Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

मतगणना जेठ १ गतेबाट

\"\"काठमाडौं, २६ वैशाख । निर्वाचन आयोगले ३१ वैशाखमा हुने स्थानीय तह निर्वाचनको मतगणना १ जेठबाट सुरु गर्ने तयारी गरेको छ । मतदान सम्पन्न भएको दिन बेलुकासम्म जिल्ला निर्वाचन कार्यालयमा मतपेटिका ल्याई १ जेठबाट गणना सुरु गर्ने आयोगले जनाएको छ। दुर्गम क्षेत्रका मतपेटिका आउन समय लाग्ने भएकाले हेलिकोप्टरमार्फत छिटोभन्दा छिटो ल्याएर गणना गर्ने तयारी भइरहेको छ । आजको नयाँ पत्रिकामा खबर छ–स्थानीय तह निर्वाचन ऐनमा तत्काल मतगणना गर्नुपर्ने व्यवस्था भएकाले १ जेठबाटै गणना सुरु गरिने आयोगका सचिव गोपीनाथ मैनालीले बताए । उनका अनुसार मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकेपछि कार्यतालिका प्रकाशित गरी गणना सुरु गर्ने गरी काम भइरहेको छ । स्थानीय तह निर्वाचन ऐनको मतगणनाको व्यवस्थाअनुसार मतदान भएका सबै मतपेटिका बुझिसकेपछि मतगणना सुरु गर्नुपर्नेछ । मतगणना गर्ने स्थान तोकी निर्वाचन अधिकृतले सूचना प्रकाशन गर्नुपर्नेछ । ‘स्थानीय तहको कुनै पदको निर्वाचनका लागि मतदान गर्न निर्धारित सबै मतदान केन्द्रमा मतदानको लागि प्रयोग गरिएका सबै मतपेटिका प्राप्त गरिसकेपछि निर्वाचन अधिकृतले मतगणना गर्ने मिति र समय तोकी उम्मेदवारको जानकारीका लागि सूचना प्रकाशन गर्नु पर्नेछ’ ऐनमा उल्लेख छ । कहाँ कहाँ हुन्छ मतगणना ? निर्वाचन आयोगका अनुसार ३४ जिल्लाका २८३ स्थानीय तहमा मतगणना हुनेछ । निर्वाचन अधिकृत रहेको कार्यालयमा मतपेटिका जम्मा गरेपछि मतगणना सुरु गरिनेछ । त्यसका लागि मुख्य निर्वाचन अधिकृतले कार्यतालिकासहितको सूचना जारी गर्नेछ । त्यसपछि २८३ स्थानीय तहको निर्वाचन अधिकृतको कार्यालयमा मतगणना हुनेछ । अधिकांश पुरुष उम्मेदवार २८३ स्थानीय तहको निर्वाचनममा उम्मेदवारी दिएका ४९ हजार ३३७ मध्ये १९ हजार ३३२ महिला उम्मेदवार छन् । आयोगले तयार गरेको अन्तिम तथ्यांकअनुसार कुल उम्मेदवारमध्ये पुरुष ६०।८२ प्रतिशत र महिला ३९।१८४ प्रतिशत छन् । आयोगका अनुसार नगरपालिका प्रमुख तथा गाउँपालिकाको अध्यक्षमा पुरुष एक हजार ७२३ जना र महिला १५७ जना रहेका छन् । त्यसैगरी, नगर उपप्रमुख तथा उपाध्यक्षमा पुरुष २५७ र महिला एक हजार १२७ उम्मेदवार छन् । त्यसैगरी, वडाध्यक्षमा १० हजार २९६ पुरुष र महिला ४४८ जना रहेका छन् । यस्तै, वडा सदस्य दुईजनाका लागि पुरुष १७ हजार ७२९, महिला ९५१, महिला वडा सदस्य नौ हजार ८३ जना र दलित महिला वडा सदस्यमा सात हजार ५२६ जनाको उम्मेदवारी कायम रहेको छ ।   सामान्य विषय समेटेर १५ जेठमैं बजेट संवैधानिक व्यवस्थाअनुसार १५ जेठमा बजेट ल्याउन सत्तारुढ कांग्रेस र माओवादी केन्द्रबीच सहमति भएको छ । नयाँ कार्यक्रम नसमेटेर आउने त्यस्तो बजेटमा प्रतिपक्षी एमाले पनि सकारात्मक रहेको दाबी माओवादी प्रवक्ता पम्फा भुसालले गरिन् । ‘सामान्य नीतिगत कुराहरू मात्र समेटेर बजेट ल्याउने कुरा भएको छ,’ भुसालले भनिन्, ‘संविधानको व्यवस्थाअनुसार बजेट १५ जेठमै आउँछ, तर बजेटमा सामान्य नीतिगत पक्ष मात्र समेटिन्छन्, नयाँ कार्यक्रम आउँदैनन् ।’ कांग्रेस नेता गोपालमान श्रेष्ठले पनि बजेट १५ जेठमै आउने बताए । ‘एमाले संविधान संशोधनमा सहमतिमा आए मात्र बजेट सार्न सकिन्छ,’ उनले भने । सामान्य नीतिगत पक्षलाई मात्र समेटेर बजेट ल्याउने भएपछि दोस्रो चरणको निर्वाचन ३१ जेठमै हुने लगभग पक्का भएको छ । तर, निर्वाचनअघि संविधान संशोधन गर्नुपर्ने विषय पनि दलहरूका लागि चुनौती छ । दोस्रो चरणको निर्वाचनअघि नै संविधान संशोधन गर्नुपर्ने मधेसी दलहरूको माग छ । के भन्छन् दलहरू ? मतदानलगत्तै गणना ‘आयोगले दोस्रो चरणको निर्वाचनसम्म मतगणना रोक्न हुन्न भनेको छ । लामो समय मतपेटिका सुरक्षित गर्नेदेखि निर्वाचन अधिकृतलाई सँगै राख्ने अवस्था पनि व्यावहारिक हुँदैन । प्रमुख दलबीचको छलफल निर्वाचनलगत्तै गणना गर्ने सहमतिनजिक छ ।’ (सुरेन्द्र कार्की, सञ्चारमन्त्री सम्भव भए त्यही राति गन्नुपर्छ ‘यो संसद्को चुनाव होइन । भोट खसेपछि धेरै दिन राख्नुहुँदैन । हजारौँ उम्मेदवार र भोटरले पनि महिनौँ कुर्नुपर्छ भन्ने पक्ष व्यावहारिक हुन्न । ३१ वैशाखमा चुनाव भएपछि सम्भव भए त्यही रातिबाट नभए १ जेठमा मतगणना हुन्छ ।’ – गोपालमान श्रेष्ठ, कांग्रेस नेता हामीलाई मान्य छैन ‘मतदानलगत्तै मतगणना गर्ने निर्वाचन आयोगको एकपक्षीय तयारी हामीलाई मान्य छैन । यसले निर्वाचनको निष्पक्षतामाथि गम्भीर प्रश्न उठाउँछ । आयोगले अहिले जे गरिरहेको छ, यसले निर्वाचन आचारसंहिता र विश्वव्यापी मान्यता उल्लंघन गर्छ ।’ (योगेश भट्टराई, एमाले सचिव
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE