Khabar Dabali २८ माघ २०८२ मंगलवार | 10th February, 2026 Tue
Investment bank

सल्यानमा दुई गाउँपालिकासहित ३७ स्थानीय तहको नतिजा सार्वजनिक

\"\"सल्यान, २ जेठ । सल्यानमा आइतबार सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । दुई गाउँपालिकासहित ३७ स्थानीय तहको मत परिणाम सार्वजनिक गरिएको छ । दार्मा गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका नीमबहादुर केसी र उपाध्यक्षमा टीका वली शर्मा निर्वाचित भएका छन् । केसीले अध्यक्षमा तीन हजार ६९४ मत र वलीले उपाध्यक्षमा तीन हजार ६९५ मत प्राप्त गरी विजयी भएका हुन् । सो क्षेत्रमा नेपाली काँग्रेस र नेकपा(एमाले)बीच समीकरण गरिएको भए पनि माओवादी केन्द्र विजयी भएको हो । यसैगरी दामागाउँपालिका–१ को वडाध्यक्षमा नेकपा एमालेका कविकुमार चन्द विजयी भएका छन् । यस्तै वडा नं २ मा माओवादी केन्द्रका डिल्ली केसी, वडा नं ३ मा माओवादी केन्द्रका सेतीराम रोका, वडा नं ४ मा माओवादी केन्द्रका चन्द्रबहादुर रावत, वडा नं ५ मा माओवादी केन्द्रका दुर्गा मल्ला र वडा नं ६ मा रामबहादुर केसी विजयी भएका छन् । यसैगरी ढोरचौर गाउँपालिका अध्यक्षमा नेकपा एमालेका चित्रबहादुर चलाउने विजयी भएका छन् । उनी एक हजार ९२५ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका नरवीर चलाउनेले एक हजार ५४८ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा नेकपा एमालेकी पुष्पा बोहराले एक हजार ९४६ मत प्राप्त गरी विजयी भएकी छिन् । ढोरचौर गाउँपालिका–१ मा माओवादी केन्द्रका रामबहादुर बस्नेत विजयी भएका छन् । वडा नं २ मा माओवादी केन्द्रकै रुद्रबहादुर बुढाथोकी विजयी भएका छन् । यस्तै वडा नं ३ मा नेकपा एमालेका शालिकराम बुढाथोकी र वडा नंं ५ मा नन्दलाल बोहरा विजयी भएका छन् । वडा नं ४ मा भने नेपाली काँग्रेसका दिनेश विएम र नेकपा एमालेका देवेन्द्र रोकाले बराबरी मत प्राप्त गरेपछि गोलाप्रथामार्फत काँग्रेसका दिनेश विएम विजयी भएका छन् । यसैगरी वागचौर नगरपालिका–१ मा नेपाली काँग्रेसका नेत्रबहादुर डाँगी, वडा नं २ मा नेकपा एमालेका घनश्याम शर्मा विजयी भएका छन् । यस्तै वडा नं. ३ मा माओवादी केन्द्रका टीकाराम खत्री, १२ मा नेकपा माओवादी केन्द्रका दीपक वली, वडा नं ११ मा मोहन खड्का र वडा नं १० मा कृष्णबहादुर खड्का विजयी भएका छन् । यसैगरी शारदा नगरपालिका–१ मा नेकपा एमालेका नवराज बुढाथोकी, वडा नं २ मा टोपबहादुर थापा र वडा नं ३ मा केशव सिंह बुढाथोकी विजयी भरएका छन् । यस्तै वडा नं ४ मा नेपाली काँग्रेसका सुधन विष्ट, वडा नं ५ मा प्रदीप शाही र वडा नं ६ मा भिखराज बुढाथोकी विजयी भएका छन् । यस्तै वनगाड कुपिण्डे नगरपालिका–१ मा नेकपा एमालेका शान्तकुमार यरी, वडा नं १२ मा गोविन्द डाँगी विजयी भएका छन् । यस्तै वडा नं २ मा माओवादी केन्द्रका प्रतिमल रोकाय विजयी भएका छन् । यस्तै कपुरकोट गाउँपालिका–१ मा माओवादी केन्द्रका बालाराम खड्का र वडा नं २ मा मानबहादुर राना विजयी भएका छन् । यस्तै वडा नं ३ मा नेपाली काँग्रेसका मीनबहादुर सेन विजयी भएका छन् । यसैगरी त्रिवेणी गाउँपालिका–१ मा नेकपा एमालेका छवि खत्री विजयी भएका छन् । यस्तै वडा नं २ मा नेपाली काँग्रेसका मेघराज खड्का विजयी भएका छन् । यसैगरी छत्रेश्वरी गाउँपालिका–१ मा नेपाली काँग्रेसका नेवबहादुर शाह, वडा नं २ माओवादी केन्द्रका प्रेमबहादुर खड्का विजयी भएका छन् । यस्तै वडा नं ३ मा नेकपा एमालेका राजबहादुर वुढाथोकी विजयी भएका छन् । यसैगरी कालीमाटी गाउँपालिका–७ मा नेपाली काँग्रेसका नैनसिंह राना, वडा नं ६ मा माओवादी केन्द्रका टेकबहादुर थापा पुलामी र वडा नं ५ मा नेकपा एमालेका चन्द्रबहादुर गाह विजयी भएका छन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE