Khabar Dabali १६ असार २०८३ मंगलवार | 30th June, 2026 Tue
Investment bank

सुनसरी ४ का मतदाताको माग: बाढी नियन्त्रणदेखी जङ्गली जनावर आतङ्क नियन्त्रणसम्म

खबरडबली संवाददाता

इनरुवा। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ का मतदाताहरुले दशकौंदेखि सुनसरी खोलाको बाढी, कोशी बाढी प्रभावित र सडक सञ्जाल, कोशी टप्पुबाट निस्कने जङ्गली जनावरको आतङ्क नियन्त्रण गर्न उम्मेदबारहरुसँग माग गरेका छन् । 

नेकपा एमालेका उम्मेदवार जगदीश प्रसाद कुसियैतलाई भोक्राहा नरसिंह गाउँपालिका ५ टपराका स्थानीयहरुले गाउँमा बोलाएर वर्षेनी हैरान गर्ने र दुख दिने सुनसरी खोला तटबन्ध निर्माण, बाढी नियन्त्रण र युवालाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न के योजना रहेको प्रश्न गर्दै आफूहरुको समस्या सामाधानको ग्यारेटीको माग गरेका छन् । कुसियैतलाई स्थानीयहरुले घोषणा पत्र र प्रतिबद्धता पत्र समेत देखाउन माग गर्दै आफूहरुको माग र मुद्धा समावेश गर्न आग्रह गरेको स्थानीय मतदाता सतार मंसुरीले बतारे।

कोशी गाउँपालिका ३ मा नेपाली काग्रेंसका उम्मेदबार ज्ञानेन्द्र बहादुर कार्कीलाई स्थानीयहरुले सुनसरी ४ को पर्यटकिय क्षेत्र समेत रहेको कोशी टप्पुको विकास र पर्यटन आक्रर्षण गर्ने, कोशी तटबन्ध सुरक्षा, बाढी नियन्त्रणदेखी टप्पुको जंगली जनावर आतंक नियन्त्रणसम्ममा ध्यान दिन आग्रह गरेका छन् । 

बराहक्षेत्र नगरपालिका ६ मा राष्टिय स्वतन्त्र पार्टीका उम्मेदबार दिवक साहलाई स्थानीय मतदाताहरुले श्रीलंका टाप्पुमा पुलको व्यवस्था, कोशीको बीचमा रहेको श्रीलंका टाप्पुमा पर्ने बराहक्षेत्रको ६ र ९ नम्बर वडाको केही भाग रहेकाले सबै भागलाई मिलाएर श्रीलंका टाप्पुलाई एउटा सिंगो वडा बनाउन, कम्तिमा कक्षा १२ सम्म पढाई हुने विद्यालयको व्यवस्था र भ्रष्टाचार मुक्त क्षेत्र बनाउन मतदाताहरुले सुझाव दिएका छन् । स्थानीय पवन रौनीयारले उम्मेदबार साहलाई कोशीको समस्या सामाधान गर्न पुलको व्यवस्था, विद्यालय र अस्पतालसम्मको व्यवस्था गर्ने ठोस घोषणा पत्र र प्रतिवद्धता लिएर आउन आग्रह गरे।  

कोशी गाउँपालिका ७ हरिपुरमा जनता समाजवादी पार्टी नेपालका उम्मेदबार सविता यादवलाई स्थानीय मतदाताहरुले सुकुम्बासी समस्या सामाधान गर्ने आधार के रहेको प्रश्न गर्दै आफूहरुको लागपुर्जा पाउने वतावरण, सुलभ स्वास्थ्य र शिक्षा व्यवस्था गर्ने ठोस घोषणा पत्र र प्रतिवद्धता लिएर आउन आग्रह गरेका छन् । स्थानीय मतदाता सुधिर सदाले उम्मेदबार यादवलाई भोट माग्न मात्रै नभई देखिने र गर्न सक्ने काम, योजना र खाका लिएर आउन आग्रह गरे । 

एकै खाले शिक्षाको व्यवस्था गर्ने, अकालमा ज्यान कसैको नजाने गरी स्वदेशमै स्वास्थ्य उपचारको ग्यारेण्टी सहितको ठोस घोषणापत्र र प्रतिवद्धता पत्र लिएर आउन आग्रह गरे। यस क्षेत्रमा तीन नगरपालिका र तीन गाउँपालिकाका ३२ वटा वडाहरु रहेका छन् ।

यहाँबाट जिल्लामै सबै भन्दा बढी ३४ जना उम्मेदबार चुनावी मैदानमा रहेका छन् । यहाँ एक लाख ३७ हजार ३४० मतदाता रहेका छन् । यस क्षेत्रमा ४२ स्थानमा १५० वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गृहमन्त्री र गृहसचिवको सवारीबाट कालो सिसा हटाइयो

काठमाडौं। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गृहमन्त्री सुधन गुरुङ र गृहसचिव राजकुमार श्रेष्ठको सरकारी सवारीमा जडान गरिएको कालो सिसा हटाएको छ।...

विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं। सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेलको तीन दिन म्याद थप ...

क्याम्पसबाट दलीय विद्यार्थी संगठनका संरचना हटाउन त्रिविको निर्देशन

काठमाडौं। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आफ्ना आंगिक क्याम्पसहरूलाई दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन दिएको छ। त्रिविको विद्यार्थी क...

राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत

काठमाडौँ। राष्ट्रिय सभाको बैठकले ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर...

नयाँ कर नीति दीर्घकालीन आर्थिक हित र औपचारिकीकरणमा केन्द्रित छ: अर्थमन्त्री वाग्ले

काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले अवलम्बन गरेका नयाँ कर नीति र बजेटका प्रावधानहरू मुलुकको दीर्घकालीन आर्थिक हित र अर्थतन्त्रको औपचार...

सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमा र जनताको सुरक्षा हो : भीम रावल

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता डा.भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको सुरक्षा रहेको बताएको छन् । सोमबार काठ...

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं। कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी परिसर ...

नेपालको हवाई क्षेत्रमा सरकार आफैँले केही गरिहाल्न सक्ने अवस्था छैन: पर्यटनमन्त्री पौडेल

काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई उद्योगको क्षेत्रमा सरकारले तत्काल ठूलो लगानी गर्न सक्ने अवस्था नरहेको ...

किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्छ : सभापति चौधरी

काठमाडौँ। प्रतिनिधिसभाअन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीले किसानका समस्या समाधानलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर...

लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय स्वायत्तता र थप स्रोतसाधन आवश्यक: महालेखा परीक्षक राया

काठमाडौँ। महालेखा महालेखा परीक्षक तोयम रायाले लेखापरीक्षणको गुणस्तर सुधार गर्न वित्तीय तथा सङ्गठनात्मक स्वायत्तता अपरिहार्य रहेको बताएको छन्।  सोमब...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending