Khabar Dabali १८ चैत्र २०८२ बुधबार | 1st April, 2026 Wed

स्वयम्भूमा बुद्धजयन्तीको उपलक्ष्यमा बुद्ध पूजा

\"\"काठमाडौँ, २७ वैशाख । स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले स्वयम्भूमा २५६१औँ बुद्धजयन्तीको उपलक्ष्यमा आज विशेष बुद्ध पूजा सुरु गरेको छ । महासमितिले प्रत्येक वर्ष बुद्धजयन्तीका दिन उक्त स्थानमा बुद्धाचार्य समाजको सहयोगमा विधिविधानपूर्वक बुद्धपूजा गर्ने गर्दछ । त्यस क्षेत्रमा आज साँझसम्म करिब एक लाख भक्तजनले दर्शन गर्ने महासमितिले जनाएको छ । उक्त स्थानमा काठमाडौँ तथा त्यसवरपर क्षेत्रबाट भक्तजनको भीड लागेको छ । स्वयम्भूमा रङ्गरोङ्गन तथा सरसफाइसमेत गरिएको छ । विभिन्न सङ्घसंस्थाको सहयोगमा निःशुल्क पानी वितरण, खिर भोजनसमेत गराइएको छ । महासमितिका अध्यक्ष सर्वज्ञरत्न तुलाधर, उपाध्यक्ष ज्ञानु लामा, कोषाध्यक्ष पुण्यसागर लामालगायतका पदाधिकारी त्यहाँ आउने भक्तजनको सुविधाका लागि स्वयम्सेवकका रुपमा खटिनुभएको छ । आकस्मिक घटना घट्न सक्ने सम्भावनालाई दृष्टिगत गरी एम्बुलेन्स तैनाथ अवस्थामा राखिएको छ । नकःमि समाज सेवा पूचःले शान्तिपोखरी नजिकै रक्तदान कार्यक्रमको आयोजना गरेको छ । सो पूचःका उपाध्यक्ष चन्द्रलाल नकर्मीले रगतको अभाव रहेको समाचार सुन्नमा आएकाले आजको दिन पारी सो कार्यक्रम गरिएको जानकारी दिए । महासमितिले शान्तिका उपदेश तथा नैतिक शिक्षालाई फैलाउने उद्देश्यले आजको दिन विभिन्न कार्यक्रम सञ्चालन गर्ने समेत जनाएको छ । सोही सन्दर्भमा आजका दिन पर्यटकलाई उक्त सम्पदास्थलमा निःशुल्क दर्शनको व्यवस्था गरिएको जनाइएको छ भने आज साँझ दीपावली गर्ने कार्यक्रम छ । रासस
dabali*

dabali*

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

महिला र पुरुषको वक्षस्थलबारे २२ तथ्य

एजेन्सी। महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन्। प्राय पुरूषहरूको आँखा महिलाको स्तनमा पर्ने गर्छ। वक्षस्थल महिलाको सौन्दर्यको एक अभिन्न अंग हो। ...

एनआरएनए कुबेतका अध्यक्षद्वारा पत्रकार महासंघका अध्यक्षमाथि सांघातिक हमला

कुवेत । लामो समयदेखि कुवेतमा रहि मानव बेचबिखनमा भुमिगत रुपमा संलग्न रहेको अारोप लाग्दै अाएका एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङले नेपाल पत्रकार महास...

प्रधानमन्त्रीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडौं । आज बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक भोलि बिहीबार बिहान ९ बजे बस्ने भएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज साँझ बस्ने भनिएको ब...

अाइसीसी विश्व क्रिकेट लिग : नेपाल एक विकेटले विजयी, विश्वकप छनाैट खेल्ने

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गतको अन्तिम खेलमा नेपाल विजयी भएको छ । क्यानडाले दिएको १९५ रनको ...

एमाले-माअोवादी एकता संयोजन समितिको बैठक सकियो

काठमाडौं । पार्टी एकताका विषयमा निर्णय गर्ने भन्दै बुधबार बसेको एमाले–माओवादी एकता संयोजन समितिको बैठक सकिएको छ । बैठकले पार्टी एकताका विषयमा सकारात्म...

नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप, १९ घाइते

[caption id=\"attachment_51409\" align=\"alignleft\" width=\"750\"] फाइल फोटो[/caption] रौतहट । वृन्दावन नगरपालिकाको केन्द्र सार्ने विषयमा झडप हुँद...

दक्षिण कोरियामा दश लाख बेरोजगार

सोल । दक्षिण कोरियामा यस जनवरीको एक तथ्याङ्क अनुसार बेरोजगारको सङ्ख्या १० लाख पुगेको छ । यस बेरोजगारको सङ्ख्या ३.७ प्रतिशत सरकारी प्रतिवेदनले देखाए...

पत्रकार माया पकुवालको उपचारको लागि नेपाल पत्रकार महासंघ युएईको आर्थिक सहयोग

युएई । नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य एवम् भद्रपुरबाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक पत्रकार माया पकुवालको मिर्गौला प्रत्यारोपण गर्न नेपाल ...

रेडपाण्डाको छालासहित दुई पक्राउ

दाङ । इलाका प्रहरी कार्यालय तुलसीपुरले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित दुई जनालाई पक्राउ गरेको छ । सल्यानको त्रिवेणी गाउँपालिका–३ टोड्के निवा...

गैंडाकोट बन्यो चाैथो चितवन च्याम्पियनसिप फुटबलको विजेता

चितवन । गैडाकोट फुटबल क्लब चितवनमा जारी चौथो चितवन च्याम्पियनसिप कप फुटबल प्रतियोगिता को विजेता बनेको छ । बुधबार भरतपुर स्थित प्रहरी तालीमकेन्द्रको खे...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending