Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

आज साँझबाटै मत गनिने

\"\"काठमाडाैं, ३१ वैशाख ।  सुगम जिल्लाहरुमा आइतबार रातिबाटै र दुर्गम एवं हिमाली क्षेत्रहरुमा सोमबारबाट मतगणना शुरु हुन सक्ने निर्वाचन आयोगले बताएको छ । तर कानूनले मतपेटिका संकलन भइसकेपछि स्थानीय प्रतिनिधिहरुको रोहबरमा मतगणनाको समय तोक्ने अधिकार निर्वाचन अधिकृतहरुलाई दिएको छ ।

३४ वटा जिल्लाका २८३ वटा स्थानीय तहमध्ये २ वटामा निर्विरोध रुपमा जनप्रतिनिधिहरु निर्वाचित भएका छन् । मतदान हुने २८१ वटा स्थानीय तहमध्ये सम्बन्धित तहकै कार्यलय वा निर्वाचन अधिकृतले तोकेका अन्य कार्यालयहरुमा मतगणना गर्ने योजना बनाइएको छ ।

मतपेटिका संकलन

मतदान सकिए लगत्तै स्थानीय प्रशासन र सुरक्षा निकायको सहयोगमा मतपेटिका संकलन शुरु गरिने छ । निर्वाचन आयोगका अनुसार मतदान केन्द्रबाट मतपेटिका मतगणनास्थलमा पुर्याउन अधिकांश स्थानमा ३ देखि ५ घण्टा र हिमाली एवम् दुर्गम जिल्लाहरुमा ८ देखि १२ घण्टासम्म लाग्ने अनुमान छ । आयोगका एकजना सहसचिव दीपक सुवेदीले भने, \'कर्णाली अञ्चलका केही गाउँहरु अलिकति टाढा भएकोले मतपेटिका संकलन गर्न १२ घण्टासम्म लाग्न सक्छ भन्ने विवरण पाएका छौँ, हिमाली जिल्लामा सम्भवत: भोलिपल्ट मतगणना शुरु हुनसक्छ भने पहाडी जिल्लामा पनि चार पाँच घण्टा भित्रमा सम्पूर्ण मतपेटिकाहरु मतगणनाकेन्द्र सम्म ल्याउन सकिने जानकारी आएको छ ।\" गृहमन्त्रालयले सुरक्षा संवेदनशीलता हेरेर नेपाल र सशस्त्र प्रहरी परिचालन गर्ने तयारी गरेको छ ।

मतगणना

गणना गर्नुपर्ने मत, उपलब्ध स्थान र सुरक्षा अवस्था अनुसार एकैपटक दुई वा सो भन्दा बढी मतगणना टोली परिचालन गर्ने आयोगको भनाइ छ । मतगणनामा निर्वाचन अधिकृतबाहेक एक-एकजना मतगणना अधिकारी र सुपरीवेक्षकका साथै तीनजना गणक र दलका प्रतिनिधि रहने छन् ।

निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, \"मतपेटिका संकलन भइसकेपछि परिस्थिति हेरेर निर्वाचन अधिकृतले मतगणना शुरु हुने समय निर्धारण गर्नेछन्, कुनै ठाउँमा मतदान भएकै राति र अन्यत्र भोलिपल्टसम्ममा मतगणना शुरु हुने हामीले अपेक्षा गरेका छौँ ।\" निर्वाचन आयोगले मतगणना केन्द्रको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र आवश्यक्ता अनुसार नेपाली सेनासमेत खटाउन सक्ने गरी तीन तहको सुरक्षा घेराको व्यवस्था गर्न लागिएको जनाएको छ । ५१ लाखभन्दा बढी मतदाता संख्या रहेको तीन वटा प्रदेशमा निर्वाचनको निम्ति करीब ७ हजार मतदान केन्द्र तोकिएका छन् । मतदानमा जनसहभागिताको आह्वान गर्दै प्रमुख निर्वाचन आयुक्त अयोधि प्रसाद यादवले शनिबार दिउँसो मतदाताहरुलाई सम्बोधन गर्दैछन् ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending