Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

उत्तरको क्षेप्यास्त्र परीक्षण :रोक्न सक्लान् त ट्रम्पले ?

\"\"दक्षिण कोरियामा नयाँ राष्ट्रपति मुन जे इन सत्तामा आएको केही दिनपछि नै उत्तर कोरियाले थप एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । उसले उत्तर–पश्चिमी कुन्सोङनजिकबाट प्रक्षेपण गरेको यो क्षेप्यास्त्र सयौँ माइल यात्रा पार गरेर जापानी समुद्रमा खसेको थियो । उत्तर कोरियासित सुमधुर सम्बन्धको वकालत गर्ने दक्षिण कोरियाली नयाँ राष्ट्रपति मुन जे इनमाथि यो परीक्षणका कारण तात्कालिक दबाब बढेको छ । उत्तरले यस वर्ष कैयौँ क्षेप्यास्त्र परीक्षण गरेको छ । उसको यस्ता परीक्षणका कारण अन्तर्राष्ट्रिय समुदायमाथि चिन्ताको माहोल बढेको छ भने अमेरिका र उत्तर कोरियाबीचको तनाव पनि बढाएको छ । पछिल्लो महिनामा पनि कोरियाले दुईवटा क्षेप्यास्त्र परीक्षण गरेको थियो । यद्यपि, ती दुवै परीक्षण असफल भएका थिए । प्रक्षेपणको केही समयपछि नै ती दुवै क्षेप्यास्त्र विस्फोट भएका थिए । पछिल्लो क्षेप्यास्त्र परीक्षण उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले यस विषयमा छलफल गर्न आफ्नो सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाएका छन् । बैठकपछि उनले क्षेप्यास्त्र परीक्षणको निन्दा गर्दै यो ‘उत्तेजनात्मक कारबाही’ भएको प्रतिक्रिया दिएका छन् । राष्ट्रपति इनका प्रवक्ताले भनेका छन्— राष्ट्रपतिले भनेका छन् कि उत्तर कोरियासित संवादको सम्भावनामाथि दक्षिण कोरिया सकारात्मक छ । तर, यो त्यतिखेर मात्र सम्भव छ, जतिखेर उत्तर कोरियाले आफ्नो व्यवहारमा परिवर्तन देखाउँछ । यद्यपि, अहिलेसम्म उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणबारे विस्तृत विवरण आइसकेको छैन । समाचार एजेन्सी रोयटर्सले जापानी रक्षामन्त्रीलाई उद्धृत गर्दै भनेको छ कि यो क्षेप्यास्त्र उत्तर कोरियाको पूर्वी समुद्रमा करिब चार सय किलोमिटर टाढा गएर खसेको छ । यो कुनै नयाँ क्षेप्यास्त्र हुन सक्छ । उत्तरविरुद्ध थप प्रतिबन्धको माग यसैबीच युएस प्यासिफिक कमान्डले एक वक्तव्य जारी गरी भनेको छ— क्षेप्यास्त्र परीक्षणको मूल्यांकन गरिँदै छ । तर, यसको उडान अमेरिकी भूभागसम्म पहुँच राख्नेवाला अन्तरमहाद्वीपीय मिसाइलजस्तो भने थिएन । अर्कातिर ह्वाइटहाउसले पनि भनेको छ— राष्ट्रपति डोनाल्ड ट्रम्प यो सोच्न पनि सक्नुहुन्न कि उत्तर कोरियाको कदमबाट रुस खुसी होला । किनकि, यो क्षेप्यास्त्र रुसको भूभागबाट धेरै टाढा खसेको थिएन । अमेरिकी वक्तव्यमा अगाडि भनिएको छ, यो नयाँ परीक्षणले उत्तर कोरियाविरुद्ध थप कडा प्रतिबन्धको माग गर्नुपर्ने भएको छ । यस्तो मान्ने गरिएको छ कि उत्तर कोरिया दुई प्रकारका अन्तरमहाद्वीपीय ब्यालेस्टिक क्षेप्यास्त्र या अन्तरमहाद्वीपीय क्षेप्यास्त्र परीक्षणको विषयमा काम गरिरहेको छ । तर, अहिलेसम्म यस्ता क्षेप्यास्त्रको परीक्षण गरिएको चाहिँ छैन । यस क्षेप्यास्त्र परीक्षणबारे न त उत्तर कोरियाले अहिलेसम्म केही बोलेको छ, न त उसको निकट सहयोगी चीनले । विगतको क्युबा संकट बिबिसीका कोरिया संवाददाता स्टेफन इवान्स उत्तर कोरिया संकटलाई अतीतमा भएको क्युबा क्षेप्यास्त्र संकटसित जोडेर हेर्दै छन् । उनको भनाइ छ— बिस्तारै उत्तर कोरियाको अवस्था क्युबाको जस्तो बनिरहेको छ । अक्टोबर १९६२ मा माथिबाट लिइएका तस्बिरहरूबाट पत्ता लागेको थियो कि सोभियत संघ फ्लोरिडाको समुद्री किनारको नजिकै एउटा ‘मिसाइल बेस’ निर्माण गरिरहेको छ । तत्कालीन राष्ट्रपति केनेडीले भनेका थिए— उनलाई यो सब स्वीकार्य छैन । उनी यसलाई ‘लक्ष्मणरेखा’ मान्छन् । सोभियत नेता खु्रस्चेभलाई यस कदमबाट युद्ध भड्किन सक्छ भन्ने लागेपछि उनले आफ्नो कदम फिर्ता लिए । राष्ट्रपति ट्रम्पले उत्तर कोरियाका लागि कस्तो र कुन ‘लक्ष्मणरेखा’ खिचेका छन् भन्ने प्रस्ट भएको छैन । यसका साथै, उनी के युद्धको कुनै जोखिम उठाउन सक्छन् रु विशेषगरी, जसमा चीन पनि सहभागी हुने सम्भावना छ । उनले भनेका छन्— उत्तर कोरियाली क्षेप्यास्त्र कहिल्यै ‘अमेरिकी भूभागमा पुग्न सक्नेछैनन् । यसैबीच दक्षिण कोरियामा एक नयाँ राष्ट्रपति आएका छन्, जो उत्तरसित संवाद चाहन्छन् । चीनको प्रभाव यदि उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण जारी रहे भने पनि तत्काल यो प्रस्ट हुन सकेको छैन कि अमेरिकाले कुनै सैन्य कारबाहीको निर्णय लिन्छ या लिँदैन । अथवा दक्षिण कोरियाले कुनै कदम उठाउँछ या उठाउँदैन यसको पनि टुंगो छैन । संयुक्त राष्ट्रसंघको प्रतिबन्धको बाबजुद उत्तर कोरियाले पाँच परमाणु परीक्षण गरेको छ र ऊ लामो दूरीका क्षेप्यास्त्र पनि विकसित गरिरहेको छ । अमेरिकाले सुरक्षा परिषद्का अन्य सदस्य देशहरूमाथि उत्तर कोरियाविरुद्धको प्रतिबन्धलाई कडाइसाथ पालना नगरेको आरोप लगाएको छ । उसले खासगरी आफ्नो सम्बन्धको बलमा उत्तर कोरियामाथि दबाब दिन चीनसित विशेष अपिल पनि गरेको छ । तर, खराब सम्बन्धको बाबजुद उत्तर कोरियाले हालै भनेको छ कि अवस्था ठिकै रहिरह्यो भने ऊ अमेरिकासित संवादका लागि तयार छ । एक उत्तर कोरियाली कूटनीतिज्ञको यो टिप्पणी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको उत्तर कोरियाली नेता किम जोङ उनसित भेटघाट भएमा आफूले सम्मानित महसुस गर्ने भनाइ सार्वजनिक भएपछि आएको हो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE