Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

निर्वाचनको तयारी पूरा, मतदाता मतदानको लागि व्यग्र प्रतीक्षामा

\"\"काठमाडौँ, ३० वैशाख । आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतदानका लागि आवश्यक पर्ने सम्पूर्ण तयारी पूरा भएको छ । झन्डै दुई दशकपछि यही वैशाख ३१ गते हुन गइरहेको स्थानीय निर्वाचनमा मतदान गर्न मतदाता व्यग्र प्रतीक्षामा छन् । सो निर्वाचनअन्तर्गत गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख तथा दुवै तहका वडाध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित महिला वडा सदस्य गरी जम्मा सात पदका लागि निर्वाचन हुँदैछ । प्रदेश नं ३, ४ र ६ अन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहमा पहिलो चरणको निर्वाचन हुँदैछ । सो निर्वाचनमा छ हजार छ सय ४२ मतदान केन्द्रमा आवश्यक मतदान सामग्री तथा कर्मचारीसहित मतदान अधिकृत सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् । नेपालको संविधान कार्यान्वयन मात्र होइन स्थानीयस्तरसम्म सङ्घीयता कार्यान्वयनका लागि कोसेढुङ्गा मानिएको निर्वाचनले जनताको सुख–दुःख हेर्ने तथा घर छेउको सरकारको नेतृत्व गर्ने जनप्रतिनिधि निर्वाचित गर्नेछ । अपाङ्गता भएका, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई मतदानमा प्राथमिकता दिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शर्माले जानकारी दिनुभयो । दृष्टिविहीन वा शारीरिक अशक्तता भएका मतदाताले आफैंँ मत सङ्केत गर्न नसकेमा परिवारका सदस्यले मतदान अधिकृतको स्वीकृति लिएर वा मतदान अधिकृतको सहयोगमा मत सङ्केत गर्न सक्नेछन् । निर्वाचन गोप्य मतदानको प्रक्रियाद्वारा एक पद एक मतका आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीमा हुँदैछ । निर्वाचनबाट चार महानगरपालिका, एक उपमहानगरपालिका, ९२ नगरपालिकाका प्रमुख उपप्रमुख तथा एक सय ८६ गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष निर्वाचित हँुदैछन् । त्यस्तै कुल दुई हजार पाँच सय ९८ वडामा पाँच जनाका दरले १३ हजार पाँच सय ५६ प्रतिनिधि निर्वाचित हुनेछन् । निर्वाचनमा कुल ४९ हजार तीन सय ३७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तीमध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन् । निर्वाचनमा एक सय ६० महिला र एक सय ६९ पुरुष उम्मेदवार निर्विरोध निर्वाचित भइसकेको आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा ४९ लाख ५६ हजार नौ सय २५ मतदाताले मतदान गर्दैछन् । गृह मन्त्रालयले निर्वाचनको सबै सुरक्षा व्यवस्था तयारी गरेको छ । मन्त्रालयका अनुसार पहिलो चरणको निर्वाचनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान प्रहरी गरी ६४ हजार प्रहरी परिचालन गरिएको छ । त्यस्तै नेपाली सैनिक पहिलो चरणको निर्वाचनको सुरक्षाका लागि करिब ३१ हजार खटाइएको छ । काठमाडौँ, हेटाँैडा, पोखरा र सुर्खेतमा निर्वाचनका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिएको जनाइएको छ । मतदान कसरी गर्ने निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले मतदाता शिक्षा अभियानमार्फत मतपत्र र मतदान गर्ने तरिकाका बारेमा सचेतना अभियान अघि बढाएको छ । निर्वाचनमा छ आकारका मतपत्र छन् । सबैभन्दा बढी ६८ लहर ९चुनाव चिह्न० भएको काठमाडौँलगायत जिल्लाको मतपत्र छ भने सबैभन्दा सानो थोरै दल दर्ता भएको मनाङलगायत जिल्लामा १८ लहर भएको मतपत्र छ । अन्य जिल्लामा ४४, ३६, २८ र २२ लहर भएको मतपत्र रहेको आयोगले जनाएको छ । मतपत्रमा पहिलो ठाडो लाइनमा अध्यक्ष वा प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष वा उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथौ लाइनमा महिला सदस्य, पाँचौँ लाइनमा दलित महिला सदस्य तथा छैटांै र सातौं ठाडो लाइनमा दुई अन्य खुला वडा सदस्यका लागि चिह्न रहेको छ । संसद्मा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारका लागि मतदातालाई उम्मेदवार पहिचान गर्न सहज होस् भनेर छैटौँ लाइनमा एक चुनाव चिह्न र सातौँमा एकै दलका दुई चुनाव चिह्न राखिएको छ । खुला दुई वडा सदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिह्न र दोस्रोलाई दुई चिह्नको व्यवस्था गरिएको आयोगले जनाएको छ । स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिह्न राखिएको छ । मतदानका लागि मतदाताले सबै मतपत्रका सबै लाइनमा स्वस्तिक छाप नै लगाउनुपर्छ । सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको मतपत्रबाट मतदान गरेमा, औँठाछाप लगाई वा स्वस्तिक छापबाहेक अन्य चिन्ह वा छाप लगाई मत सङ्केत गरिएको मत बदर हुन्छ । उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरी अन्यत्र मत सङ्केत गरेमा र निर्वाचित गर्नुपर्ने सङ्ख्याभन्दा बढी उम्मेदवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरेमा पनि मत बदर हुन्छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending