Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

पुरानै कार्यक्रममा सोमबार नयाँ बजेट

\"\"काठमाडौं, १० जेठ । सरकारले आगामी आर्थिक वर्षको बजेट अघिल्लो वर्षका कार्यक्रमलाई नै निरन्तरता दिँदै सार्वजनिक गर्ने तयारी गरेको छ । संविधान कार्यान्वयनसँगै सङ्घीयता लागू गर्ने क्रममा मुलुक निर्वाचनमय भएका बेला सरकारले आगामी सोमबार आव २०७४÷७५ का निम्ति बजेट पेस गर्ने तयारी गरेको हो । नेपालको संविधानले हरेक वर्ष जेठ १५ बजेट संसद्समक्ष प्रस्तुत गर्ने व्यवस्थाअनुरुप अर्थमन्त्री कृष्णबहादुर महराले बजेट प्रस्तुत गर्ने तयारी गरेका हुन् । । सङ्घीयता कार्यान्वयन गर्ने गरी बजेट ल्याउनुपर्ने भएकाले रु १२ खर्बभन्दा बढीको बजेट ल्याउन लागिएको अनुमान छ । गत आवमा सरकारले रु १० खर्ब ४८ अर्बको बजेट ल्याएको थियो । अर्थ मन्त्रालयले मुलुकको सामाजिक एवम् आर्थिक विकासलाई केन्द्रित गरेर बजेटको तयारी गरिरहेको अर्थ मन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार प्राडा पुण्यप्रसाद रेग्मीले जानकारी दिए । ऊर्जा सङ्कट अन्त्य भएसँगै उद्योगी व्यावसायीमा उत्साह जागेको र सरकारले अगाडि बढाएका राष्ट्रिय गौरवका आयोजनाका कार्यप्रगति सन्तोषजनक छ । राष्ट्रिय गौरवका आयोजना लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएकामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ता सकारात्मक देखिएका छन् । रेग्मीका अनुसार निरन्तरताका कार्यक्रमलाई प्राथमिकता दिइन्छ । नयाँ कार्यक्रम स्थानीय तहले बनाउने भएकाले नयाँ कार्यक्रमको आवश्यकता पनि नपर्ने उहाँको भनाइ छ । कर तथा करका दरमा कुनै पनि परिर्वतन नगर्ने सरकारी योजना छ । आर्थिक क्षेत्र अङ्क गणित मात्र होइन, आमजनता तथा निजी क्षेत्रको मनोविज्ञान पनि हो । यही विषयलाई आधार मानेर सरकारले लगानीका लागि पूर्ण वातावरण बनाउने गरी बजेट बनाउन लागेको बुझिएको छ । स्थानीय तहको निर्वाचनसँगै जनताका प्रतिनिधिले आफ्ना स्थानीय विकास तथा जनताको आधारभूत समस्यालाई समाधान गर्ने र अवसर सिर्जना गर्न सहजीकरणको भूमिका निर्वाह गर्ने भएकाले बजेटका कार्यक्रमलाई भुल्न हुँदैन । निर्वाचनको बीचमा आउन लागेको बजेटमा नयाँ कार्यक्रम हुँदैन भन्ने विषयमा राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा गोविन्द नेपाललाई विश्वास छैन । उनी भन्छन् – “सत्ताधारी दलको घोषणापत्र हेर्दा आगामी बजेट नयाँ कार्यक्रमविहीन हुन सक्दैन, नयाँ कार्याक्रम आउँछ ।” संविधानमा भएका जनताका अधिकारलाई उनीहरुका घरदैलोमा पु¥याउन कस्ता कस्ता कार्यक्रम आवश्यक छ भन्ने विषयमा विशेष ख्याल गर्नैपर्ने बाध्यताका कारण विगतकै कार्यक्रमलाई सरकारले चित्त नबुझाउने देखिएको छ । चालु आवमा देखिएको उत्साहजनक आर्थिक वृद्धिदरलाई स्थिर राख्न सक्दा पनि मुलुकको अर्थतन्त्र सबलीकरणतर्फ अगाडि बढ्छ भन्ने विश्वासका आधारमा सरकारले बजेटलाई आम नेपालको बनाउन जरुरी छ । मुलुकमा लागू गरिएको चौधौँ योजनाका लक्ष्य पूरा गर्नका लागि आवश्यक पृष्ठभूमि तयार गर्न पनि आगामी आवका लागि जारी गरिने बजेट अत्यन्त महत्वपूर्ण र ऐतिहासिक हुनेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending