Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

को–को कहाँ–कहाँ भए निर्विरोध निर्वाचित (सूचीसहित)

\"\"काठमाडौं, २६ वैशाख । पहिलो चरणको स्थानिय तहको निर्वाचन हुन छ दिन बाँकी हुँदा देशका विभिन्न ठाउँमा वडा अध्यक्ष सहित तीन सय १६ पदमा र्निविरोध निर्वाचित भएका छन् । मनाङ नारफु गाउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका मिङमार छिरिङ लामा विजयी हुनु भएको छ । आजको अन्नपुर्ण  पोष्ट  दैनिकमा खबर छ–निर्वाचन आयोगले दिएको जानकारी अनुसार गाउँपालिका प्रमुखमा दुई र गाउँपालिका उपप्रमुखमा दुई, वडा अध्यक्षमा दुई महिला सहित ५४ सदस्य, खुल्ला तर्फ महिला पाँचसहित एक सय १६ स्थानमा विजयी भएका छन् । महिला सदस्य पदमा ६३ स्थानमा विजयी भएका छन् । त्यस्तै दलित महिला सदस्य ७७ स्थानमा विजयी बनेका छन् । जसमा नेपाली कांग्रेसबाट ९४ स्थानमा, एमालेले एक सय ४२ स्थानमा, माओवादी केन्द्रले ३६ स्थानमा, नेमकिपा दुई, राप्रपा पाँच, नयाँ शक्ति एक, स्वतन्त्र ३२, परिवार दल एक र खुल्न नसकेको तीन स्थानमा छन् । वडा अध्यक्षमा २० स्थानमा विजयी भएको छ । त्यस्त वडा अध्यक्षमै स्वतन्त्रबाट छ, एमाले र माओवादी केन्द्रले दुईरदुई स्थानमा विजयी भएका हुन् । वडा अध्यक्ष हात पार्ने भाग्यमानीहरू वडा अध्यक्षमा विजयी हुनेमा स्वतन्त्र उम्मेदवारका तर्फबाट मनाङ नेस्याङ ३ कृष्ण लामा, मनाङ नेस्याङ रिन्जेन दोर्जे गुरूङ, मनाङ नारफु ४ छिरिङ डेन्डो घले, मनाङ नारफु ५ बाट सोनाम तेजे लामा, मनाङ चामे १ बाट आशिप गुरूङ, मनाङ चामे २ बाट भीम बहादुर गुरूङ छन् । त्यस्तै मनाङ नारफुबाट १ नेपाली कांग्रेसबाट रितार छिपेल लामा, नारफु ३ बाट नेपाली कांग्रेसका साङगी धावा लामा विजयी हुनु भएको छ । नेपाली कांग्रेस पार्टीबाट मनाङ नाशोङ ६ मा ङिमा ओङग्याल पुनेल, मनाङ नाशंङ ७ धन बहादुर गुरूङ, मनाङ नाशोङ ८ छुपजंग गुरूङ विजयी बन्नु भएको छ । मुस्ताङको दालोमे गाउँपालिकाका वडाहरूमा नेकपा एमालेबाट धुन्तु ठकुरी र नेपाली कांग्रेसबाट सिम्तेन दवा गुरूङ विजयी हुनु भएको छ। मुस्ताकै दालोमे गाउँपालिकामा नेपाली कांङग्रेसका छेटुक गुरूङ, मुस्ताङको घरपझीङ गाउपालिकामा नेपाली कांग्रेस पार्टीबाटै याम प्रसाद थकाली र विरेन्द्र थकाली वडा अध्यक्ष पदमा विजयी हुनु भएको छ । त्यस्तै मुस्ताङ घरपझोङ गाउपालिकामा नेकपा एमालेका आइत प्रसाद थकाली, मेहन्द्र प्रसाद थकाली विजयी भएका छन् । म्यादी रगुगंगागा गाउपालिका ४ मा नेपाली कांग्रेसबाट रूक बहादुर गर्जुजा, गोरखा चुमनुब्री गाउपालिका १ बाट नेपाली कांग्रेसका बिर बहादुर लामा, गोखा चुमनुब्री गाउँपालिका २ बाट नेपाली कांग्रेसका पेम्पा रेटा निर्वाचित हुनु भएको छ। त्यस्तै चुमनुब्री गाउपालिका ५ बाट नेपाली कांग्रेसका सोनाम ध्याल्जेन गुरूङ र्निविरोध निर्वाचित भएका छन् । त्यस्तै गोखा चुमनुब्री गाउपालिका ५ मा नेपाली कांग्रेसबाट सोनाम ध्याल्जेन गुरूङ विजयी भएका छन् । बाग्लुङ जिल्लाको तमान खोला गाउपालिकामा नेपाली कांग्रेसका कुल बहादुर छन्त्याल र्निविरोध निर्वाचित भएका छन् । कालिकोट पताला गाउपालिका ४ मा नेकपा माओवादी केन्द्रबाट ऐन राज महतरा विजयी भएका छन् । त्यस्तै मुगुकै छायानाथ रारा नपा बडा नं ९ मा नेकपा माओवादी केन्द्रका मणिन्द्र रोकाया विजयी हुनु भएको छ । मुगु जिल्लाकै मुगुम कार्मारोग गाउँपालिकामा नेपाली कांग्रेसबाट कर्मा फन्जोक तामाङ विजयी भएका छन् । एक जना मात्रै उम्मेदवार रहेकाले उनी र्निविरोध निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । \"\" \"\" \"\" \"\" \"\" \"\" \"\" \"\"  
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE