Khabar Dabali २७ माघ २०८२ सोमबार | 9th February, 2026 Mon
Investment bank

कहाँ–कहाँ बन्दैछ उपत्यकामा नयाँ सहर

\"\"काठमाडौँ, २६ वैशाख । काठमाडौँ उपत्यका भौतिक विकास समितिले काठमाडौँ उपत्यकाका चार दिशामा चार नयाँ स्मार्ट सहर निर्माण गर्ने निर्णय गरेको छ । यस निर्णयलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अनुमोदन गरेको छ । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीको अध्यक्षतामा आइतबार बसेको समितिको बैठकले उपत्यकाभित्र नयाँ नगरको भौतिक विकास योजना कार्यान्वयन गर्न चारै दिशामा भौतिक परिवर्तन र जग्गा ट्ुक्राउन नपाउने रोक लगाउने निर्णय गरेको छ । यस्तो रोक तीन वर्षका लागि लगाइएको सहरी विकास मन्त्रालयका प्रवक्ता रमेशप्रसाद सिंहले जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ–बैठकले काठमाडौंँको पूर्व–उत्तरमा करिब एक लाख रोपनी क्षेत्रफलमा नयाँ सहरका लागि भौतिक पूर्वाधार विकास तथा व्यवस्था गर्ने निर्णय गरेको छ । योजनाअनुसार पूर्वमा भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भञ्ज्याङसम्म पर्छ भने पश्चिममा जोरपाटी किक्रेट स्टेडियम, मूलपानी गोठाटार हुँदै मनोहरा पुल, भक्तपुर जाने पुरानो बाटोलाई समेट्ने गरी योजना बनाइएको छ । त्यस्तै उत्तरमा साँखु र साँखु जाने मूल सडक तथा दक्षिणमा भक्तपुर पुरानो बाटोमा पर्ने हाल भएका आयोजना बाहेकका क्षेत्रहरू पर्ने बताइएको छ । ती जग्गा एकीकरण आयोजनाको लागत प्रतिहेक्टर दुई करोड रुपियाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । उक्त आयोजनाबाट १० लाख जनता लाभान्वित हुने र १० वर्ष समय लाग्ने अनुमान समितिको छ । त्यसका लागि सार्वजनिक क्षेत्रबाट एक खर्ब रुपियाँ र निजी क्षेत्रबाट चार खर्ब रुपियाँ पाँच वर्षमा लगानी हुने प्रारम्भिक अनुमान छ । बैठकले जग्गा एकीकरणको माध्यमबाट निजी जग्गाधनी समेतको संलग्नतामा सहरको संरचना बनाइने मन्त्रालयले जनाएको छ । यसका लागि अन्तरष्ट्रिय स्टेट अफ आर्ट सहर निर्माण गर्न सम्बन्धित विज्ञको परामर्श लिइने निर्णय पनि बैठकले गरेको प्रवक्ता सिंहले बताए । त्यस्तै काठमाडौँको पूर्वदक्षिणमा कटुन्जे, गुण्डु, दधिकोट, सिरुटार, बालकोटभित्रको जग्गा, पूर्वमा अरनिको राजर्मागका सूर्यविनायक मन्दिरभन्दा तलपट्टिका जग्गा, पश्चिममा खहरे खोला, बालकोट बिरुवा सडक, पानी ट्याङ्की बालकोट अमरनगर हुँदै थिमि र उत्तरमा अरनिको राजमार्गको सीमा क्षेत्रलाई समेटी योजना अगाडि सारिएको छ । समितिले प्रस्ताव गरेको दक्षिण पश्चिम दिशाको नगरका लागि साबिकको खोकना–१ देखि ८ वडा, बुङ्मतीको १ नम्बर बडाको भैँसेपाटी, छम्पी जाने मुख्य बाटोबाट बस्ती तर्फ २, ३, ४, ५ र ६ नम्बर वडा र गाविसका सबै जग्गालाई समेट्ने समितिको योजना छ । उक्त दिशामा पूर्वको छयासीकोटदेखि साबिक सैँबु गाविसको सिमाना हुँदै फर्सिडोल, बागमती नदीको झोलु्ङे पुलसम्म, पश्चिममा बाग्मती नदी सिमाना, उत्तरमा सैँबुको सिमानालाई समेटेर नयाँ नगरको भौतिक विकास योजना तर्जुमा गरिने योजना बनाइएको छ । समितिको बैठकले उत्तर दिशामा पनि दश हजार रोपनी क्षेत्रफलमा नयाँ नगर निर्माणका लागि आवश्यक भौतिक पूर्वाधारको व्यवस्था गरिने निर्णय गरेको छ । उक्त दिशाका लागि पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपास, पश्चिममा बाइपास जाने मूलसडक, उत्तरमा मालुङ हुँदै काभ्रेस्थलीलाई समेटेको छ । त्यस्तै दक्षिणमा ग्रीनल्यान्ड चोकदेखि मनोरथ हुँदै महादेव खोला काभ्रेस्थलीको मूल सडक पुलसम्मका क्षेत्रफललाई लिइने योजना समितिले बनाएको छ । त्यसका लागि १० अर्ब रुपियाँ सार्वजनिक क्षेत्रबाट र ४० अर्ब रुपियाँ निजी क्षेत्रबाट पाँच वर्षभित्र लगानी ह्ुने प्रारम्भिक अनुमान गरिएको छ । यसमध्ये पूर्व उत्तरको नयाँ नगर पहिलो प्राथमिकतामा रहेकोले तत्काल आवश्यक कार्य अगाडि बढाउन मन्त्री केसीले निर्देशन दिएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE