Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

‘वान बेल्ट वान रोड’मा हस्ताक्षरपछि भारत र ओलीलाई तनाव

\"\"काठमाडौँ, २९ वैशाख । ‘वान बेल्ट वान रोड’ ओविओआर समझदारी पत्रमा नेपाल र चीनले हस्ताक्षर गरेका छ । एसियालाई युरोपसँग जोड्ने चीनका राष्ट्रपति शी जिनपिङको महत्वाकांक्षी ‘वान बेल्ट वान रोड’अवधारणा परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले शुक्रबार विहान हस्ताक्षर गरेका हुन् । अन्य ६४ देशसँगै जोडिँदै नेपालले चीनको यो महत्वाकांक्षी परियोजनामा हस्ताक्षर गरेसँगै दक्षिणी छिमेकी भारतको चिन्ता बढाएको छ । नेपालको यो कदम भारतका लागि चिन्ताको विषय भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बेइजिङमा १४ र १५ मे मा हुन लागेको ‘वान बेल्ट वान रोड’ ओबीओआर फोरम भन्दा पहिले नेपाले चीनको यो अवधारणामा हस्ताक्षर गरिदिएको हो । त्यस्तै प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि चिन्ता विषय बनेको छ । ओली भन्ने गर्दथे भारतीयको स्वार्थमा निर्माण भएको प्रचण्ड नेतृत्वको सरकारले केवल भारतका लागि मात्रै काम गर्दछ । तर प्रचण्ड नेतृत्वको सरकारले भारतको असहमति बावजुत पनि ओबीओआरमा हस्ताक्षर गरेको छ । दैनिक जसो भारतीय नेता विजय जोलीसँग भेटवार्ता गर्ने, खुफिया एजेन्सीका मान्छेसँगको छलफल र सरसल्लाहमा काम गर्ने उनी भने अरुलाई देख्नै नसक्ने र अरुको विषयमा राम्रो भन्नै नसक्ने व्यक्तिका रुपमा परिचित छन् । तर सरकारले ओलीको गलत प्रचारका विपरित सहज तवरले चीन सरकारले अगाडि सारेको एक क्षेत्र एक मार्गको अवधारणामा हस्ताक्षर गर्ने रणनीति अगाडि सारेको थियो, जुन आज हस्ताक्षर भएको छ । सरकारले असाध्यै सोच विचारका साथ नेपालको फाइदा र हित कसरी हुन्छ त्यसको आधारमा काम गरिरहेको छ । नेपालको भौगोलिक अवस्था र आवश्यकतालाई मध्यनजर गरेर सरकारले निर्णय गरेको छ । छिमेकी मुलुकसँगको सहकार्य एवम् समदुरीको सम्बन्धलाई सरकारले प्रमुख प्राथमिकतामा राखेको छ ।

भारतीय मिडियाः इन्डियाटाइम्सले यस्तो लेख्यो

चीनका राष्ट्रपति सि जिन पिङले अगाडि सारेको महत्वाकाक्षी योजनाबाट नेपालले के कति फाइदा लिन सक्छ, नेपालको हति कहाँनेर कसरी हुन सक्छ भन्ने विषयलाई राम्ररी मनन गरेको छ । सरकारले ओबिओर परियोजनामा हस्ताक्षर गरेपछि चीनको केरुङ हुँदै निर्माण हुने रेलमार्ग काठमाडौँ जोडिनेछ । काठमाडौँ आइपुग्ने रेलमार्ग पोखरा र लुम्बिनीसम्म पुग्नेछ । हिमाल छिचोलेर अगाडि बढ्ने रेलमार्गले नेपालको आर्थिक समृद्धि र समुन्न्तीको ढोका खोल्नेछ । केरुङ काठमाडौँ पोखरा रेलमार्ग अगाडि बढाउन चिनियाँ पक्षले नै चासो देखाएको छ । रेल विभागले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री प्रचण्डले रेल विभागका अधिकारीलाई आवश्यक ताकेता गरिसकेका छन् । ओबिओआरमा हस्ताक्षर नगर्न तथा नगराउन ओलीहरुले षड्यन्त्र गरेका थिए । उनीहरु सरकारी कर्मचारीलाई उचालेर कागजात लुकाउन लगाएको आरोप छ । परराष्ट्र मन्त्रालयका कर्मचारीले लामो समयसम्म ओबिओआरको प्रोटोकल लुकाउनुको पछाडि ओलीको नै हात रहेको स्रोतको दाबी छ । सरकारले त्यो काम अगाडि बढायो भने त जस प्रचण्डलाई जान्छ भन्ने भयले ओलीको मनमा घर गरेको थियो । तर प्रचण्ड नेतृत्वको सरकारले हस्ताक्षर गरि छाड्यो । एकातिर सरकारी कर्मचारीलाई कागजात लुकाउन लगाउने अर्कोतिर सरकार लम्पसारवादी भयो भन्दै गलत प्रचार गर्ने ओलीको दोग्ला चरित्र सतहमा आएको छ । ओबिओआरमा नेपाल सदस्य भएपछि त्यसबाट नेपालले प्राप्त गर्ने फाइदाबाट ओली प्रवृत्ति आत्तिएको छ । प्रचण्डको राजनीतिक हाइट अझ बढ्ने भयो भन्दै ओलीहरु अझै पनि त्यसलाई असफल पार्न भारतलाई गुहारिइरहेका छन् । तर हस्ताक्षर गरेपछि भारतले पनि राम्रो भनेको छैन् । ओबिओआरमा हस्ताक्षर गर्ने निर्णय मन्त्रीपरिषद्बाट भए लगत्तै ओली र भारतीय खुफिया एजेन्सीका काठमाडौँ प्रमुखबीच भेटवार्ता भएको चर्चा थियो ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending