Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

जनताले खुवाए उम्मेदवारलाई माटोको कसम

\"\"काठमाडौँ, २७ वैशाख । कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले नगर निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिएका राजनीतिक दलका नेतालाई भ्रष्टाचार नगरी विकास निर्माणमा लाग्न माटोको कसम खुवाएका छन् । काठमाडौँ रोबस्ट क्लबले बुधबार आज भद्रवासमा आयोजना गरेको उम्मेदवारसँग परिचयात्मक एवम् अन्तक्र्रिया कार्यक्रममा स्थानीयवासीले दलका नेताहरु चुनावमा मत माग्न आउँदा सबै काम गर्छौं भनी वाचा गर्ने तर जितिसकेपछि प्रतिबद्धता बिर्सिएर व्यक्तिगत स्वार्थपूर्तिमा लाग्ने गरेको गुनासो गरेका थिए । स्थानीय श्रीराम सापकोटाले दलका नेताहरुले भ्रष्टाचार र कुशासन रोक्न नसक्दा स्थानीय तहसम्म संस्थागत बनेको बताए । नेताको प्रभावका कारण सामुदायिक विद्यालयका शिक्षकहरुले जागिर खान विद्यालय जाने तर आफ्ना बालबालिकालाई निजी विद्यालयमा पढाउने गर्दा सामुदायिक विद्यालयको गुणस्तर खस्किएकोमा स्थानीयवासीले नेताहरुको आलोचना गरेका थिए । शिक्षक राजनीतिक दलमा क्रियाशील भएकैले जे गरे पनि कारबाही नहुने गर्दा भद्रवासको आदर्श उच्च माध्यमिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै गएको स्थानीय ताराशरण कालिकाले बताए । विद्यालय एउटा दलको पार्टी कार्यालय बनेको उहाँको भनाइ थियो । सो अवसरमा नेकपा माओवादी केन्द्रका कागेश्वरी मनोहरा नगरपालिका प्रमुखका उम्मेदवार महेश्वर फुयाँल, राष्ट्रिय जनमोर्चाका नगर प्रमुख उम्मेदवार राजेन्द्र पुडासैनी, नेपाली काँग्रेसबाट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षका उम्मेदवार हरिशरण ढकाल, नेकपा एमालेका ३ नम्बर वडा अध्यक्षका उम्मेदवार राममणि पुडासैनी, जनमोर्चाका ४ नम्बर वडा अध्यक्षका उम्मेदवार सङ्गम नगरकोटीलगायतले माटो हातमा लिएर जन भावना विपरीतका काम नगर्ने र विकास निर्माणका काममा ध्यान दिने कसम खाए । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE