Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

गायक विक्रम परियारका ६ जना हत्यारा सार्वजनिक

\"\"दमौली, ४ जेठ । तनहुँको व्यास नगरपालिका–१ भादगाउँ घर भई हाल काठमाडाैं बस्दै आएका ४२ वर्षीय विक्रम परियारको गत आइतबार हत्या गरी फरार भएका छजना युवालाई प्रहरीले पक्राउ गरी बुधबार दमौलीमा सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पत्रकार सम्मेलनमार्फत हत्यारालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा व्यास नपा–३ देउराली नगरकी १८ वर्षीया उषा थापा, सोही ठाउँकी १६ वर्षीया अन्जली राना मगर, व्यास–१ हाईस्कुलटार बस्ने २० वर्षीया कान्छी भन्ने रोशनचन्द ठकुरी, सोही ठाउँ बस्ने १७ वर्षीय तु्म्बाके भन्ने मधुसूदन नेपाली, १७ वर्षीय रन्जन ठकुरी र १६ वर्षीय प्रेम आले रहेको पत्रकारसम्मेलनमा तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशीले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा जलदेवी केन्द्रबाट मतदान गरी व्यास नपा–१ भादगाउँको छाला फ्याक्ट्रीनजिकै घुम्न निस्केका परियारलाई उक्त समूहले अन्धाधुन्द ढुङ्गा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानबाट खुलेको पत्रकारसम्मेलनमा प्रहरी उपरीक्षक जोशीले बताए । घटनालगत्तै ती दुई युवती र अन्जली रानालाई देउराली नगरबाटै र फरार अरू तीन मधुसूदन, रन्जन र प्रेमलाई मङ्गलबार राति प्रहरीले घेरा हाली झापुटारबाट नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । काठमाडाैं बाट मतदान गर्न आएका सोही ठाउँका ४३ वर्षीय देवीनारायण श्रेष्ठलाई पछाडि राखेर बा २७ प ४९७५ नं को मोटरसाइकलमा उनी सेती नदी किनारामा घुम्न निस्केका थिए । छाला फ्याक्ट्रीनजिकै बसिरहेका ती दुई युवती र चारजना युवकलाई फोटो खिचीदिन अनुरोध गर्दा एक्कासी विवाद भएको र उक्त समूहले ढुङ्गामुढा प्रहार गरी विक्रमको हत्या गरेको प्रहरीले जनाएको छ । सोही समूहको ढुङ्गा प्रहारबाट देवीनारायण श्रेष्ठ घाइते भएको र उनको पोखराको मेट्रो सिटीमा उपचार गरी घर फर्किसकेको जानकारी सो अवसरमा दिइयो । हत्यामा संलग्नमध्ये प्रेम आले यसअघिको हत्याका घटनामा पनि प्रहरीले पक्राउ गरेको र पछि नाबालक भन्दै छोडेको थियो । पक्राउ परेका व्यक्तिविरुद्ध तनहुँ जिल्ला अदालतबाट कर्तव्य ज्यानसम्बन्धी मुद्दामा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जोशीले बताए । घटनास्थलबाट प्रहरीले ढुङ्गा, चस्मा र टोपी बरामद गरेको छ । प्रहरी नायब उपरीक्षक सुरेन्द्र गुरुङ नेतृत्वको टोलीले सादा पोसाकका प्रहरीले दिनरात नभनी उक्त समूहलाई पक्राउ गर्न सफल भएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE