Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

तनहुँमा ६ गाउँपालिकाको मत परिणाम सार्वजनिक

\"\"डुम्रे (तनहुँ), ४ जेठ । स्थानीय निर्वाचन अन्तर्गत तनहुँका ६ गाउँपालिकाको परिणाम आएको छ । आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन् । विजयी थापाले दुई हजार ५८९ मत ल्याएका छन् । थापाका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार सन्तबहादुर केसीले दुई हजार २४२ मत ल्याएका थिए । त्यसैगरी उपाध्यक्षमा समेत काँग्रेसकै पुष्पादेवी श्रेष्ठ विजयी भएकी छन् । उपाध्यक्षमा विजयी श्रेष्ठले दुई हजार १६५ मत ल्याएकी छन् । काँग्रेसले उक्त गाउँपालिकाको वडा नम्बर १, २, ४, ५ र ६ जितेको छ भने एमालेले वडा नम्बर ३ जितेको छ । यसैगरी, ऋषिङ गाउँपालिकाको स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा काँग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ चारहजार ९४१ र उपाध्यक्षमा काँग्रेसकै गिनुमाया थापा पाँच हजार ६ मत ल्याई विजयी भएका छन् । श्रेष्ठ र थापाका प्रतिद्वन्द्वीले क्रमशः दुई हजार ४८९ र दुई ३७७ मत ल्याएका छन् । ऋषिङ गाउँपालिकाका ८ वटा वडामा काँग्रेसको प्यानलै विजयी भएको छ । यसैगरी, घिरिङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षका उम्मेदवार रणबहादुर राना तीन हजार ७३० मत ल्याएर विजयी भएका छन् । यसैगरी म्याग्दे गाउँपालिकामा समेत काँग्रेसको तर्फबाट अध्यक्ष र उपाध्यक्षका उम्मेदवार बनेका माया राना र बालकृष्ण घिमिरे विजयी भएका छन् । अध्यक्षमा रानाले चार हजार ५६४ ल्याएकी छन् । उपाध्यक्षमा काँग्रेसका उम्मेदवार घिमिर चारहजार ६१४ मतका साथ विजयी भएका छन् । त्यस्तै, देवघाट गाँउपालिकामा भने अध्यक्षमा एमालेका उम्मेदवार दुर्गबहादुर थापा विजयी भएका छन् । उपाध्यक्षमा भने काँग्रेसबाट उम्मेदवार रहेकी विमला थापाले एक मतले विजयी भएकी छन् । अध्यक्ष थापाले दुई हजार ८७९ मत ल्याएका छन् । त्यसैगरी, बन्दिपुर गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । अध्यक्ष थापाको दुईहजार ८६३ मतले विजयी भएका थिए । त्यस्तै उपाध्यक्षमा करुणा गुरुङ दुईहजार ६८३ मत ल्याएर विजयी भइन् । बाँकी चार नगरपालिकामा भने आज साँझसम्म सबै मत परिणाम आउने अनुमान गरिएको छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE