको आकर्षण मान्दछन् । ‘तर, आकर्षण, प्रेम र भरोसामा फरक छ । आकर्षण प्रेम र भरोसामा रूपान्तरण भएपछि बल्ल घरजम हुन्छ । कुनै पार्टीको जीवनमा पनि यस्तै हो । अहिले रञ्जुले पाएको मत आकर्षणको हो, यसलाई भरोसासम्म पुर्‍याउन सक्यो भने बल्ल राजनीतिक दलका रूपमा भविष्य हुन्छ,’ शर्मा भन्छन् । विश्लेषक झलक सुवेदी यो मतका पछाडि मुख्य चार कारण देख्छन् । ‘पहिलो कारण, पछिल्लो संविधानसभा चुनावदेखि नै विवेकशील काठमाडौंको राजनीतिमा छ । दोस्रो, गोविन्द केसीको आन्दोलन र भूकम्पपछिको उद्धारमा यो दलले आफ्नो सक्रियता देखाएर मानवीय पक्षमा मतदाताको मन जितेको थियो । तेस्रो, काठमाडौंमा बढदै गएको स्वतन्त्र मध्यम वर्गमा पुराना दलप्रति बढेको वितृष्णा र विरक्तिले यिनलाई वैकल्पिक शक्तिको स्थान दियो । चुनावको मुखमा भएका महाअभियोग र आईजीपी काण्डका कारण जन्मिएको नकारात्मक मतको पनि फाइदा भयो । र, चौथो २१ वर्षकी युवतीको हक्की र जनतासँग साधारण भाषामा संवाद गर्ने शैलीले पनि आकर्षित गर्‍यो ।’ रञ्जु पनि आफूले पाएको मतमा ठूला दलप्रतिको निराशाले काम गरेको मान्छिन् । ‘ठूला दलप्रतिको वितृष्णा र सकारात्मक परिवर्तनको चाहना दुवै हो,’ उनले भनिन् । उनी आफूले जित्ने अपेक्षासहित चुनावमा भाग लिएको भन्दै चुनाव तयारीमा समय कम भएकाले सबै मतदातासमक्ष पुग्न नसकेको बताउँछिन् । परिवारले अपनाउँदै आएका पेसा व्यवसायबाट अलग भएर स्वतन्त्र जीवनतर्फ लम्किने युवाको संख्या पछिल्लो समय सहर–बजारमा बढिरहेको छ । आफ्नै स–सानो व्यापार वा जागिर गर्नेहरू परम्परागत सम्बन्धको डोरीबाट विस्तारै खुकुलो हुँदै जाने मानिन्छ । ‘कुनै दल विशेषप्रति प्रतिबद्ध छैन भने जहिले पनि यस्ता मतदाताले नयाँलाई मत दिने सम्भावना रहन्छ,’ सुवेदी भन्छन्, ‘युवा पनि भएकाले स्वत: यिनको रोजाइमा रञ्जु परिन् ।’ तर, कांग्रेस नेता शर्मा भने युवा भएकाले मत आएको मान्दैनन् । ‘युवा भएकाले फ्रान्समा मत पाए तर भारतमा राहुल गान्धीको सट्टा मोदीले नै जिते नि,’ उनी भन्छन्, ‘समाजमा प्रयोगवादी भोक रहन्छ, त्यसकै प्रतिविम्ब चुनावमा झल्किएको हो ।’ मानवशास्त्री सुरेश ढकाल काठमाडौंमा ठूला दलका मतदाताले पनि विवेकशीलको इस्टकोट र साझा पार्टीको क्यामरामा मत दिएको मान्छन् । ‘भोटको प्याटर्न हेर्दा कांग्रेसको धेरै भोट यी पार्टीमा गएको देखिन्छ,’ उनले भने । काठमाडौंमा ठूला पार्टीका नेताहरूले पहिले पनि पराजय भोगेको दृष्टान्त दिँदै ढकाल भन्छन्, ‘तर, यो कृष्णप्रसाद भट्टराईविरुद्ध पार्टीभित्रैबाट अन्तरघात भएजस्तो होइन, भट्टराईविरुद्ध अन्तरघात भएको थियो, यसपालिको चाहिँ नेतृत्वलाई सबक हो, होसियार गरेको हो ।’ ढकाल ठूला दलका उम्मेदवारहरूमा मतदातालाई आकर्षण गर्ने चामत्कारिक गुण नहुनु र ठूलो संख्याका मतदाता कुनै खास विचार वा पार्टीप्रति प्रतिबद्ध नभई स्वतन्त्र प्रकृतिका हुनुको परिणाम मतगणनामा देखिएको बताउँछन् । २० वर्षपछि भएको स्थानीय निर्वाचनमा पहिलो पटक मतदान गर्नेमा १८ देखि ३७ वर्षसम्मका युवा मतदाताको संख्या उल्लेख्य थियो । राजनीतिले आकर्षित गर्न नसकेको ठानिने यो पुस्ताका मतदाताले सामाजिक मुद्दा उठाउने युवा उम्मेदवारसँग निकटता महसुस गर्नु स्वाभाविक देखिन्छ । ‘जागिर खाएर फुर्सदमा पार्टी खोल्नेभन्दा राजनीतिमा सुधार गर्छु भनेर आफ्नो जीवन नै दाउमा लगाउनेप्रति आकर्षण हुनु स्वाभाविक हो,’ ढकाल भन्छन् । तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने यसलाई मतदाताले बेला–बेला विकल्प खोज्ने सहायक प्रवृत्तिका रूपमा व्याख्या गर्छन् । ‘रञ्जु वा किशोरले मत पाउनु भएको सहायक प्रवृत्ति हो, जित्ने मत त ठूला दलले नै पाइरहेका छन्,’ भुसाल भन्छन् । ठूला पार्टीमा भएका समस्याका कारण साना पार्टीले मत पाए भन्नु सामान्य भएको उल्लेख गर्छन् । ‘समाजमा जहिले पनि एउटा आलोचक तप्का हुन्छ । त्यो असन्तुष्ट हुन्छ । त्यो तप्का आफूले भनेजस्तो नभएपछि आफ्ना इच्छा, कुन्ठा र सपनालाई कहिले विकासका नारासँग जोड्छ, कहिले समृद्धिको सपनासँग,’ भुसाल भन्छन्, ‘यसैले रञ्जुले यति मत पाउनु राजनीतिको मुख्य प्रवृत्ति होइन, सहायक प्रवृत्ति हो । कुनै दिन यो नै मुख्य प्रवृत्ति बन्यो भने त्यसबेला रञ्जु यही स्थानमा नरहन सक्छिन्, त्यसका लागि उनको दलमा राजनीतिक प्रवृत्ति हुनुपर्छ ।’ विश्लेषकहरूले भनेजस्तो ठूला पार्टीको भोट काटेको भने रञ्जु मान्दिनन् । ‘मत कसैको पेवा होइन, जो अरूले काटोस् । पुराना दलहरूले यो वडा हाम्रो, त्यो वडा तिम्रो भनेजस्तो होइन भन्ने पनि यो चुनावमा देखियो,’ उनी भन्छिन्, ‘अन्तिम निर्णायक भनेको जनता हुन् । यदि भोट काटेकै हो भने पनि पुराना दलले आफूले पाएको भोटलाई सम्मान गर्न नसकेका रहेछन् नि !’ मानवशास्त्री ढकाल पनि विवेकशील र साझा पार्टीले राजनीतिक दृष्टिकोण विकास गर्न बाँकी रहेको मान्दछन् । ‘सडकको धूलो हटाउँछु भन्नु एउटा कुरा हो तर राजनीतिक दलका रूपमा पछिसम्म स्थान बनाउनका लागि राजनीतिक प्रवृत्ति र दृष्टिकोण चाहिन्छ,’ ढकाल भन्छन्, ‘त्यसको विकास हुन सकेन भने अर्को चुनावसम्ममा यो मत नजोगिन सक्छ ।’ ढकालका अनुसार काठमाडौंका सचेत मतदाताको चरित्र कुनै कुरामा विश्वासभन्दा बढी अविश्वास गर्नु हो । ‘काठमाडौंका मतदाता भनेको स्थायी अविश्वासी हुन्, यिनले स्थापितहरूलाई जहिले पनि प्रश्न गर्छन्, संशयको नजरले हेर्छन्,’ उनी भन्छन् । विश्लेषक सुवेदी आउने १० वर्षमा काठमाडौंजस्ता सहरमा कुनै परम्परा, पार्टी वा परिवारको सम्बन्धका आधारमा मत नदिई स्वतन्त्र रहने मतदाताको संख्या झन् बढ्ने ठान्छन् । ठूला महनगरमा राजनीतिक र सांस्कृतिक रूपमा स्वतन्त्र यस्ता मतदातासँग संवादको शैलीमा ठूला दलले परिवर्तन गर्नुपर्छ भन्ने सन्देश रञ्जुले पाएको मतले दिएको सुवेदीको ठम्याइ छ । ‘पुराना पार्टीको शैलीप्रति प्रश्नको घन्टी बजेको हो,’ सुवेदी भन्छन्, ‘यही शैली रहने हो भने दस वर्षमा घन्टीमात्रै बज्ने होइन, खेल नै बदलिन सक्छ ।’ रञ्जु आउने ५ वर्षसम्म आफूहरू नगरवासीको साथी र महानगरको पहरेदारका रूपमा रहने बताउँछिन् । ‘हामी खबरदारी गर्नेछौं र धेरैभन्दा धेरै महानगरवासीसम्म पुग्नेछौं,’ उनले सुनाइन् । दोस्रो चरणमा पनि विवेकशीलले विभिन्न जिल्लामा उम्मेदवारी दिने उनले बताइन् । मानवशास्त्री ढकाल यसलाई राजनीतिक व्यवस्थाप्रतिको वितृष्णा नभई, ठूला दलका तत्कालीन गतिविधिप्रतिको असन्तुष्टिका रूपमा हेर्छन् । ‘यो लोकतन्त्र वा गणतन्त्रप्रतिको असन्तुष्टि होइन, दलका गतिविधिप्रतिको असन्तुष्टि हो । अहिले पाएको मत नयाँ पार्टीको कमाइ हो तर यसमा अरू पार्टीप्रतिको असन्तुष्टिको ठूलो भूमिका छ । यो कमाइ जोगाइराख्ने चुनौतीचाहिँ नयाँ पार्टीहरूलाई छ,’ ढकाल भन्छन् । कांग्रेस नेता शर्मा जनताले नयाँ शक्ति होइन, नयाँ छवि खोजेको बताउँछन् । ‘नयाँ शक्तिको खोजी हुन्थ्यो भने, नयाँ दलले चुनाव नै जित्ने थिए,’ उनी भन्छन्, ‘तर, जुन अनुपातमा नयाँले मत पाए यसको सन्देश पुराना दललाई सुध्रिउ र नयाँ दलले संगठन बनाउ भन्ने हो ।’ देशैभरि कांग्रेस, एमाले र माओवादीले पाएको मततर्फ इंगित गर्दै शर्मा भन्छन्, ‘एउटा चिनियाँ भनाइ छ, ‘आमाद्वारा कुटिएको बच्चाले रुँदै–रुँदै आमालाई नै पछ्याउँछ । मतदाता ठूला दलप्रति रुष्ट भए पनि मत त तिनैलाई दिए । तर, दलहरूले के बुझ्नुपर्छ भने एक दिन बच्चा ठूलो हुन्छ, त्यस दिन उसले आमालाई नपछ्याउन सक्छ ।’
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE