Ntc summer Offer
Khabar Dabali २३ बैशाख २०८१ आईतवार | 5th May, 2024 Sun
NIMB

माडी नगरपालिका नगर उप–प्रमुखको उम्मेदवारमा सञ्चारकर्मी अपेक्षा

\"\"चितवन, २४ बैशाख । चितवनको माडी उपत्यकाभित्र बग्ने रीउ र मगोई खोलाको दोभान नजिक बगरमा बसेको एउटा बस्ती थियो -पौहारी । चितवन राष्ट्रिय निकुञ्जको छेवैमा रहेका ३७ घरधुरीमा बसोबास गर्दै आएका बोटे, थारु र दलित समुदायका १६८ जनामध्ये एक थिइन सरिता महतो ‘अपेक्षा’ । विगत पाँच बर्षदेखि रेडियो माडीको सञ्चारकर्मीका रुपमा सक्रिय उनलाई नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय निर्वाचनका लागि माडी नगरपालिकाको नगर उप–प्रमुखको उम्मेदवार खडा गरेपछि अहिले उनको चर्चा चुलिएको छ । [caption id=\"attachment_130516\" align=\"alignleft\" width=\"400\"]\"\" सरिता महतो ‘अपेक्षा’[/caption] संयुक्त परिवारमा जन्मिएकी उनको बाल्यकाल हजुरबुवा अनि हजुरआमासंगै रीउखोलामा माछा मार्दै अनि जंगलछेउ न्युरो टिप्दै बितेको थियो । गैंडाकोटमा रहेको भृकुटी कागज कारखानालाई आवश्यक पर्ने कच्चा पदार्थका रुपमा बगरछेउको ऐलानी जमिनमा काँसघारी रेखदेख गर्ने उनको परिवारमा बिहान खाए साँझ के खाने भन्ने पीरले कहिल्यै छाडेन । हरेक बर्ष रीउ अनि मगोइमा आउने बाढी र हरेक रात चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जंगली जनावरहरुबाट निरन्तर पीडित भइरहेको उनको परिवार २०६७ साल भदौ ८ गते आएको बाढीका कारण छिन्नभिन्न हुन पुग्यो । पौहारी गाउँ पूर्णत बिस्थापित हुँदा उनको परिवार र आफन्तहरु बसन्तपुर लगायतका ठाउँमा रहेका बाढीपिडीत शिविरहरुमा बस्न थालेकोमा अहिलेसम्म पुनस्र्थापित हुन सकेका छैनन् । अहिले तीनै बाढीपीडित, भूमिहीन, बिपन्न र निमुखाबर्गको प्रतिनिधित्व गर्दै २५ बर्षिया उनी माडीका घरघरमा भोट माग्दैछिन् । बिपन्न थारु किसान परिवारमा जन्मिएकी सरिता महतो ‘अपेक्षा’लाई भोक, शोक, सम्झौता अनि अभाव के हो, राम्ररी थाहा छ । निम्न माध्यमिक तहको अध्ययन भैरवपुर नि.मा.वि. र माध्यमिक तहको अध्ययन शोमेश्वर उच्च मा.वि.मार्फत पुरा गरेकी उनले उच्च तहको अध्ययन माडी क्याम्पसबाट अगाडि बढाएकी हुन् । पौहारीबाट स्कुल पढ्नका लागि भैरवपुर गाउँ अनि बरुवा बजार आउँदा बाटोमा रहेका खोलामा बगेको र हिलोमा चिप्लिँदै लडेको घटनाहरु तथा कहिले नुनसंग भात खाई त कहिले भोकै स्कुल गएका दिनहरु उनको दिमागमा ताजै छन् । कपीकिताब र स्कुलमा बुझाउनुपर्ने रकमको अभावका बिच राम्रो अंकसहित शैक्षिक उपलब्धी हासिल गरेकी उनी सम्झन्छिन्, “आर्थिक अभावले आफ्नो पहिलो रोजाइको बिषय नर्सिङ्ग पढ्न सकिनँ । कक्षा ११ को परीक्षा फर्म भर्न समयमै पैसा नजुट्दा ढीलोगरी हेटौंडा पुगेर कागजात बुझाई परीक्षामा सहभागी भएकी थिएँ । मैले भोगिरहेका यस्ता समस्याहरु अबको पुस्ताले भोग्नु नपरोस भनी म संधै योजना बनाइरहन्थें । यतिखेर मसंग आफूजस्तै विपन्न विद्यार्थीहरुलाई सहयोग गर्ने अवसर प्राप्त छ र म यसलाई गुमाउन दिने छैन ।” अपेक्षाले निकुञ्जमा खटिएका सेनाहरुबाट अविवाहित आमा बनेका माडीका महिलाहरुको अधिकार रक्षा र सामुदायिक पुनस्र्थापनाका लागि अत्यन्त प्रतिकुल परिस्थितिका बिच दर्जनौं अभियान र थुप्रै कानुनी लडाँइहरु लडेकी र जितेकी छिन् । विभिन्न संघसंस्थाहरु सामुदायिक परिचालकका रुपमा माडीमा महिलामाथि हुने घरेलु हिंसा एवं सामाजिक, राजनैतिक र साँस्कृतिक विभेदका बिरुद्ध संघर्ष गरेकी छिन् । पछिल्ला दिनहरुमा पत्रकारितामार्फत सत्यतथ्य सुचना सम्प्रेषण, विकास निर्माण कार्यमा खबरदारी र सामाजिक चेतनाको सक्रिय अभियान सञ्चालन गरिरहेकी उनको उम्मेदवारीले माडीका युवा, आदिवासी, विपन्न, मधेशी, पिछडावर्ग र समग्र महिलाहरुमा उत्साह छाएको देखिएको छ । आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने क्रममा उनले माडी विकासका निम्ति प्रतिबद्धताहरु सार्वजनिक गरिन । अन्य उम्मेदवारहरुले आफ्नो उम्मेदवारी केका लागि भन्नेसम्म जनाउन नसकिरहेको अवस्थामा उनले सार्वजनिक गरेको प्रतिबद्धताहरुका कारण उनी सार्वजनिक चर्चाको बिषय बनेकी छिन् । उनलाई उम्मेदवार बनाएको नेकपा माओवादी केन्द्र भन्दा फरक राजनैतिक आस्था राख्ने युवाहरु पनि उनको उम्मेदवारीप्रति खुसी देखिएका छन् । नेपाली काँग्रेसका युवा नेता विकास भुसालले अपेक्षाको उम्मेदवारीसंगै राजनैतिक बागडोर युवावर्गमा आइपुगेको भन्दै सार्वजनिक रुपमा खुसी व्यक्त गरेका छन् । विबेकशील नेपाली पार्टीले उनलाई समर्थन गर्ने जनाएको छ भने नेकपा एमालेका युवा नेता विपीन पाठकले उनलाई सफलताको सार्वजनिक शुभकामना नै दिएका छन् । मुख्यतः आमसञ्चार क्षेत्रमा क्रियाशील पत्रकारहरु र विभिन्न क्षेत्रका युवा सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले उनलाई सफलताको शुभकामना दिइरहेको देख्न सकिन्छ । माडी नगरपालिकाको नगर उप–प्रमुखका अन्य उम्मेदवारहरु जमिन्दार र सम्पन्न परिवारका छन् । नेपाली काँग्रेसबाट उम्मेदावर खडा भएका शिवमाया भट्टराई र नेकपा एमालेबाट उम्मेदवार बनेकी ताराकाजी महतो दुबैजना आर्थिक रुपमा सम्पन्न ब्यापारी र उद्योगी पृष्ठभूमिका महिला नेतृ हुन् । रा.प्र.पा.बाट उपमेयरमा उम्मेदवार उठेकी भीमकुमारी (मीना) महतो सिकारीपुरको जमीनदार थारु परिवारकी बुहारी हुन । उनको माइती मल्ल ठकुरी हो, जो आर्थिक रुपमा सवल परिवारमा दरिन्छ । यस्तो परिवेशमा मुख्यतः आदिवासी थारु सम्प्रदायसंगै बिपन्न, मजदुर, पिछडा, मोही किसान र अल्पसङ्ख्यक बर्गले राजनैतिक आस्थाभन्दा माथि उठी उनलाई आफ्नो प्रतिनिधी उम्मेदवार ठानेको सार्वजनिक रुपमा बताउन थालेका छन् । अब हेर्नुछ, आउँदो निर्वाचनमा कुन वर्गको विजय हुन्छ, किनकि माडीमा चुनाव जित्न पैसाको खोला बग्न थालेको महिनौं भइसकेको छ ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies