Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

‘कांग्रेस/एमाले भष्ट्राचारमा लिप्त भएकाले जनताले मलाई जिताउँछन्’

\"\"काठमाडौं जिल्ला टोखा नगरपालिका वडा नं ५ मा माओवादी केन्द्रको तर्फबाट वडाअध्यक्ष पदका उम्मेदवार बनेका शेखर श्रेष्ठसँग गरिएको कुराकानी । तपाईंलाई जनताले भोट दिएर जिताउनुपर्ने कारण के के हुन् ? स्थानीय निकायको एजेण्डा नेकपा माओवादी केन्द्रको हो । हाम्रो पार्टीले जबसम्म जित्दैन स्थानीय निकायको कुनै पनि गतिविधिलाई स्थापित गराउन सकिँदैन । चुनाव नहुँदा कर्मचारीसँग मिलेर धेरै भ्रष्टाचार भइरहेको छ । विशेषगरि विकास निर्माणका काम गर्दा बढी मात्रामा अन्य पार्टीबाट मिलेमतोमा भ्रष्टचार भएको छ । यसबाट जनतापनि एकदमै आक्रान्त भएका छन् । यस्ता कुरामा मैले गरेको काममा विवाद देखिएको छैन् । जनताले पार्टी र व्यक्ति दुवै मन पराएको हिसावले गर्दा पनि जनताले मलाई भोट दिनेछन् भन्नेमा म पूर्ण विश्वस्त छु । चुनाव नजिँकिदै छ तपाईंको ठाउँमा कत्तिको रौनक छ ? जनताहरुमा चुनावी माहौल तातेको छ । आचारसंहिताको कारणले बाहिरि रुपमा कुनै गतिविधि नदेखिएपनि हामी जनताको घरदैलोमा जाने, जनताको सुख दुःखमा साथ दिने, र मतपत्रका कारण कसरी भोट हाल्ने भन्ने बारेमा भएको अन्योल हटाउने कुराहरुमा हामी लागेका छौं । जनताहरुमा ठूलो उत्साह देखिएको छ । चुनाव जित्ने तपाईंको सम्भावना कस्तो छ ? यो क्षेत्रमा मुख्य प्रतिष्पर्धी भनेको नेपाली कांग्रेस, एमाले र माओवादी नै हो । नेपाली कांग्रेसका उम्मेद्वारको कुरा गर्दा उहाँले विकास निर्माणको काम गर्दा केही भ्रष्टाचार भएको जनताले महसुश गरेका छन् । एमालेले नयाँ अनुहारलाई ल्याएको छ । म हरेक सामाजिक काममा लागि परिरहेको हुन्छु । सर्वदलिय प्रतिनिधिको हिसावले पनि मैले काम गरेको छु । पार्टीगत हिसाव र व्यक्तिगत हिसावले पनि धेरैको साथ पाएको छु जसले गर्दा पनि प्रतिष्पर्धामा म अगाडि नै छु । प्रतिष्पर्धामा अगाडि छु त भन्नुभयो, तपाईंका जित्ने आधार के के हुन् ? माओवादीको सरकारका पालामा लोडसेडिङ मुक्त भएको, विकास निर्माणका कामहरु तीव्र रुपमा अघि बढेको र आर्थिक वृद्धिदर पनि २० वर्ष यताकै उच्च भएको र मूल्यवृद्धि कम मएका कारण जनताले पनि राहत महशुस गरेको देखिन्छ । साथै म पार्टीको प्रतिनिधि भएको कारणले मैले यो वडामा धेरै बजेट ल्याउन सफल भएको हिसावले पनि मैले जित्छु भन्ने लाग्छ । तपाईं माओवादी केन्द्रको उम्मेद्वार भएको नाताले पार्टीले गरेको प्रतिवद्धतालाई पूरा गर्न सक्नुहुन्छ त ? घोषणापत्रमा हामीले गर्नसक्ने कुराहरु नै छ । त्यसैले म पार्टीको प्रतिवद्धता पूरा गराउन लागि पर्छु र जनताले मलाई जिताउनुहुन्छ भन्ने विश्वास पनि लिएको छु । त्यस वडाका लागि तपाईंको एजेण्डा के छन् ? हावादारी एजेण्डा ल्याउने भन्दा पनि सरल खालका कुराहरु जस्तै बाटोघाटोको व्यवस्थापन गर्ने, ढल, खानेपानी लगायतका कुराहरु लाई व्यवस्थित गर्ने, नांगा तारहरुलाई इन्सुलेसन गर्ने, हरेक घरमा खानेपानीको व्यवस्था गर्ने, शैक्षिक स्तर उन्नतीको लागि वृहत छलफल यहाँका निजि विद्यालयका व्यवस्थापनका प्रतिनिधिसँग समन्वय गरेर जाने, वेरोजगार यूवाहरुलाई आत्मनिर्भर बनाउनका लागि तालिमहरु जस्तै आइटी सम्बन्धि त्यस्तै विदेश जानु नपर्ने खालका भोकेसनल ट्रेनिङ लगायतका कुराहरुलाई अघि बढाउनेछु । त्यस्तै गृहणीहरुलाई सिपमूलक तालिम दिएर आयआर्जन गर्नसक्ने बनाउँछु । त्यस्तै दिवा सेवा दिन वृद्धाश्रम खोलेर स्वास्थ्य उपचारदेखि हरेक कुरामा सुविधासम्पन्न बनाउन म लागिपर्नेछु । सार्वजनिक जग्गाहरु जतिपनि छन् तिनलाई पार्ककको रुपमा विकास गरेर मेरो वडालाई हरियाली बस्तीको रुपमा विकास गरेर लैजानेछु । भ्रष्टाचारलाई निर्मु गर्दै सामाजिक सद्भावमा जोड दिएर यहाँ एउटा खालको आनन्दमय वातावरणमा बस्न लायक वडा बनाउन दृढ रुपमा लाग्नेछु । अन्त्यमा केहि छ ? माओवादी केन्द्रलाई विजय गराउन हुन अनुरोध गर्दछु ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending