Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

बाबुरामको जिल्लामा नौमा काँग्रेस, दुईमा माओवादी केन्द्र

\"\"गोरखा, ५ जेठ । गोरखाका एघारवटै स्थानीय तहमा मतगणना सम्पन्न भएको छ । दुई नगरपालिका र सातवटा गाउँपालिका गरी नेपाली काँग्रेसले नौ स्थानीय तहमा जितेको छ भने दुई गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)ले जितेको छ । नेकपा (एमाले) र नयाँ शक्ति पार्टीले कुनै स्थानीय तहमा जित्न सकेनन् । गोरखा नगरपालिकामा काँग्रेस गोरखा नगरपालिकामा ६ हजार ५६० मत ल्याएर नेकाका राजनराज पन्त नगरपालिका प्रमुख पदमा विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का कृष्णबहादुर रानाले पाँच हजार ६० मत ल्याए । उपप्रमुख पदमा नेकाकी बिनाकुमारी श्रेष्ठले ६ हजार २६० मत ल्याइन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)की सम्झना देवकोटाले चार हजार ७०५ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गोरखा नगरपालिकामा १४ वटा वडा रहेका छन् जसमध्ये १, २, ४, ५, ६, ८, ९ र १२ वडा नेकाले जितेको छ । यस्तै, ३, १० र १४ नं वडामा नेकपा (एमाले)ले जितेको हो भने नेकपा (माओवादी केन्द्र)ले ७, ११ र १३ वडामा जित हासिल गरेको छ । पालुङटारमा काँग्रेस गोरखाको पालुङटार नगरपालिकाको प्रमुख पदमा नेकाका दीपकबाबु कँडेल विजयी भएका छन् । चार हजार ६९८ मत ल्याएर कँडेल विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विवश चिन्तनले चार हजार ४९१ मत प्राप्त गरे । उपप्रमुख पदमा माओवादी केन्द्रकी पम्फा बसेल निर्वाचित भएकी छिन् । बसेलले चार हजार ४९४ मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी चेतकुमारी श्रेष्ठले चार हजार १९६ मत ल्याएकी छिन् । दशवटा वडा रहेको पालुङटारमा नयाँ शक्ति पार्टीले १, ४ र ५ वडामा विजय हासिल गरेको हो । यस्तै, २, ६, ८ र १० नं वडामा माओवादी केन्द्र विजयी भयो भने वडा नं ७ मा एमाले विजयी भएको छ । काँग्रेसले वडा नं ३ र ९ जितेको छ । पालुङटार पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वसङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे र काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको गृहनगर पनि हो । भीमसेनमा काँग्रेस गोरखाको भीमसेन गाउँपालिका प्रमुख पदमा काँग्रेसका ईश्वर पाण्डे तीन हजार ९४३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकी बिनु वाग्ले तीन हजार ९८३ मतका साथ विजयी भएकी हुन् । काँग्रेसले माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा र लीला श्रेष्ठलाई पराजित गरेको हो । आरुघाटमा काँग्रेस आरुघाट गाउँपालिकाको प्रमुख पदमा काँग्रेसका पूर्णबहादुर दाहाल तीन हजार ६७६ मत ल्याएर विजयी भएका छन् । उपप्रमुखमा काँग्रेसकै कल्पना नेपालीले तीन हजार ६०९ मत ल्याएर विजयी भइन् भने काँग्रेसले प्रमुख र उपप्रमुखमा क्रमशः एमालेका बकबहादुर लामा र मिनु बरामलाई हराएको हो । चुमनुब्रीमा काँग्रेस उत्तरी हिमाली क्षेत्रमा रहेको चुमनुब्री गाउँपालिकाको प्रमुख पदमा नेकाका धनबहादुर गुरुङ एक हजार २५३ मतका साथ विजयी भएका छन् । उपप्रमुखमा माओवादी केन्द्रकी धनकुमारी गुरुङ एक हजार २८५ मतले विजयी भए । काँग्रेसले माओवादीका लाक्पा डुण्डुप लामा र माओवादीले काँग्रेसकी छेवाङ लामालाई उपप्रमुखमा पछि पारेको हो । धार्चेमा काँग्रेस धार्चे गाउँपालिकामा काँग्रेसका सन्तबहादुर गुरुङ (सन्तोष) एक हजार ७०९ मतका साथ विजयी भएका छन् । उपप्रमुख पदमा काँग्रेसकी फूलमाया गुरुङ एक हजार ५९५ मतका साथ विजयी भइन् । काँग्रेसले नयाँ शक्तिका लक्ष्मण गुरुङ र माओवादी केन्द्रकी आशा तमुलाई हराएको हो । अजिरकोटमा काँग्रेस अजिरकोट गाउँपालिकामा काँग्रेसका फणिन्द्र धिताल तीन हजार ३३ मतका साथ विजयी भएका छन् । उपप्रमुखका काँग्रेसकै चन्द्रमाया गुरुङ तीन हजार ३३ मतले विजयी भइन् । माओवादी केन्द्रका दीपक देवकोटा र अनिता भुजेललाई काँग्रेसले प्रमुख र उपप्रमुखमा हराएको हो । सिरानचोकमा काँग्रेस सिरानचोक गाउँपालिकामा काँग्रेसका राजु गुरुङले तीन हजार ४०२ मत ल्याएर विजयी हासिल गरेका छन् । यस्तै, उपप्रमुखमा काँग्रेसकै रीता देवकोटाले तीन हजार ४११ मत ल्याइन् । माओवादी केन्द्रका नवराज पुडासैनी र दीपा गुरुङलाई काँग्रेसले हराएको हो । गण्डकीमा काँग्रेस गण्डकी गाउँपालिकामा काँग्रेसका होमबहादुर रानाले चार हजार १६४ मतका साथ विजय हासिल गरेका छन् । काँग्रेसकी ललिता अधिकारीले चार हजार ९७ मतले उपप्रमुखमा विजय हासिल गरिन् । प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र पूर्णा थापालाई काँग्रेसले हराएको हो । सहिद लखनमा माओवादी सहिद लखन गाउँपालिकामा माओवादी केन्द्रका रमेश थापाले तीन हजार ८०८ मत ल्याएर प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादीकै इन्दिरा तिवारी तीन हजार ७९८ मतका साथ विजयी भइन् । काँग्रेसका कृष्ण आले र शर्मिला श्रेष्ठलाई माओवादीले हराएको हो । सुलिकोटमा माओवादी गोरखाको सुलिकोट गाउँपालिकामा माओवादी केन्द्रका विष्णु भट्ट चार हजार ६५९ मतका साथ प्रमुख पदमा विजयी भएका छन् । उपप्रमुख पदमा माओवादी केन्द्रकै सनमाया गुरुङ चार हजार ५०१ मतले बिजयी भइन् । काँग्रेसका इन्द्र गुरुङ र जनककुमारी कोइरालालाई माओवादीले हराएको हो । मतगणनाको अन्तिम परिणाम घोषणा भएपछि एघारवटै स्थानीय तहमा दलले विजय ¥याली निकालेका छन् । करिब २० वर्षपछि निर्वाचित जनप्रतिनिधि पाएको खुसियालीमा गोरखा नगरवासीले प्रमुख पन्त र उपप्रमुख श्रेष्ठलाई बाजागाजासहित नगर परिक्रमा गरेका थिए । निर्वाचन जितेकाहरु अधिकांश हालै जागिर छाडेर राजनीतिमा प्रवेश गरेकाहरु छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending