Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

कांग्रेसका उम्मेदवार प्रहरी र अदालतको फरार सूचीमा

\"\"सुर्खेत, २८ वैशाख । सुर्खेतको एक गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार फरार अभियुक्तको सूचीमा रहेको रहस्य खुलेको छ । चिंगाड गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार मटेला–६ सुर्खेतका देवबहादुर चन्द जिल्ला अदालत सुर्खेत र जिल्ला प्रहरी कार्यालय सुर्खेतको फरार अभियुक्तको सूचीमा छन् । उनै चन्द वैशाख ३१ गते हुने पहिलो चरणको स्थानिय तह निर्वाचनमा चिगाड गाउँपालिकाको अध्यक्ष पदको चुनावी मैदानमा छन । २०३८ साल भदौ १५ गत्ते जिल्ला अदालत सुर्खेतको फैसलाले चन्दलाई चरेस मुद्धामा ३ बर्षका लागि जेल सजाए सुनाईएको थियो । अदालतले चन्दका नाममा गाँजा, चरेस काण्डमा ३ बर्षका लागि जेल सजाए सुनाएपनि उनी हालसम्म प्रहरी प्रशासनको आँखा छल्दै बसिरहेका थिए । उनीसँगै सोहि स्थानका बलबहादुर चन्दलाई पनि चरेस मुद्धामा ३ बर्षका लागि जेल सजाय सुनाईएको थियो । यहि मुद्धाका सन्दर्भमा जिल्ला अदालत सुर्खेतले साविकको मटेला गाउँ विकास समितिका नाममा २०७२ चैत्र २५ गत्ते आवश्यक विवरण खुलाई पठाउन भनि चिठी पठाएको थियो । दर्ता नं ११ र चलानी नम्बर ३४७१ रहेको सो पत्रमा भनिएको छ–निजहरुलाई कैदको सजाय भएकाले हालसम्म निजहरु फरार कायमै रहेको र पुराना फस्यौट गर्नेतर्फ कारबाहि चलिरहेको हुँदा एकीन विवरण आवश्यक परेको र निजहरु जिवित वा मृत्यु भैसकेको के छ वा वसाईसराई गएको हो होइन खुलाई पठाईदिन अनुरोध छ ।’ तर यो पत्रका बारेमा गाविसका कर्मचारीहरुलेसमेत कुनै पनि विवरण नदिएर लुकाएर राखेको खुलेको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतले पनि चन्द फरार सूचीमा रहेको जनाएको छ । चन्दको मिसिलका बारेमा जिल्ला अदालत सुर्खेतमा पटक पटक बुझ्न खोज्दा मिसिल प्राप्त हुन सकेन । अदालतका कर्मचारीहरुले मिसिल धेरै पुरानो मितिको भएका कारण कतै हराएको या नष्ट भएको हुनसक्ने भन्दै दिन पन्छीरहेका छन । जिल्ला प्रहरी कार्यालयले पनि चन्दलाई यस अघि पक्राउ गर्न पटक पटक पत्र पठाएपनि चन्दसँगको मिलेमतोमा पक्राउ गरिएको छैन् । मटेलाका स्थानियहरुका अनुसार चन्द राजनीतिमा सक्रिय हुन अगाडि चरेस र गाँजाको ओसार–पसार र विक्री वितरण गर्ने काममा सक्रिय थिए ।
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending