Khabar Dabali १६ चैत्र २०८२ सोमबार | 30th March, 2026 Mon
Investment bank

कुमाखमालिका गाउँपालिकामा माओवादी विजयी

\"\"सल्यान, जेठ ५ । सल्यानको कुमाखमालिका गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । एमालेका भैरवबहादुर शाहलाई १ हजार ५ सय ४५ मतको फराकिलो अन्तरले पराजित गर्दै माओवादी केन्द्रका दिलमाया बुढामगर अध्यक्षमा विजयी भएकी हुन् । उनले ३ हजार ६ सय ७३ मत प्राप्त गरिन् भने शाहले २ हजार १ सय २८ मत प्राप्त गरे । उपाध्यक्षमा माओवादी केन्द्रका डिल्लीराज जैशी ३ हजार ८ सय १८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका शान्ति चन्दले २ हजार ७५ मत प्राप्त गरिन् । ५ वडामा माओवादी, १ एमाले, १ कांग्रेस ७ वटा वडाहरु रहेको गाउँपालिकामा एउटा वडा कांग्रेस, एउटा वडा एमाले र ५ वटा वडामा माओवादी केन्द्रले विजय हाँसिल गरेका छन् । जसअनुसार वडा नं. १ मा कांग्रेसका गोपाल बुढाथोकीले वडा अध्यक्षमा जीत हात पारेका छन् भने सदस्यहरुमा माओवादी केन्द्रका जनक थापा, डिल्ली राना, उषा बुढाथोकी र मीना विक विजयी भएका छन् । वडा नं. २ मा एमालेका वडा अध्यक्षका उम्मेदवार शेरबहादुर रावत विजयी भएका छन् । दलित महिला सदस्य बाहेक अन्य सदस्य पनि एमालेकै विजयी भएका छन् । वडा नं. ३ मा माओवादी केन्द्रका चित्रबहादुर बुढाथोकीको प्यानल, वडा नं. ४ मा माओवादी केन्द्रकै तिलबीर बुढाथोकीको प्यानल, वडा नं. ५ मा माओवादी केन्द्रकै हरिप्रकाश बुढाथोकीको प्यानल भारी मतले विजयी भएको छ । त्यसैगरी वडा नं. ६ मा माओवादी केन्द्रका वीरवल शर्माको प्यानल र वडा नं. ७ मा पनि माओवादी केन्द्रकै तुलाराम बोहरासहितको प्यानल विजयी भएको छ । कुल १२ हजार १ सय ९३ मतदाता रहेको कुमाखमालिका गाउँपालिकामा ८ हजार ८ सय ३८ जनाले मतदान गरेका थिए । गाउँपालिका अध्यक्षमा प्रदेशमै एक्लो महिला कुमाखमालिका गाउँपालिका अध्यक्षमा निर्वाचित दिलमाया बुढामगर ६ नं. प्रदेशमै गाउँपालिका अध्यक्ष चुनिनेमा एक्लो महिला बनेकी छिन् । जुम्लाको चन्दननाथ नगरपालिकाकी कान्तिका सेजुवाल नगर प्रमुखमा चुनिए पनि गाउँपालिकातर्फ कोही पनि महिला अध्यक्ष चुनिएका छैनन् । २०५३ सालदेखि माओवादी आन्दोलनमा पूर्णकालीन कार्यकर्ताको रुपमा लागेकी बुढा हाल माओवादी केन्द्रको महाधिवेशन आयोजक समिति सदस्य हुन् । युद्धकालमा गठित कालागाउँ गाउँ जनसरकारकी उप–प्रमुख, प्रमुख हुँदै जिल्ला जनसरकार उपप्रमुखसम्म भइसकेकी उनी सहिद पत्नीसमेत हुन् । युद्धकालमै २०५६ चैतमा उनको श्रीमान् तत्कालीन माओवादी पार्टीका सल्यान जिल्ला सचिवालय सदस्य लोकेन्द्रप्रकाश गिरीलाई प्रहरीले हत्या गरेको थियो । २०३५ मंसिर ८ गते रुकुम खोलागाउँमा जन्मिएकी बुढा जनयुद्धको शुरुवातसँगै तत्कालीन सुरक्षा दल र स्क्वाइडमा समेत केही वर्ष अनुभव हाँसिल गरेकी छिन् । हाल माओवादीको भातृ संगठन अनेम संघ क्रान्तिकारीको केन्द्रीय सदस्य, सहिद परिवारको समाज सल्यानको अध्यक्षलगायतका जिम्मेवारी पनि वहन गरिरहेकी उनी माओवादी पकड क्षेत्रको रुपमा चिनिएको कुमाख मालिका गाउँपालिकाबाट अध्यक्षमा प्रतिद्वन्द्वी उम्मेदवारभन्दा झण्डै दोब्बर मतले विजयी भएकी हुन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending