Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

सरकारी परिचयपत्रका आधारमा मतदान गर्न पाउने

\"\"काठमाडौं, ३० वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा आइतबार हुने मतदानअघि विभिन्न स्थानमा मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएपछि परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ । मतदाता नामावलीमा नाम भएको तर परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने आयोगले जनाएको छ । तर त्यस्तो सुविधा लिन चाहाने व्यक्तिको मतदाता नामावलीमा नाम भने अनिवार्य रुपमा हुनु पर्ने आयोगको भनाइ छ । नुवाकोट, धादिङ, दोलखा, लम्जुङ, कास्कीलगायत निर्वाचन हुने कतिपय जिल्लाका मतदान केन्द्रमा आएका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेको बताइएको छ । निकै हतारमा छापिएका मतदाता परिचयपत्रमा यस्तो समस्या देखिएपछि आयोगले आज त्यसको वैकल्पिक व्यवस्था सहितको निर्णय गरेको छ । आयोगका सचिव गोपीनाथ मैनालीले भने, यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक शुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेका छौं । तर, त्यस्तो अवसर लिनेहरुको मतदाता नामावलीमा नाम भने अनिवार्य रुपमा हुनुपर्ने आयोगले जनाएको छ । सचिव मैनालीले भने, हामीले प्राविधिक र व्यवस्थापनको पक्ष पुर्णरुपमा पुरा गरेका छौं कुनै समस्या छैन । यदि समस्या आयो भने निर्वाचन आयोगको संयन्त्र र सरकारका अंगहरु क्रियाशिल भएर लागिरहेका छन् । प्रदेश नम्बर ३,४ र ६का २ सय ८३ स्थानीय तहका करिब ७ हजार मतदान केन्द्रमा हुने पहिलो चरणको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्था पनि मिलाइसकिएको गृहमन्त्रालयले जनाएको छ । मतदान केन्द्रहरुलाई वर्गीकरण गरेर त्यसै अनुसार सुरक्षाकर्मी परिचालन गरिएको गृहमन्त्रालयका प्रवक्ता बालकृष्ण पन्थीले बताए । उनले भने, \'मतदान स्थललाई अति संवेदशिल र संवेदनशिल र सामान्य भनेर तीन किसिमले वर्गीकरण गरेका छौं । सुरक्षाको अनुपात पनि त्यहि अनुपातमा गरिएको छ, जुन व्यवस्था छ यसबाट निर्वाचन बिथोल्ने गरि कसैले पनि केहि गर्न सक्ने अवस्था छैन।\' पहिलो चरणमा संघीय संरचना अनुसारको स्थानीय तहका झण्डै १३ हजार पदका निम्ति करिब ५० हजार उम्मेदवार चुनावी मैदानमा छन् । उम्मेदवारको सुरक्षालाई पनि ध्यान दिएर सुरक्षाकर्मी परिचालन गरिएको दावी मन्त्रालयका अधिकारीहरुको छ । निर्वाचन सुरक्षाका लागि ६४ हजार सुरक्षाकर्मी खटाइएको बताइएको छ । जसमा म्यादी, सशस्त्र र नेपाल प्रहरी छन् । मतदान केन्द्रको बाह्य सुरक्षाका लागी नेपाली सेना समेत परिचालन गरिएको छ । बीबीसी
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending