Khabar Dabali २६ चैत्र २०८२ बिहीबार | 9th April, 2026 Thu

भोटोसँग किन देखाइन्न अनमोल गहना ?

[caption id=\"attachment_132920\" align=\"alignleft\" width=\"750\"]\"\" फाइल फोटो[/caption] काठमाडाैं, ११ जेठ । रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार साँझ जाउलाखेलमा प्रदर्शन हुँदैछ । भोटो अवलोकन गर्न पाउने भए पनि मत्स्येन्द्रनाथका साथमा रहनुपर्ने गरगहना सार्वजनिक गर्ने चलन भने अझैसम्म सुरु भएको छैन । अाजको गोरखापत्र दैनिकमा खबर छ–  गुठी संस्थान केन्द्रीय गुठी लगत तथा अभिलेख कार्यालय प्रमुख राजेन्द्र दाहालका अनुसार मच्छिन्द्रनाथका सयौँ अनमोल गरगहना हनुमानढोका दरबारस्थित गद्दी बैठकमुन्तिर राखिएको छ । यी गहना सङ्ग्रहालयमार्फत दुनियाँलाई देखाउने सोच भए पनि संस्थान सञ्चालक समितिको बैठक बस्न नसकेर अलमलिएको छ । गद्दी बैठकमा रानी राजराजेश्वरीले १८६० सालमा चढाएको ३४ तोला सुनको माला र अन्य माला छन् । नेवारी लिपिमा राजा जयस्थिति मल्ल लेखिएको २६ तोला सुनको माला, हृदय फूलमा पत्थरजडित १८ तोला सुनको चारपाटे जन्तर, १२ तोला सुनको नागफणा, ५० तोला सुनको पाउ, चाँदीको अष्ट मङ्गल ३८ तोला सुनको मत्स्येन्द्रनाथको मूर्ति छन् । चाँदीको पातामा सुनको पाताले मोरेको ६५ तोलाको मुकुट पनि यही गद्दी बैठकमुन्तिर छ । प्रमुख राजेन्द्र दाहालका अनुसार यी गहना सङ्ग्रहालयमार्फत सार्वजनिक गर्ने विषयमा संस्कृति मन्त्रालयका सहसचिव भरतमणि सुवेदीको अध्यक्षतामा गठित समितिले हालसालै गुठी संस्थानमा प्रतिवेदन बुझाइसकेको छ । संस्थानको भद्रकालीस्थित भवनलाई सङ्ग्रहालय बनाउने वा नारायणहिटी सङ्ग्रहालयको एक हिस्सामा यी गहना राख्ने भन्ने विकल्प प्रतिवेदनमा दिइएको बताउँदै उहाँले ती गहना यसै थन्क्याएर राख्न नहुने बताए । पटकपटक सरकारी समितिले ती गरगहना सङ्ग्रहालयमा राखी सार्वजनिक गर्न सिफारिस गरेको उनले बताए । उनका अनुसार रातो मत्स्येन्द्रनाथ बाहेक मुलुकका सबै देवस्थलका अमूल्य गहना, सुनका मूर्ति, मुकुट, हीरा जवाहरातले गद्दी बैठकको मुन्तिरको भाग भरिएको छ । कतिपय गरगहना वेसबुत अवस्थामा पनि छन् । त्यस्ता सुनका टुक्राटाक्री १३ तोला हाराहारीमा थैलामा पोको पारिएको छ । सुनमा पत्थर जडान गरेको मत्स्येन्द्रनाथको मूर्ति भएको ३७ तोला र अर्को छुट्टै ४७ तोला सुनका पोको पनि यही छ । प्रदर्शन हुने मत्स्येन्द्रनाथका साथमा रहेको भोटोको झरेको पत्थरबारे थाहा नभएको बताइएको छ । बिहीबार भोटो प्रदर्शन गर्ने गुठी संस्थान पाटन शाखाका प्रमुख बैकुण्ठ आचार्यका अनुसार भोटोमा केही पत्थर झरेको अवस्थामा छ । भोटो देखाउने दिन काठमाडौँ उपत्यकामा गृह मन्त्रालयले सार्वजनिक बिदा दिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending