Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

भक्तपुरका मतदाता भन्छन्– ‘भोट हाल्नै गाह्रो छ’

\"\"भक्तपुर, ३० वैशाख । स्थानीय तहको निर्वाचनको मतदान गर्न एक दिन बाँकी छँदा भक्तपुरका मतदाताले भने यस पटक सात ठाउँमा छाप लगाउनु पर्ने भएपछि भोट हाल्न अन्योलता भएको बताएका छ । लामो समयपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा संसदीय चुनावमा भन्दा धेरै ठाउँमा छाप लाउनुपर्ने भएपछि अन्योल सिर्जना भएको मतदाताले गुनासो गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरले चारवटै नगरपालिकाको टोलटोलमा मतदाता शिक्षा कार्यक्रम नै सञ्चालन गरेर मतदान गर्न स्वयम्सेवक पठाए पनि स्वयम्सेवकले मतदान गर्न सिकाउने भन्दा पनि मतदानको पोस्टर टाँस्न मै मात्र सीमित राखेपछि मतदातालाई भोट हाल्न अन्योल सिर्जना भएको हो । बिहीबारदेखि परिचयपत्र वितरण गर्ने मतदानस्थल मै मतदान गर्न सिकाउने भने पनि प्रभावकारी नभएपछि भोट हाल्ने दिन नजिक आए पनि मतदाता भने अन्योलमा परेका हुन् । भक्तपुर नगरपालिका–१ सल्लाघारीका रामकला श्रेष्ठले सात ठाउँमा भोट हाल्नुपर्छ भनेकाले अन्योल भएको र भोट हाल्नै नआउँला भन्ने लागेको बताइन् । चाँगुनारायण नगरपालिका–९ ताथलीका सारदा खड्काले भोटै हाल्न नआउने बताइन् । उनले भनिन्– “पहिलाजस्तो एक वा दुई ठाउँमा भोट हालेर हुँदैन रहेछ, यस पटक सात ठाउँमा भोट हाल्नुपर्ने रहेछ, फरकफरक चिह्नमा भोट हाल्नु प¥यो भने एउटालाई हालेको भोट अर्कैलाई पर्ला भन्ने डर छ ।” यसपटक मतपत्र ठूलो र आफ्नो मन परेको उम्मेदवार खोज्न असजिलो भएकाले मत कसरी राख्ने भन्ने विषयमा राम्ररी जानकारी नहुँदा आफ्नो मत बदर होला भन्ने त्रास रहेको उनले बताइन् । जिल्लाका ज्येष्ठ नागरिक र अशिक्षित मतदातालाई यसपटकको चुनावमा मतदान गर्न समस्या परेको बताएका छन् । जिल्ला निर्वाचन कार्यालय भक्तपुरका प्रमुख उमेश राईले विगतका निर्वाचनको तुलनमा यस वर्ष मत बढी बदर हुने आशङ्का भएको बताए । विगतका निर्वाचनमा भक्तपुरमा दुई प्रतिशत मत बदर भएता पनि यो पटक भने त्योभन्दा बढी सम्भावना रहेको उनको भनाइ छ ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE